default_image

अन्य

May 10, 2023

गुरुङ र मगर इङल्यान्ड प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – भुपेन्द्र गुरुङ र उद्धव थापा मगर सेल्फ डिफेन्स कोर्स तथा सेमिनारमा सहभागी हुन बुधबार इङल्यान्ड प्रस्थान गरेका छन् । सेमिनार मे १३ र १४ तारिखमा इङल्यान्डको ब्रिडलिङटनमा हुनेछ । सेमिनारमा विभिन्न २७ राष्ट्रका ग्रान्ड मास्टर्सको सहभागिता रहने गुरुङले जानकारी गराए । भुपेन्द्र नेपाल उमा कुङफु संघका महासचिव हुन् भने मगर सोही […]

May 10, 2023

आदिवासी खेलकुद संघमा भुपेन्द्र

काठमाडौं (हाम्रो खेलकुद) – आदिवासी खेलकुद संघ नेपालको प्रथम साधारण सभाले भुपेन्द्र गुरुङलाई अध्यक्षमा निर्वारोध निर्वाचित गरेको छ । साधारण सभाले भुपेन्द्रको अध्यक्षतामा ९ सदस्यीय केन्द्रीय कार्यसमिति समेत २ वर्षका लागि निर्विरोध चयन गरेको छ । नेपाल उमा कुङफु संघका महासचिव समेत रहेका गुरुङ जर्मनी भएको वल्र्ड मार्सल आर्ट्स गेम्स तथा इङल्यान्डमा भएको युरोपियन च्याम्पियनसिपका […]

May 10, 2023

कान्तिपुर हाफ म्याराथन जेठ ६ गते

काठमाडौं (हाम्रो खेलकुद) – कान्तिपुर पब्लिकेशन्सले आयोजनामा ११औं कान्तिपुर हाफ म्याराथन आउँदो जेठ ६ गते हुने भएको छ । प्रतियोगितामा यसपालि पहिलो पटक कलेज रन विधा थपिएको छ । ७ किलोमिटर दुरीमा हुने यस विधामा १८ वर्षमाथिका विद्यार्थीले दौडन पाउनेछन् । यसबाहेक हाफ म्याराथन (२१.१ किमी), कर्पोरेट (५ किमि) र ह्विलचेयर (३ किमि) गरी अन्य […]

May 9, 2023

स्पष्टीकरण सोध्ने मन्त्रालयले नै प्रयोग गर्यो पुरानै खाम

हिमाल खरेल, बिर्तामोड ब्यानर र लेटरप्याडमा कोसी प्रदेश नलेखी पुरानै प्रयोग गरेर कार्यक्रम आयोजना गरेको आरोप लगाउँदै स्पष्टीकरण सोध्ने मन्त्रालयले नै पुरानो खाम प्रयोग गरेको पाइएको छ । कोसी प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिवलाई वैशाख १७ गते पत्र पठाएर सातदिने स्पष्टीकरण सोधेको थियो । तर, सदस्य सचिव हंसराज वाग्लेलाई पठाइएको […]

May 9, 2023

बीएनए कप बास्केटबलमा ४८ टोली

काठमाडौं (हाम्रो खेलकुद) – बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा बुधबारदेखि सुरु हुने छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४८ टिमको सहभागिता रहने भएको छ । सिनियर ब्वाइजमा २४ तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइज टिमलाई ८ […]

May 9, 2023

वादोरियो कराते टोली मलेसिया जाने

काठमाडौं (हाम्रो खेलकुद) – १९औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगितामा सहभागी हुन १० खेलाडीसहित १३ सदस्यीय नेपाली वादोरियो कराते टोली बुधबार मलेसिया प्रस्थान गर्दैछ । मे १२ देखि १४ तारिखसम्म हुने प्रतियोगिताको पुरुष २५ केजीमा देवकुमार शाह, प्रशेस शाही र आरोन शेरचन, ३० केजीमा संगम कँडेल र सुशान्त खड्का तथा ३५ केजीमा […]

May 9, 2023

आयुब र रुपेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलाडी आयुब घिमिरे र रुपेश खतिवडाले विश्व मिक्स बक्सिङ च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । भारतको जम्मु कस्मिरमा मे ५ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा उनीहरुले कुङफुको सान्डामा स्वर्ण जितेको बूढानीलकण्ठ कुङफुका प्रमुख प्रशिक्षक सुकमान लामाले जनाएका छन् । विश्व मिक्स बक्सिङ महासंघले आयोजना गरेको प्रतियोगितामा आयुबले पुरुष ६० केजी तथा […]

May 9, 2023

‘खेलकुदलाई माथि उकास्ने प्रयास गर्नेछु’ मन्त्री लिम्बु

काठमाडौं (हाम्रो खेलकुद) – नव नियुक्त युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बुले आफ्नाे कार्यकालमा इमानन्दार प्रयास र नेतृत्वसहित नेपाली खेलकुदलाई माथि उकास्ने प्रयास गर्ने बताएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले उनकै सम्मानमा मंगलबार आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उनले यस्तो बताएका हुन् । केही गरौँ भन्ने इच्छाकासाथ खेलकुद मन्त्रालयमा आएको छु, […]

May 9, 2023

रानीमहलमा हुने राष्ट्रिय पुरुष बिच भलिबलको तयारी पुरा

पाल्पा (हाम्रो खेलकुद) – पाल्पाको तानसेनस्थित रानीमहलमा हुने राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ । आयोजक सञ्जय मेमोरियल प्रतिष्ठानले मंगलबार तानसेनमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । बैशाख २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय टिम र आयोजक गरि १० टिमको सहभागीता […]

May 9, 2023

एमआईएस अन्तर विद्यालय अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– एमआईएस अन्तर विद्यालय खेलकुद अर्को महिना आयोजना हुने भएको छ । उपत्यकाका ८ विद्यालयको सहभागितामा जेठ ८ गते देखि ११ गते सम्म एमआईएसकै परिसरमा विभिन्न खेल प्रतियोगिता आयोजना हुनेछन् । चार दिन सम्म हुने प्रतियोगितामा बास्केबल, फुटबल, टेबल टेनिस, ब्याडमिन्टनर चेसको प्रतिस्पर्धा हुने बताइएको छ । सबै प्रतियोगितामा गरि झण्डै ५ सय […]

Success

Thank you for your time.