April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेसनल चेस च्याम्पियनसिपको चौथौं दिनको समाप्तीमा महिलामा फिडे मास्टर सुजना लोहनी र खुलामा फिडे मास्टर रुपेश जैसवालले एकल अग्रता कायम राखेका छन्। छैटौं चरण खेल सम्पन्न हुँदा रुपेश र सुजनाको समान ६ अंक छ । रुपेशले पाँचौ चरणमा ललितपुरका राजन पुरी माथि सहज जित निकाले भने छैटौं चरणको रोचक खेलमा पूर्व नेपाल […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महानगरपालिकाको आयोजनामा शनिबारेदखि जावलाखेलमा मेयर कप खुल्ला महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ । जावलाखेलस्थित जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको कभर्डहलमा ९ देखि १६ बैशाखसम्म चल्ने प्रतियोगितमा पुरुषतर्फ ८ र महिलामा ७ टोलीको सहभागिता रहेको जावलाखेल भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । प्रतियोगिताको उद्घाटन शनिबार दिउँसो १ बजे ललितपुर महानगरपालिकाका […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आईडब्लुएफएन कराते, ठैब डोजोको आयोजनामा दोश्रो मेयर कप बागमती प्रदेशस्तरीय वादो कराते प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा कातासहित पुरुष र महिलामा समान ११–११ गरी जम्मा २२ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष एवं प्रमुख प्रशिक्षक बुद्धराज नेगीले जनाएका छन् । करिब ३ सय खेलाडीको सहभागिता रहने बताइएको छ । एकदिने […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल उसु संघको आयोजनामा १९ औं एसियाली खेलकुदका लागि उसु छनोट प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सेमी कभर्डहलमा सुरु भएको छ । प्रतियोगिताको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगिताको सान्सौंतर्फ पुरुषमा ५ र महिलामा २ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । थाउलोमा पुरुष र महिलामा […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सुजन गेडाल र एभीएम टेबल टेनिस क्लबकी वियंका राईले दोश्रो संस्करणको विविध खेलकुद प्रतियोगिताअन्तर्गत राष्ट्रिय जुनियर टेबल टेनिस प्रतियोगितामा स्वर्ण जितेका छन् । सुजन यु–१९ सिंगल्सको ब्वाइजमा तथा गल्र्समा वियंकाले स्वर्ण जितेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुक्रबार भएको प्रतियोगिताको ब्वाइजमा ललितपुरका विशाल गोले दोश्रो तथा मोरङका विश्व […]
April 21, 2023
काठमाडौं (हाम्रो खेलकुद) – पाल्पा तानसेनकाे रानीमहलनजिकै कालीगण्डकी नदीकाे किनारमा यसै महिनाको अन्तिममा राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । आयोजक सञ्जय मेमोरियल फाउन्डेसनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय स्तरको बिच भलिबल प्रतियोगिताको दोस्रो संस्करण यही बैशाख २८, २९ र ३० गते हुने जानकारी गराएको छ । पहिलो संस्करणमा महिलातर्फको […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद)– जुम्ला एफसी मुगुमा जारी हेमराज भाम स्मृती कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । ए वान एफसीलाई बिहीबार ५–१ ले हराउँदै जुम्ला एफसी उपाधि नजिक पुगेको हो । जुम्लाले शुक्रबार हुने फाइनलमा रेड पान्डा एफसीको सामना गर्नेछ । अघिल्लो दिन रारा लेक साइड क्लबलाई १–० ले हराउँदै रेड पान्डा फाइनलमा पुगेको थियो […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकु)– नेसनल चेस च्याम्पियनसिपमा खुला तर्फ फिडे मास्टर रुपेश जैसवाल र महिलातर्फ फिडे मास्टर सुजना लोहनीले एकल अग्रता लिएका छन् । खुलातर्फ बिहीबार सम्पन्न तेस्रो र चौथो चारणको समाप्तीमा पहिलो वरियतामा रहेका रुपेशले एकल अग्रता बनाएका हुन् । उनले ४ अंक जोडेका छन् । महिलातर्फ सुजना पनि ४ अंकका साथ एकल अग्रतामा छिन् […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद्को आयोजना यही बैशाख १५ गते देखि १७ गतेसम्म हुने १३औं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डबाट खेल प्रतिभाको खोजी गरिने भएको छ । छनोट भएका खेलाडीहरु मार्फत जुनियर राष्ट्रिय टिम बनाईने राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिए । प्रतियोगिताको तयारी बैठकमा उद्घाटन तथा सन्चालन सम्बन्धमा छलफल भएको […]
April 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका इन्द्र बहादुर श्रेष्ठ र लुम्बिनी प्रदेशकी निर्मला कुँवर १८औं राष्ट्रिय जुडो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएका छन् । उत्कृष्ट बनेका इन्द्रले पुरुष ६६ केजीमुनि स्वर्ण तथा निर्मलाले महिला ६३ केजीमुनि कांस्य जितेकी थिइन् । नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोश्रो तथा अन्तिम दिन बिहीबार ७ स्वर्णका लागि प्रतिस्पर्धा भएको […]