April 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली र नेपाल एपिएफ क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । गण्डकीले पुलिसलाई तथा एपिएफले आर्मीलाई पराजित गर्दै फाइनलमा भिडन्त पक्का गरेको हो । समूह विजेता बन्दै सेमिफाइनलकाे यात्रा तय गरेका आर्मी र पुलिस सेमिफाइनलमै पराजित हुन पुग्यो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल […]
April 4, 2023
हिमाल खरेल, बिर्तामोड सहारा हाफ म्याराथनको उपाधि महिलातर्फ एपिएफकी पुष्पा भण्डारी र पुरुषतर्फ त्रिभुवन आर्मी क्लबका सञ्जय श्रेष्ठले जितेका छन् । १३ औं दक्षिण एसियाली खेलकुदब (साग) को म्याराथनमा रजत पदक जितेकी पुष्पाले चारपाने झापामा मंगलबार १ घन्टा २१ मिनेट १७ सेकेन्डमा दौड पूरा गर्दै हाफ म्याराथनको उपाधि जितेकी थिइन् । सन्जय निर्धारित दूरी १ […]
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बा र ब्याडमिन्टनका प्रिन्स दाहालले एनएनआइपिए वर्षको सर्वोत्कृष्ट खेलाडीको अवार्डबाट सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १७ औं एनएनआईपिए स्पोर्ट्स अवार्ड– २०७८ मा महिलातर्फ एन्जिला र पुरुषमा प्रिन्सले सर्वोत्कृष्ट खेलाडीको अवार्ड जितेका हुन् । दुवैले अवार्डसहित […]
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोलीद्धय त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब समूह विजेता बन्दै छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । आर्मी समूह ‘ए’ को तथा पुलिस समूह ‘बी’ को विजेता बनेको हो । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा सोमबार भएको खेलमा आर्मीले गण्डकी प्रदेशलाई तथा पुलिसले अर्काे […]
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीले विभिन्न २६ खेलाडी उत्कृष्ट खेलाडीलाई एनएनआईपिए स्पोर्टस अवार्ड २०७८ बाट सोमबार सम्मान गरेको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) मा आबद्ध २७ मध्ये २६ खेलका खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा खेलाडी संघले सममन गरेको हो । तेक्वान्दोले भने आफ्नो खेलाडीको नाम संघलाई उपलब्ध नगराएका कारण सम्मानमा समावेश […]
April 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – परदेशी हातेमालो युएईंले दोस्रो एनआरएनए कप भलिवल प्रतियोगिता २०२३ को उपाधि हात पारेको छ । अलकुज बलेदिया मैदान दुवईमा आइतबार भएको एक दिने प्रतियोगितामा तनहुँ सेवा समाजलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको हो । परदेशीले नेपाली राष्ट्रिय टोलीका कप्तान इम राना, विशाल विकसँगै सफल विक र जीवन […]
April 2, 2023
पोखरा (हाम्रो खेलकुद) – नेपाल ट्राइयाथलन संघको आयोजनमा पोखरामा सम्पन्न दुवाथलनतर्फको उपाधी पुरुषतर्फ युएईका साउद अलजावी र महिलातर्फको भारतकी स्नेहल सुनिल जोशीले हात पारेका छन् । २०२३ एशियन ट्राईयाथलन कप तथा दक्षिण एशियन च्याम्पियनसिप अन्तरगत भएको दुवाथलन खेलमा साउदले ५ किमी दौड, २० किमी साईक्लिङ र २.५ किमी दौडको दुरी ५९ मिनेट २७ सेकेन्ड र […]
April 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गण्डकी प्रदेशको पुरुष भलिबल टोली काठमाडौंमा जारी छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा दोहोरो सफलता हात पार्दै एक खेल बाँकी छँदै सेमिफाइनलमा प्रवेश गरेको छ । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा आइतबार गण्डकीले नेपाल गणतान्त्रिक खेलकुद महासंघलाई २५–१८, २८–२६ र २५–१४ ले तथा दोस्रो खेलमा किङ्स क्लब काठमाडौंमाथि ३–२ को […]
April 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद अर्को महिना काठमाडौंमा हुने भएको छ । वैशाख ९ गते हुने कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिएको हो । ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन […]
April 1, 2023
चितवन (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबका सुरज राना मगर र काठमाडौंकी लक्ष्मी मगर दोश्रो प्रज्ञा स्मृति साईक्लिङ म्याराथन अन्तरगत इलाइटतर्फ पहिलो भएका छन् । निर्धारित ६५ किमि दुरी १ घण्टा ५४ मिनेट ३८ सेकेण्डमा पार गर्दै सुरजले उपाधी हात पारेका हुन् । आर्मीका सुरेश भुजेलले १ घण्टा ५४ मिनेट ३८.५२ सेकेण्डसहित दोस्रो भए […]