May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज (शुक्रबार) सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजकस्तानबीच सेमिफाइनल खेल हुनेछ । भारत र उज्वेकिस्तानको खेलमा दिउँसो २ः३० बजे तथा नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजेपछि हुनेछ । […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ११ स्वर्ण, ११ रजत र ८ कास्यसहित दोश्रो बागमती प्रदेश प्रतियोगिता अन्तरगत पौडीमा पहिलो भएको छ । दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य जित्यो । पुरुषतर्फ ललितपुरका अनुभव सुब्बा र महिलामा काठमाडौंकी आर्या महर्जनले समान ३ स्वर्ण जितिन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट […]
May 25, 2023
हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई […]
May 25, 2023
हेटौंडा (हाम्रो खेलकुद) – काठमाडौं र चितवनले दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबलतर्फ स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेल मैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पियन संघले अर्को साता पोखरामा दोस्रो ओलम्पियन पूर्नमिलन तथा ओलम्पियन सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ, कास्कीको संयोजनमा जेठ १९ देखि २१ गते सम्म पूर्नमिलन तथा सम्मानलगायत विभिन्न कार्यक्रम आयोजना गर्ने संघका महासचिव राजेन्द्र भण्डारीले बिहीबार प्रेस विज्ञप्तीमार्फत […]
May 25, 2023
बिर्तामोड (हाम्रो खेलकुद) – भारतको नयाँ दिल्लीमा सम्पन्न अन्तर्राष्ट्रिय आमन्त्रण कराते च्याम्पियनसिप २०२३ मा नेपाली खेलाडीले १० स्वर्णसहित १५ पदक जितेको छ । अखिल भारत सितेरियो कराते महासंघको आयोजनामा भएको च्याम्पियनसिप नेपालबाट झापा, इलाम र काठमाडौंका खेलाडी सहभागी थिए । च्याम्पियनसिपमा झापाका खेलाडीले सात स्वर्ण, तीन रजत, इलामका खेलाडीले एक स्वर्ण र काठमाडौकाले दुई स्वर्ण […]
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बुधबार एक समारोहबीच युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारलाई स्वागतका साथ सम्मान गरेको छ । एनओसीको सातदोबाटोस्थित भवनमा आयोजित कार्यक्रमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले नवनियुत्त मन्त्रीहरूलाई सम्मान पत्र हस्तान्तरण गरे । त्यस अवसरमा मन्त्री लिम्बूले खेलकुदलाई राजनीतिक […]
May 24, 2023
प्रकाश तिमल्सिना, काठमाडौं हरेक मान्छेमा भावना हुन्छ नै । साना साना चिजले पनि मान्छेलाई खुसी बनाउन सक्छ । सानै विषयले पनि मान्छेलाई दुःखी बनाउन सक्छ । कुन परिस्थितिलाई कसरी ग्रहण गर्ने भन्ने आ आफ्नो स्वभावमा भर पर्छ । सबै खाले भावना सार्वजनिक ठाँउमा प्रकट हुन्न । काभा महिला भलिबल च्यालेन्ज कपमा बुधबार भारतसँग ३–१ (२५–१२,२६–२४,२१–२५,२५–२१) […]
May 24, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १३औं दक्षिण एशियाली खेलकुद (साग) की स्वर्णपदक विजेता तेक्वान्दो खेलाडी काजल श्रेष्ठलाई नगद २ लाख प्रदान गरिएको छ । सिन्धुपाल्चोक जिल्ला लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष एवम् खेलकुद प्रेमी राजु लामाले गाउँपालिकाको तर्फबाट बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालयमा काजल श्रेष्ठलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरे । सोही अवसरमा सिन्धुपाल्चोक जिल्ला तेक्वान्दो […]