March 27, 2023
हिमाल खरेल, बिर्तामोड झापाको चारपानेमा चैत २१ गते हुने सहारा हाफ म्याराथनमा कीर्तिमानी धावक बैकुण्ठ मानन्धर र भेट्रान्स धावक बुद्धवीर लामा आउने भएका छन् । आयोजक सहारा नेपाल साकोस अतिरिक्त क्रियाकलाप उपसमिति संयोजक एवम् झापा जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रशान्त भण्डारीका अनुसार खेलाडीहरुको हौसला बढाउन ७१ वर्षीय मानन्धर र ६४ वर्षीय लामा आउने भएका […]
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुरुष टोली व्हीलचेयर क्रिकेट प्रतियोगिताकाे सेमिफाइनलमा पराजित भएको छ । नेपाल सोमबार भारतसँग ४ विकेटले पराजित भएको हाे । भारतको गुजरातमा मार्च २३ तारिखदेखि भइरहेको प्रतियोगिताको निर्धारित १५ ओभरको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट क्षतिमा ९४ रनको योगफल खडा गरेको थियो । जवाफमा भारतले १३ ओभरमा ६ विकेट […]
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीको ‘बी’ टिमले एलडीबीए थ्री बाइ थ्री पुरुष खुला बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा आर्मी ‘बी’ ले आफ्नै ‘ए’ टिमलाई २१–१७ ले पराजित ग¥यो । उपाधि विजेता टोलीबाट रविन खत्री, अजय कुश्वाहा, निकेश रखाल मगर र सुदीप पौडेलले खेलेका थिए । […]
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्ज मंगलबार (भोलि) देखि सुरु हुने भएको छ । प्रोफेसनल गल्फर एसोसियसनले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारदेखि सुरु हुने सुर्य नेपाल च्यालेन्ज शुक्रबारसम्म रोयल नेपाल गल्फ क्लबमा संचालन हुने जनाएको छ । चार दिने प्रतियोगिता ७२ होलको हुनेछ । हरेक दिन […]
March 27, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आयोजनामा बैशाख दोस्रो सातादेखि मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । प्रतियोगिता बैशाख ९ गतेबाट १६ गतेसम्म जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्ड हलमा हुने आयोजकले जनाएको छ ।जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको समन्वयमा हुने प्रतियोगितामा सहभागिताका लागि आयोजकले अनुरोध गरेको छ । टिम दर्ताको […]
March 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व सदस्य–सचिव एवं करातेका संस्थापक मध्येका एक युवराज लामालाई नेपाल कराते महासंघको महाधिवेशनले अध्यक्षमा आइतबार निर्विरोध निर्वाचित गरेको छ । चितवनमा शनिबार भएको महाधिवेशनले लामाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्य समिति समेत निर्विरोध चयन गरेको राखेपले जनाएको छ । महासंघको वरिष्ठ उपाध्यक्षमा हरिशरण केसी तथा ६ […]
March 25, 2023
बाँके (हाम्रो खेलकुद) – बाँकेका जंगु थारु र रुपा थारु लुम्बिनी स्तरीय बाँके एमटिबी च्यालेन्जमा च्याम्पियन बनेका छन् । जंगु पुरुषतर्फ तथा रुपमा महिलामा च्याम्पियन बन्न सफल भएको हो । शनिबार बाँके जिल्लाको बैजनाथ गाउँपालिकास्थित पर्यटकीय स्थल गाभरमा भएको साइक्लिङको क्रससन्ट्री ओलम्पिक विधामा जंगुले निर्धारित ४.५ किलोमिटर दुरीको ट्रेलमा ३ ल्याप ५२ मिनेट २७ सेकेन्डमा […]
March 25, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पुलिस क्लबकी राजपुरा पछाई महिला र त्रिभुवन आर्मी क्लबका मुकेश पालले पुरुषतर्फ वीर गणेशमान सिंह १० के रोड रेसको उपाधि जितेका छन् । शनिबार भएको दौडमा राष्ट्रिय कीर्तिमानसहित राजपुराले उपाधि जितेकी हुन् । उनले ३६ मिनेट ४३.२ सेकेन्डको कीर्तिमानसहित पहिलो स्थान हासिल गरिन् । राजपुराले आफ्नै कीर्तिमान भंग गरेकी थिइन् । […]
March 24, 2023
पोखरा (हाम्रो खेलकुद)– नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा सातौं पोखरा स्पोर्ट्स अवार्ड २०७९ अर्को महिना आयोजना हुने भएको छ । अवार्ड पोखरा सभागृह हलमा २०८० वैशाख २३ गते आयोजना हुने मञ्चले जनाएको छ । अवार्ड कार्यक्रमलाई सफल बनाउन शुक्रबार मञ्चका पूर्व अध्यक्ष, सल्लाहकार सहितको छलफल बैठक सम्पन्न भएको जनाएको छ । बैठकमा अवार्ड कार्यक्रमलाई […]
March 22, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा केन्द्रस्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता बैशाख ७ देखि ९ गतेसम्म हुने भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसुको प्रतिस्पर्धा हुनेछ । सातै प्रदेशबाट जम्मा ६ सय ५८ खेलाडीको सहभागिता रहने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार […]