May 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका मुकेश पाल र नेपाल पुलिस क्लबकी राजपुरा पछाईंले नवौं कान्तिपुर हाफ म्याराथन २०२३ को उपाधि जितेका छन् । ‘लेट्स गो ग्रिन टुगेदर’ नारासहित शनिबार राजधानीमा भएको यसपालिको कान्तिपुर हाफ म्याराथन जित्न मुकेशले १ घन्टा ६ मिनेट ४५ सेकेन्ड निकाले । उनी पहिलोपल्ट विजेता भएका हुन् । आर्मीकै राजन […]
May 20, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एनएससी काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा सहभागिता जनाउन काजकस्तानको महिला भलिबल टोली नेपाल आइपुगेको छ । काजकस्तानको टोली शनिबार बिहान नेपाल आइपुगेको हो । काजकस्तानको टोलीलाई नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठसागै संघका सदस्यहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप ८ देखि […]
May 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मलेसियामा भएको १९ औं अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । मे १२ देखि १४ तारिखसम्म भएको प्रतियोगितामा १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जिते । नेपालले ७ स्वर्ण, १ रजत र २ कांस्य पदक जितेको नेपाल वादोरियो कराते […]
May 19, 2023
काठमाडौं (हाम्रो खेलकुद) – गार्गी एकेडेमी बुटवलका रितिम गुरुङ र आदर्श विद्या मन्दिर (एभीएम) की आस्मा पहारीले नवौं सोफेस राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा रितिम तथा गल्र्समा आस्मा पहिलो भएका हुन् । शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालद्वारा आयोजित प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा रितिमले दरबार हाइ स्कुलका […]
May 19, 2023
हिमाल खरेल, बिर्तामोड कोशी प्रदेशका सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारीले खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरिएपछि अन्योलमा रहेका प्रतियोगिताहरु असार १५ गतेभित्र सम्पन्न हुने बताएका छन् । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको थियो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरी काम गरेको भन्दै वाग्लेलाई बर्खास्त गरिएको सरकारको […]
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शंखडोल कराते एकेडेमीको आयोजनामा प्रथम गोकणेश्वर उप मेयर कप महिला कराते प्रतियोगिता शनिबार हुने भएको छ । ‘महिला हिंसा तथा दुव्र्यसनी विरुद्ध कराते’ अभियानअन्तर्गत हुन लागेको प्रतियोगितामा १ सय ५० भन्दा बढी खेलाडीको सहभागिता रहने आयोजक एकेडेमीका अध्यक्ष एवं प्रमुख प्रशिक्षक शिव कारन्जितले जनाएका छन् । गोकणेश्वर नगरपालिकाको सहयोगमा हुन लागेको […]
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा नवौं राष्ट्रिय अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । पहिलो दिन ब्वाइज टिम इभेन्टमा भासरा, न्यु होराइजन, बुटवल, मोर्डन इन्डियन स्कुल (एमआईएस) र गार्गी एकेडेमी, बुटवल सेमिफाइनलमा पुगेका छन् । सो स्पर्धाको महिलामा आदर्श विद्या मन्दिर (एभीएम), […]
May 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले एएसबीसी एसियाली यु–२२ बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडीलाई बिहीबार नगदसहित सम्मान गरेको छ । जनवरी १८ देखि २६ तारिखसम्म थाइल्यान्डको बैंककमा भएको प्रतियोगिताको महिला ४८ केजीमा सुष्मा तामाङले रजत तथा ५७ केजीमा हेमा राई र ७५ केजीमा त्रिशा जबेगुले कांस्य जितेका थिए । पुरुष ८६ […]
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – शारीरिक शिक्षा तथा खेलकुद समाज (सोफेस) नेपालको आयोजनामा हुने नवौं राष्ट्रिय अन्तरविद्यालय टेबल टेनिस प्रतियोगिताको तयारी पूरा भएको छ । लैनचौरस्थित राष्ट्रिय टेबल टेनिस प्रशिक्षण केन्द्रमा जेठ ४ र ५ गते हुने प्रतियोगिताको तयारी पूरा भएको कन्सेप्ट मेकर्जका प्रबन्ध निर्देशक प्रशान्त महर्जनले जनाएका छन् । प्रतियोगितामा १ सय ९० ब्वाइज तथा […]
May 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) क्लबको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतिमा आयोजना हुँदै आएको राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको १६औं संस्करण जेठ तेस्रो साता आयोजना हुने भएको छ । आयोजक नेपाल एपिएफ क्लबले एपिएफ मुख्यालय हल्चोकमा पत्रकार सम्मेलन गरी प्रतियोगिता जेठ २१ देखि २४ गते सम्म एपिएफ मुख्यालय हल्चोकमै हुने सशस्त्र […]