March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईबीए वुमन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपमा दुई बाउट जित्दै इतिहास बनाउन सफल नेपाली मुक्केबाज अन्जनी तेलीले क्वाटरफाइनलमै रोकिएकी छिन् । बेलारुसकी खेलाडीसँग उत्कृष्ट खेल प्रदर्शन गर्दा गर्दै पनि उनी पराजित हुन पुगिन् । पाचै वटा जजहरुले बेला रुषकी खेलाडीको पक्षमा निर्णय दिदा ०ः५ को युनानिमस डिसिजनको आधारमा अन्जनीले पराजय भोग्नु परेको थियो […]
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – व्हीलचेयर क्रिकेट प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली टोली बिहीबार भारतको गुजरात प्रस्थान गर्ने भएको छ । हिमाल अर्यालको कप्तानीमा रहेको टोलीको अन्य सदस्यमा रामबहादुर तामाङ, राजु गुरुङ, दानबहादुर थिङ, सागर पाण्डे, डिगमसिंह चेम्जोङ, दीपक तिमल्सेना, सोमनाथ राई, फणिनारायण पौडेल, रमेश खत्री, बरुण बुढा मगर र राजु कट्वाल रहेका […]
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले नवौं राष्ट्रिय खेलकुदका स्वर्ण पदक विजेता खेलाडीलाई दिने भनिएको नगद पुरस्कार छिटो उपलब्ध गराउनु पर्नेसहित ३ बुँदे माग पत्र राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नेतृत्वलाई बुझाएको छ । अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा रहेको खेलाडी संघको टोलीले राखेपका सदस्य सचिव टंकलाल घिसिङलाई माग पत्र हस्तान्तरण गरेका थिए […]
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सडक दुर्घटनामा परि गम्भिर घाइते भएकी एसियन क्रस कन्ट्रीकी पदक विजेता अन्जु खड्काको अवस्थामा क्रमिक सुधार भइरहेको बताइएको छ । बौद्ध जोरपाटीमा बिहीबार अन्जु मोटरसाइकल दुर्घटनामा परि गम्भिर घाइते भएकी थिइन् । सोही दिन सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । सोही राती उनको टाउकोको शल्यक्रिया भएको थियो । […]
March 22, 2023
धनगढी (हाम्रो खेलकुद) – कैलालीको गौरीगंगा नगरपालिकामा तेस्रो सुदूरपश्चिम गौरिगंगा गोल्डकप यसै महिना आयाेजना हुने भएको छ । गौरीगंगा–११ स्पोर्टस क्लबको आयोजनामा तेस्रो गौरिगंगा गोल्डकप चैत २१ गतेदेखि ३० सम्म प्रतियोगिता हुने बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । गोल्डकपमा १० टिमको सहभागिता रहने बताइएको छ । प्रतियोगिताको विजेतालाई ट्रफिसहित ४ लाख रुपैयाँ र […]
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हंगेरीको बुढापेस्टमा आयोजना हुने व्यक्तिगत पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकपका लागि नेपालका पायस योन्जन त्यसतर्फ प्रस्थान गरेको छ । पुरुष साबेर विश्वकप र जरान्डी साबेर टिम विश्वकप मार्च २४ देखि २६ सम्म बुढापेस्टमा आयोजना हुँदैछ । पायसले दुवै विधामा प्रतिस्पर्धा गर्नेछ । हंगेरी फेन्सिङ फेडेरेसनको निमन्त्रणमा उनी त्यसतर्फ […]
March 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्णपदक विजेता मण्डेकाजी श्रेष्ठ प्यारागन पब्लिक स्कुलको ब्रान्ड एम्वासडरमा नियुक्त भएका छन् । खेलकुदमार्फत राष्ट्रलाई पु¥याएको योगदानको कदर गर्दै काठमाडौंको तिलगंगा नजिक रहेको प्यारागन पब्लिक स्कुलले मन्डेलाई दुई वर्षसम्मको लागि ब्रान्ड एम्वासडरमा नियुक्त गरेको जनाएको छ । मन्डेले सन् २०१९ मा नेपालमा भएको १३औं […]
March 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली बक्सिङ खेलाडीले विश्व बक्सिङमा अर्को महत्वपूर्ण सफलता हासिल गरेकी छिन् । भारतको नयाँ दिल्लीमा सञ्चालन भइरहेको आइबा महिला विश्व बक्सिङ च्याम्पियनसिपको ५२ केजी तौल समूहमा अन्जनी टेली क्वार्टरफाइनलमा प्रवेश गरेकी छिन् । हैटीकी खेलाडी क्याटरिन मारिया स्टालीङ्गलाई ५–० अंकले पराजित गर्दै अन्जली अन्तिम आठमा पुगेको नेपाल बक्सिङ संघले जनाएको छ । […]
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालका सञ्जय राईले १८औं विश्व मुवाँथाई च्याम्पियनसिपमा रजत पदक जितेका छन् । सञ्जयले पुरुष ५४ केजीमा रजत जितेको नेपाल राष्ट्रिय मुवाँथाई संघका अध्यक्ष गणेशलाल कक्षपतिले जनाएका छन् । थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको फाइनलमा सञ्जय ब्राजिलका खेलाडीसंग पराजित भएपछि रजमा सीमित भएका हुन् । त्यसअघि नेपालले ३ कांस्य पदक सुरक्षित गरिसकेको थियो […]
March 19, 2023
काठमाडौं (हाम्रो खेलकुद)– इलामका विदुरप्रसाद गौतम नेपाल बुद्धिचाल महासंघको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिबार भएको आठौं साधारणसभा तथा निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् । १३ सदस्य कार्यसमितिमा हेराकाजाी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे । महर्जनले ७० र रिजालले २८ मत प्राप्त गरे । उपाध्यक्षमा मोरङका […]