default_image

अन्य

April 30, 2023

माहिका र अभिलाषा फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – माहिका राणा नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगित।को महिला सिंगल्समा आइतबार फाइनलमा प्रवेश गरेकी छन् । सिटिजन्स बैंकको मुख्य प्रायोजनमा काठमाडौं जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो सेमिफाइनलमा माहिकाले सुनिरा थापालाई ६–० र ७–६ (५) ले पराजित गरिन् । फाइनलमा माहिकाको भेट राष्ट्रिय च्याम्पियन अभिलाषा विष्टसंग हुनेछ । पहिलो सेमिफाइनलमा अभिलाषाले […]

April 30, 2023

राष्ट्रपति रनिङ शिल्डमा लुम्बिनीलाई ह्याट्रिक उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लुम्बिनीले २० स्वर्ण, ८ रजत र ५ कांस्य पदक जित्दै उपाधिमाथि ह्याट्रिक ग¥यो । लुम्बिनीले ११औं संस्करणमा २० स्वर्ण तथा १२औं संस्करणमा १६ स्वर्ण जित्दै टिम च्याम्पियन बनेको थियो । युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा राष्ट्रिय खेलकुद […]

April 30, 2023

रिलेमा सुदूरपश्चिमको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र ४ गुणा ४ सय मिटर रिलेमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको स्पर्धामा चन्द्र बोहरा, अमित आउजी, कविर कामी र सुक्विर पोखरेलको सम्मिलित सुदूरपश्चिम टोलीले ३ मिनेट ३१.०० सेकेन्ड समयमा निर्धारित दूरी तय गर्दै […]

April 29, 2023

गण्डकीलाई मुख्यमन्त्री कप भलिबल उपाधि

हिमाल खरेल, दमक कोशी प्रदेश प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । आयोजक कोशी प्रदेशलाई शनिबार सोझो सेटमा हराउँदै गण्डकीले उपाधि जितेको हो । फाइनलमा गण्डकी २५–१९, २५–२० र २५–१० ले जितेको थियो । कोशी प्रदेश खेलकुद विकास बोर्डको आयाेजनामा दमकको हिमालय माविमा भएको प्रतियोगिताको विजेता गण्डकीले उपाधिसहित ३ […]

April 29, 2023

लङजम्पमा सुदीपको कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका सुदीप थारुले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको लङजम्पमा जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । छात्रको लङजम्पमा सुदिपले ६.८४ मिटर जम्प गर्दै आफ्नै नाममा रहेको ६.६४ मिटरको कीर्तिमान सुधार गरेका हुन् ।लुम्बिनीले छात्र ४ गुणा १ सय मिटर रिलेमा पनि जुनियर राष्ट्रिय कीर्तिमान कायम ग¥यो । […]

April 29, 2023

विश्व ताइची तथा छिगुङ दिवस मनाइयो

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पनि विश्व ताइची तथा छिगुङ दिवस शनिबार मनाइएको छ । नेपाल उमा कुङफु संघले शंखपार्कमा कार्यक्रम आयोजना गरी विश्व ताइची तथा छिगुङ दिवस मनाएको हो । ‘वान वल्र्ड, वान ब्रेथ’ भन्ने नाराका साथ विश्वका ७० भन्दा बढी देशमा अप्रिल महिनाको अन्तिम शनिबार स्थानिय समय अनुसार बिहानको १० बजे यो दिवस […]

April 29, 2023

मान बहादुर र लक्ष्मी सर्वाेत्कृष्ट

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ र नेपाल पुलिस क्लबकी स्पाइकर लक्ष्मी चन्द ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । मान बहादुर पुरुषमा तथा लक्ष्मी महिलामा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका हुन् । मान बहादुर र लक्ष्मीले आ–आफ्नो टोलीलाई मेयर कप […]

April 29, 2023

मेयर कप भलिबलमा आर्मी र पुलिस च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले ललितपुरमा भएको मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेका छन् । आर्मी पुरुषमा तथा पुलिस महिलामा च्याम्पियन बनेको हो । ललितपुरको जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शनिबार भएको पुरुषतर्फको फाइनलमा आर्मीले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबलाई ३–२ को रोमाञ्चक र […]

April 28, 2023

केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु

काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा १३ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबारवदेखि सुरु भएको छ । प्रतियोगिताको उपराष्ट्रपति राम प्रसाद सहायले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजित एक भब्य समारोहबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै उपराष्ट्रपति सहायले खेलकुद अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको झण्डा फराउने […]

April 28, 2023

सुजल र आरुषीलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशका सुजल डाँगी र आरुषी भट्टराईले १३औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत एथलेटिक्सको १ सय मिटर दौडमा शुक्रबार स्वर्ण जितेका छन् । सुजलले छात्र तथा आरुषीले छात्रामा स्वर्ण जितेका हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुजलले निर्धारित दूरी ११.४ सेकेन्डमा पूरा गरे । मधेश प्रदेशका आदेश यादवले रजत तथा कर्णाली […]

Success

Thank you for your time.