default_image

अन्य

May 3, 2023

लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली कांग्रेसका सांसद डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् । पुष्पकमल दाहालको नेतृत्वमा सरकार बनेको ४ महिनापछि युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् । यसअघि प्रधानमन्त्री दाहालले नै खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । बुधबार ३ मन्त्री नियुक्त गर्दा लिम्बुको जिम्मेवारीमा खेलकुद मन्त्रालय परेको छ । कांग्रेसका […]

May 3, 2023

विश्व बक्सिङ्ग च्याम्पियनसिपमा भुपेन्द्र जर्मनीका गोक्दुमानसँग पराजित

काठमाडौं (हाम्रो खेलकुख) – नेपाली मुक्केबाज भुपेन्द्र थापा आईबिए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिपमा जर्मनीका गोक्दुमान देवरामसँग पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्कान शहरमा नेपाली मुक्केवाज थापा ६० (६३.५) किलो तौल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसँग ४–१ स्प्लिट अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेले जानकारी दिए । […]

May 2, 2023

सागकी स्वर्ण पदक विजेता सन्तोषी स्वदेश फर्कदै

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता धाविका सन्तोषी श्रेष्ठ झन्डै अढाई महिनापछि मंगलबार स्वदेश आइपुग्दैछिन् । नेदरल्यान्ड्सबाट सोमबार हवाई यात्राको तयारीमा रहेकी सन्तोषले मंगलबार दिउँसो ३ बजेको आसपासमा स्वदेश आइपुग्ने जानकारी दिएकी छिन् । एक महिना भन्दा लामो समय इथोपियामा प्रशिक्षण गरेकी सन्तोष पछिल्लो एक महिनाभन्दा लामो समय नेदरल्यान्ड्समा रहेकी […]

May 1, 2023

एसियाडलाई बक्सिङको प्रारम्भिक छनौट सुरु

ललितपुर (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे । […]

May 1, 2023

चक्रबहादुर ठकुरी स्मृति तेक्वान्दो शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – श्री सुन्दरी माइ तेक्वान्दो डोजाङ, नेपालको आयोजनामा प्रथम चक्रबहादुर ठकुरी स्मृति जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । गोकर्णेश्वर नगरपालिकाको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न २० डोजाङका २ सय ६० पुरुष र २ सय महिला गरी जम्मा ४ सय ६० खेलाडीको सहभागिता रहने आयोजक डोजाङका प्रमुख एवं प्रतियोगिता संयोजक सुवासचन्द्र गौतमले […]

May 1, 2023

चेस च्याम्पियन सुजना र रुपेश बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद)– बंगलादेश चेस महासंघको आयोजनामा मंगलबार ढाकामा सुरु हुने एसियन जोन ३.२ चेस च्याम्पियनसिपमा भाग लिन फिडे मास्कर सुजना लोहनी र रुपेश जैसवाल सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् । वैशाख १० गते सम्पन्न नेसनल चेस च्याम्पिनसिपमा सुजना महिलातर्फ र रुपेश खुलातर्फ विजेता बन्दै एसियन जोनका लागि छनोट भएका थिए । ढाकामा वैशाख २८ […]

May 1, 2023

मैत्रीपूर्ण फुटबलमा एपीएफले संचारकर्मीलाई हरायाे

काठमाडौं (हाम्रो खेलकुद) – मैत्रीपूर्ण फुटबलमा संचारकर्मीविरुद्ध सशस्त्र प्रहरी बल (एपीएफ) विजयी भएको छ। सोमबार सशस्त्र प्रहरी बल (एपीएफ) को प्रधान कार्यालय हलचोक मैदानमा भएको खेलमा सशस्त्रले सञ्चारकर्मीको टोलीलाई २–१ ले पराजित गरेको हो । सुरुवाती अग्रता सञ्चारकर्मीको टोलीले लिएपनि त्यसलाई जोगाउन सकेन। पहिलो हाफमा उजिर कार्कीको गोलमा सञ्चारकर्मीको टिमले सुरुवाती अग्रता लिएको थियो। तर […]

May 1, 2023

अभिषेक र अभिलाषालाई सिटिजन्स बैंक टेनिस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – अभिषेक बाँस्तोला र अभिलाषा विष्टले नवौं सिटिजन्स बैंक खुला टेनिस प्रतियोगिताको उपाधि जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा सिंगल्सको पुरुषमा अभिषेक र महिलामा अभिलाषा च्याम्पियन बनेका हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को टेनिस कोर्टमा सोमबार भएको पुरुष फाइनलमा अभिषेकले ऋतिक राणालाई ६–० र ६–१ को सोझो सेटमा सहजै पराजित […]

April 30, 2023

चन्दुलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी चन्दु शाहीले गोल्ड कोस्ट ओपन अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा आइतबार स्वर्ण जितेकी छन् । अस्ट्रेलियाको गोल्डकोस्टस्थित करारा रंगशाला भएको महिला ३० वर्षमुनि एकल पुम्सेमा चन्दुले स्वर्ण जितेकी हुन् । विभिन्न ६ राष्ट्रका खेलाडी सहभागी उक्त स्पर्धामा चन्दुले सर्वाधिक ६.३० अंक जोडिन् । ६.२५ अंकसाथ अस्ट्रेलिया दोश्रो तथा ६.१० अंकसाथ न्युजिल्यान्डका खेलाडी […]

April 30, 2023

राष्ट्रिय फुल कन्ट्याक्ट कराते शुक्रबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्योकुसिन कराते डो संघ (वज्र) को आयोजनामा २१ औं राष्ट्रिय पुरुष खुला तथा १४ औं राष्ट्रिय महिला तौलसमूह फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ६५ तथा महिलामा ५५ खेलाडीको सहभागिता रहने आयोजक संघका वरिष्ठ उपाध्यक्ष पुष्प मानन्धरले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । पुरुषमा […]

Success

Thank you for your time.