default_image

अन्य

March 31, 2023

पुलिसलाई कालिका कप भलिबलको उपाधि

अर्जुन कार्की, बागलुङ नेपाल पुलिस क्लबले कालिका कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले चैत्राष्टमी मेला २०७९ मा आयोजना गरेको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा पुलिसले घुम्टे युवा परिवार गलकोटलाई ३–२ को सेटमा पराजित गर्दै उपाधि जितेको हो । घुम्टेले पहिलो र तेस्रो सेट जितेको थियो । […]

March 30, 2023

मैत्रीपुर्ण फुटबलमा सेनाको डीपीआर टोली विजयी

काठमाडौं (हाम्रो खेलकुद) –सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालय (डीपीआर) र रक्षा सम्वाददाताबीचको मैत्रिपूर्ण फुटबलमा सेनाको टिम विजयी भएको छ । भद्रकालीस्थित सैनिक मुख्यालयको मैदानमा बिहीबार भएको खेलमा डीपीआरको टिम २–० ले विजयी भएको हो । सेनाको जितमा सौगातसिंह राठौर र प्रकाश घिसिङले गोल गरे । पहिलो हाफमा राठौरको गोलबाट अग्रता बनाएको सेनाले दोस्रो हाफमा अर्को […]

March 30, 2023

पौडी पोखरी खुल्यो

काठमाडौं (हाम्रो खेलकुद) – सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको आउटडोर पौडी पोखरी बिहीबारदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच पौडी पोखरीको शुभारम्भ गरे । पौडी पोखरी भदौ मसान्तसम्म सञ्चालन गरिने अन्तर्राष्ट्रिय खेलकुद परिसरका प्रमुख देवराज कट्वालले जनाएका छन् । दैनिक ३ सिफ्टमा पौडी पोखरी […]

March 30, 2023

रवि पुनः शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रबि खड्का पुनः शीर्षस्थानमा उक्लन सफल भएका छन् । बिहीबार १–अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३–अन्डर २ सय १ सहित रवि शीर्षस्थानमा उक्लिएका हुन् । पहिलो दिनका लिडर उनले साविक विजेता भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारे। […]

March 30, 2023

ढोरपाटन भलिबलमा किङ्स क्लबको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद) – किङ्स क्लब काठमाडौंले राजधानी काठमाडौंमा जारी छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा बिहीबार दोहोरो सफलता हात पारेका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बिहीबार भएको खेलमा किङ्सले नेपाल गणतान्त्रिक खेलकुद महासंघमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकाल्दा हिम रश्मी स्कुलमाथि ३–० को सोझो सेटमा जित निकाल्दै दोहोरो सफलता आत्मसात […]

March 29, 2023

धनलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धन बहादुर थापा शीर्षस्थानमा उक्लिएका छन् । आज ४–अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३–अडर १ सय ३३ मा शीर्षस्थानमा उक्लिएका हुन् । उनले भुवन कुमार रोक्का र रबि खड्कालाई १ स्ट्रोकले पछि पारे। भुवन र रबि […]

March 29, 2023

ढोरपाटन भलिबलमा आर्मी र एपिएफ विजयी

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लब छैटौं ढोरपाटन पुरुष भलिबल च्याम्पियनसिपमा विजयी भएका छन् । नयाँ बसपार्कस्थित ढोरपाटन भलिबल प्रशिक्षण केन्द्रको मैदानमा बुधबार भएको खेलमा एपिएफले सिन्धुपाल्चोक भलिबल संघलाई २५–८, २५–११ र २५–४ ले पराजित गरेको हो । एपिएफको यो तेस्रो जित हो । यसअघि एपिएफले मंगलबार दोहोरो […]

March 29, 2023

जनजाति कप ब्याडमिन्टन महोत्सव शनिबार

काठमाडौं (हाम्रो खेलकुद) – पाख्रिन तामाङ समाजको आयोजनामा यही शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव आयोजना हुने भएको छ । बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सव चैत १८ गते शनिबार ललितपुर लगनखेलस्थित रिभाईभ लिजर पार्कको हलमा एक इभेन्ट्स पुरुष डबल्स हुने आयोजकले जानकारी गराएको छ । समाजले आदिवासी जनजाति समुदायमा सुचिकृत जाति विशेष टिमको […]

March 28, 2023

सूर्य नेपाल च्यालेन्जमा पहिलो दिन रविलाई अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल च्यालेन्जको पहिलो दिन रबि खड्का शीर्षस्थानमा रहेका छन् । ५–अन्डर ६३ को उत्कृष्ट कार्डमा रबिले दिनेश प्रजापतिलाई एक स्ट्रोकले पछि पारेका छन् । ४–अन्डर ६४ सहित दिनेश प्रजापति दोस्रो स्थानमा छन् । भुवन नगरकोटी र दीपक थापा मगरले २–अन्डर ६६ मा […]

March 28, 2023

बक्सिङ्गको राष्ट्रिय निर्णायक कोर्ष शुरु

काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ । देशभरीका छब्बिस जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले कोर्षको उद्घाटन गर्दैै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि […]

Success

Thank you for your time.