default_image

अन्य

May 12, 2023

स्किब्स र इबीए क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्किब्स र इडेन ब्रिज एकेडेमी (स्किब्स) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । स्किब्सले फेरिल्यान्डलाई १३–११ ले पराजित ग¥यो । स्किब्सको जितमा सुहान तामाङले ९ अंक योगदान गरे । निकेश मगरको ७ अंक सहयोगमा इबीएले सेबलाई १६–९ ले हरायो । सिद्धार्थ पनि ग्रिनल्यान्डलाई १३–१० […]

May 12, 2023

नेपाल रग्बीलाई विश्व रग्बीको पूर्ण सदस्यता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रग्बी संघले विश्व रग्बी संघको पूर्ण सदस्यता प्राप्त गरेको छ । नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरेले बिहीबार विश्व रग्बीले नेपाललाई पूर्ण सदस्यता प्रदान गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सन् २०१४ मा एसिया रग्बीको एसोसिएट सदस्यता पाएको नेपालले २०१८ मा पूर्ण सदस्यता पाएको थियो । त्यसपछि ‘गेट […]

May 11, 2023

टेबलटेनिस भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली युथ च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १५ सदस्यीय नेपाली टोली भारतको अरुणाचल प्रदेश प्रस्थान गर्ने भएको छ । खेलाडीमा सिद्धार्थ तामाङ, सौरव खड्का, एसिश शाक्य, सुस्मिता खड्का, शुभश्री श्रेष्ठ, करिना सुवाल, सुजन गडाल, विशाल गोले, विश्व बानियाँ, वियंका राई, इभाना थापा मगर र दिया देउला रहेका छन् । प्रशिक्षकमा […]

May 11, 2023

ह्यान्डबल टोली बंगलादेश जाने

काठमाडौं (हाम्रो खेलकुद) – आईएचएफ ट्रफी वोमन, २०२३ (साउथ–सेन्ट्रल एसिया) मा सहभागी हुन २८ खेलाडीसहित ३४ सदस्यीय नेपाली ह्यान्डबल टोली शुक्रबार बंगलादेशको ढाका जाने भएको छ । मे १३ देखि १७ तारिखसम्म हुने प्रतियोगितामा नेपालले युथ र जुनियरमा प्रतिस्पर्धा गर्नेछ । युथमा कुसुम बानियाँ, सुस्मिता तिमिल्सिना, रेखा घर्ती, सन्ध्या राई, बानुमाया गुरुङ र रोशनी पुन […]

May 11, 2023

अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दो दक्षिण कोरियामा हुने

काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटिसी) को १४औँ संस्करण दक्षिण कोरियाको सोलमा हुने भएको छ । कोरियन मार्सल आर्ट्स तेक्वान्दोको आयोजनामा सोलमा हुने सो प्रतियोगिता सन् २०२४ को अगस्ट महिनामा हुनेछ । गत मार्चमा आइओएफटिसीका संस्थापक तथा निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जन तथा महासचिव केरेन ब्लाकलेजले दक्षिण कोरियाको सोल शहरलाई आयोजनाको जिम्मेवारी […]

May 11, 2023

बीएनए क्वाटरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । बसुन्धरास्थित आफ्नै कोर्टमा बीएनएले काठमाडौं ग्लोबललाई १९–१४ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । बीएनएकी स्मृति खत्रीले १३ अंक जोडिन् । सिनियर गल्र्समै लालीगुराँस नेसनल एकेडेमी (एलएनए) ले स्किब्सलाई २०–१२ […]

May 11, 2023

उमा कुङ टोली इङल्यान्ड जाने

काठमाडौं (हाम्रो खेलकुद) – उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित दुई सदस्यीय नेपाल टोली शुक्रबार इङल्यान्डको ग्लोस्टर प्रस्थान गर्ने भएको छ । मे १४ तारिखमा हुने प्रतियोगितामा कमल मगरले विभिन्न ३ स्पर्धामा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । उनले १८ वर्षमाथि उमेर समूहमा चाइनिज क्रिएटिभ, वेपन्स फर्म र बेयर ह्यान्ड स्पर्धामा प्रतिस्पर्धा गर्ने […]

May 11, 2023

राखेप र कागेश्वरी मनोहरा नगरपालिकाबीच पूर्वाधार निर्माणका लागि सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) र कागेश्वरी मनोहरा नगरपालिकाबीच विभिन्न खेलका पूर्वाधारसँगै खेलकुदका विविध गतिविधि, विभिन्न प्रशासनिक र प्राविधिक विषयमा सहयोग आदान–प्रदान गर्ने विषयमा द्विपक्षीय सम्झौता भएको छ । राखेपका तर्फबाट सदस्य–सचिव टंकलाल घिसिङ र कागेश्वरी मनोहरा नगरपालिकाका तर्फबाट मेयर उपेन्द्र कार्कीले बिहीबार सम्झौता पत्रमा हस्ताक्षर गरे । यसैगरी, कागेश्वरी मनोहरा नगरपालिकाले […]

May 11, 2023

दोहोरो जित निकाल्दै गण्डकी बिच भलिबलको क्वाटरफाइनलमा

पाल्पा (हाम्रो खेलकुद) – दोहोरो जित निकाल्दै गण्डकी प्रदेश राष्ट्रिय पुरुष बिच भलिबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पाल्पा तानसेनको रानीमहलनजिकै कालीगण्डकी नदीको किनारमा बिहीबारदेखि शुरु भएको प्रतियोगितामा गण्डकीले आयोजक सन्जय मेमोरियल फाउन्डेसन र बागमती प्रदेशलाई समान २–० को सोझो सेटमा पराजित गरी अन्तिम आठमा पुग्न सफल भएको हो । आयोजक सन्जय मेमोरियलमाथि २१–११ […]

May 10, 2023

बीएनएको विजयी सुरुआत

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले छैटौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बुधबार विजयी सुरुआत गरेको छ । बसुन्धरास्थित घरेलु कोर्टमा बीएनएले ह्वाइट माउन्टेनलाई २४–१४ ले पराजित ग¥यो । बीएनएकी स्मृति खत्रीले १२ अंक जोडिन् । सिनियर गल्र्सकै अन्य खेलमा नेपाल मोडेलले स्किब्सलाई १८–८, पृथ्वीले ग्रिनल्यान्डलाई २८–१६ र एचएचसीएले […]

Success

Thank you for your time.