default_image

अन्य

March 10, 2023

शहीद स्मृति क्योकुसिन कराते आइतबार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एटेमी क्योकुसिन कराते संघको आयोजनामा प्रथम शहीद स्मृति क्योकुसिन कराते प्रतियोगिता आइतबार हुने भएको छ । प्रतियोगितामा पुरुषमा ५ र महिलामा ४ गरी जम्मा ९ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका ब्रान्च चिफ प्रदीप थापाले जनाएका छन् । बानियाँटारमा हुने एकदिने प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ । […]

March 10, 2023

सुस्मितालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – प्राइम ग्लोबल कलेजकी सुस्मिता खड्काले १२औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ महिला सिंगल्समा शुक्रबार स्वर्ण जितेकी छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा सुस्मिताले त्रिचन्द्रकी मन्जु सुवाललाई ११–९, ९–११, ७–११, ११–७ र १३–११ को सेटमा पराजित गरिन् । प्राइम ग्लोबलकी निकिता कस्ती र ख्वप कलेजकी अन्जु […]

March 10, 2023

कबड्डी टोली बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो बंगबन्धु कप अन्तर्राष्ट्रिय कबड्डी प्रतियोगितामा सहभागी हुन १२ पुरुष खेलाडीसहित १५ सदस्यीय नेपाली कबड्डी टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल कबड्डी संघकी अध्यक्ष तुलसी थापाले शुक्रबार एक कार्यक्रमबीच बिदाई गरे । खेलाडीहरुमा […]

March 10, 2023

आइएमई ग्रुपले जित्यो माई पे फुटसल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– आइएमई ग्रुपले माई पे कर्पोरेट फुटसल प्रतियोगिताको उपाधि जितेको छ । डिजिटल वालेट माई पेले आयोजन गरेको फुटसलको फाइनलमा शुक्रबार खल्तीलाई ६–१ ले हराउँदै आइएमईले उपाधि जितेको हो । यशवन्त परियारले ह्याट्रिक गरेको फाइनलमा आइएमईका लागि अशिष केसीले २ र सुमित श्रेष्ठले १ गोल गरेका थिए । त्यसअघि आइएमईले क्वार्टरफाइनलमा फोन पेलाई […]

March 9, 2023

न्यूजेनका विजेता खेलाडीलाई पदक हस्तान्तरण

काठमाडौं (हाम्रो खेलकुद)– ललितपुर भैसीपाटीस्थित न्यूजेन तेक्वान्दो एकेडेमीले १० औं स्पिड पाउर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपका विजेता खेलाडीलाई बुधबार पदक तथा प्रमाण पत्र हस्तान्तरण गरेको छ । गत सेम्टेम्बरको २ देखि ४ सम्म भएको अनलाई प्रतिस्पर्धा तेक्वान्दोको पुम्से च्याम्पियनसिपमा न्यूजेनका ११ खेलाडीले पदक जितेका थिए । जसमा ३ खेलाडीले स्वर्ण, ७ खेलाडीले ७ रजत र १ […]

March 9, 2023

शंकर र योङगीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – दरबार हाई स्कुलका शंकर पहारी र अस्मिता स्कुलकी योङगी पौडेलले १२ औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिस प्रतियोगिताको यु–१६ सिंगल्समा स्वर्ण जितेका छन् । शंकर ब्वाइज तथा योङगी गल्र्समा पहिलो भएका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा बिहीबार भएको ब्वाइज फाइनलमा शंकरले अस्मिताका आशिष महतालाई १२–१०, ५–११, ११–७ र […]

March 9, 2023

काठमाडौं च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं महानगरपालिका १२ औं काठमाडौं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा बिहीबार च्याम्पियन बनेको छ । काठमाडौं १७ स्वर्ण, ३ रजत र १४ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बनेको हो । काठमाडौं जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कीर्तिपुर नगरपालिका ८ स्वर्ण, ४ रजत र ५ कांस्यसाथ दोश्रो भयो । तेश्रो […]

March 9, 2023

एलेक्सलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – केभीपीपीसीका एलेक्स महर्जनले बृहत खेलकुद महोत्सवअन्तर्गत ललितपुर जिल्लास्तरीय टेबल टेनिस प्रतियोगिताको पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् । ललितपुर जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको फाइनलमा एलेक्सले आफ्नै क्लबका सुनिल महर्जनलाई ९–११, ११–९, ७–११, ११–३, ११–५ र ११–५ को सेटमा पराजित गरे । अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगितामा सहभागी नभएका खेलाडीको पुरुष […]

March 8, 2023

कमल ललितपुर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महालक्ष्मी नगरपालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले ५ अंक प्राप्त गर्दै ललितपुर जिल्ला खेलकुद बिकास समितिले बृहत् खेलकुद महोत्सव –२०७९ अन्तर्गत चेसमा पहिलो भएका छन् । ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएको ६ चरणको खेलपछि कमलले आफ्नै नगरका सुरोज महर्जनलाई प्रोग्रेसिभका आधारमा पछाडि पार्दै जिल्ला च्याम्पियन बनेका छन् । […]

March 8, 2023

ललितपुर उसुमा पञ्चराम

काठमाडौं (हाम्रो खेलकुद) – पञ्चराम महर्जनको अध्यक्षतामा १३ सदस्यीय ललितपुर जिल्ला उसु संघ गठन गरिएको छ । ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन, नेपाल उसु महासंघका सह–महासचिव राजीव महर्जनलगायतको उपस्थितिमा संघ गठन गरिएको बताइएको छ । उपाध्यक्षमा राज महर्जन, निराजन आले मगर र रोशन सिलवाल, सचिवमा मन्जुर महर्जन तथा कोषाध्यक्षमा उमेश महर्जन रहेका […]

Success

Thank you for your time.