March 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल महिला रेस्लिङ फाउन्डेसनको आयोजनामा अन्तर्राष्ट्रिय रेस्लिङ महाभिडन्त सोमबार हुने भएको छ । होलीको पावन अवसरमा हुन लागेको रेस्लिङ भक्तपुरको सल्लाघारीमा हुनेछ । रेस्लिङमा नेपालसहित अमेरिका, पाकिस्तान र भारत गरी ४ राष्ट्रका रेस्लरको भिडन्त हुने आयोजक फाउन्डेसनकी अध्यक्ष भगवती खड्का (युनिका) ले जानकारी गराइन् । नेपालबाट भगवती खड्का, अस्मिता जुरेली, कुमार […]
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल ओलम्पिक कमिटी (एनओसी) को आयोजनामा दुई दिने स्पोर्टस लिडर्स समिट काभ्रेको धुलिखेलमा शुक्रबार सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दहालले भिडियोमार्फत समिटको उद्घाटन गरेका थिए । उनले समिटमा हुने छलफलले नेपाली खेलकुदलाई दिशानिर्देश गर्न मद्दत पुग्ने विश्वास लिएको बताए । पहिलो दिन राष्ट्रिय खेलकुद विकास ऐन २०७७ र नियमावली २०७९ कार्यन्वयनपछिको […]
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अस्वस्थ भएका छन् । गत बिहीबारदेखि सदस्य सचिव घिसिङ अस्वस्थ रहेको राखेपले जनाएको छ । अस्वस्थ भएपछि बिहीबारै कीर्तिपुरस्थित नेसनल आयुर्वेदा रिसर्च एन्ड ट्रेनिङ सेन्टरमा भर्ना भएका सदस्य–सचिव घिसिङलाई शुक्रबार डिचार्ज गरिएको छ । उनलाई चिकित्सकले केहि दिन आराम गर्न सल्लाह दिएको […]
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी एकेडेमी ११औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा च्याम्पियन बनेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा शुक्रबार भएको फाइनलमा लोयल्टीले डिफेन्डिङ च्याम्पियन लिटिल एन्जल्सलाई २–० गोलले पराजित गर्दै ह्याट्रिक गर्नबाट रोक्यो । लिटिल एन्जल्स नवौं संस्करणको पनि विजेता हो । लोयल्टीका लागि दुवै गोल बसन्त राउतले गरे । लिटिल […]
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिप चैत तेस्रो सातादेखि आयोजना हुने भएको छ । छैटौं संस्करणको च्याम्पियनसिप चैत १८ देखि २५ गतेसम्म नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रमा हुने क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी गराए । च्याम्पियनसिपमा सहभागी हुन इच्छुक टोलीले १० हजार रुपैयाँहित चैत १५ गतेसम्म […]
March 3, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल एथलेटिक्स संघका अध्यक्ष राजिव विक्रम शाह दक्षिण एसियाली एथलेटिक्स महासंघको उपाध्यक्ष चयन भएका छन् । माल्दिभ्समा मंगलबार भएको महासंघको साधारण सभाले नेतृत्व चयन गरेको हो । साधारण सभाले भारतका ललित बनोटलाई अध्यक्ष चयन गर्दै कार्यसमितिका अन्य पदाधिकारी र सदस्य चुन्ने जिम्मेवारी दिएको शाहले जानकारी दिए । सोही निर्णय अनुसार आफूसहित दक्षिण […]
March 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई सर्वाधिक पदक दिलाउने खेल मध्येको एक करातेको अभिभावक संस्था नेपाल कराते महासंघको निर्वाचन अर्को महिना हुने तय भएको छ । विगतमा लामो समयको विवाद र अन्य कारणले एक दशक भन्दा लामो समयदेखि निर्वाचन हुन नसकेको महासंघले राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागू भएयता नयाँ नेतृत्व पाउने भएको छ । […]
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – प्रथम इमिरेट्स स्पोर्ट्स कराते खुला च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित २४ सदस्यीय नेपाली कराते टोली बुधबार सारजाह प्रस्थान गरेको छ । मार्च ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा मोहनलाल थापा, मन्दिप खड्का, श्रीकिसुन शाह, गणेश पाइजा, देवकुमार तामाङ, रोजिता ढुंगेल, विनिता श्रेष्ठ, निरुपा दोङ तामाङ, सुस्मिता वाइबा, सोनु श्रेष्ठ, बिनुमाया तामाङ, […]
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आयोजक लोयल्टी ‘ए’ ११ औं लोयल्टी कप अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेको छ । मण्डिखटारस्थित घरेलु मैदानमा लोयल्टीले टाइमलाइनलाई ६–० गोलले सहजै पराजित ग¥यो । लोयल्टीका साहिल राईले २ तथा शितल तामाङ, बसन्त राउत, अश्विन थापा र येसुब खनालले १–१ गोल गरे । टाइमलाइनका श्रृजन तामाङ ‘म्यान […]
March 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – माउन्ट ओलिभ स्कुलले लाइन्स कप गल्र्स फुटसल प्रतियोगिताको उपाधि जितेको छ । ललितपुरको महालक्ष्मी नगरपालिकामा सञ्चालित प्रतियोगिताको फाइनलमा महालक्ष्मी स्कुललाई पेनाल्टीमा २–१ हराउँदै माउन्ट ओलिभले उपाधि जितेको हो । प्रतियोगितामा सिद्धिमङ्गल मावि तेस्रो र भानुदय स्कुल चौथो भएको थियो । लायन्स क्लब अफ काठमाडौ रोयल फ्रेन्डसले आयोजना गरेको प्रतियोगितामा महालक्ष्मी नगरपालिकाका […]