default_image

अन्य

May 23, 2023

सन्दीपा लेभल टु प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दो खेलाडी तथा प्रशिक्षक सन्दीपा अमगाईंले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । सीतापाइला तेक्वान्दो डोजाङकी सहायक प्रशिक्षकसमेत रहेकी सन्दीपाले वल्र्ड तेक्वान्दोले मे १५ देखि २१ सम्म सञ्चालन गरेको ‘लेभल टु कोचेज’ उत्तीर्ण गरेकी हुन् । सन् २००८ देखि तेक्वान्दोमा समर्पित रहँदै आउकी सन्दीपाले यसअघि गत अगष्टमा ‘लेभल वान कोचेज’ […]

May 23, 2023

नेपाल सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – घरेलु टोली नेपाल एक खेल बाँकी छँदै एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ । आफ्नो दोस्रो खेलमा बंगलादेशमाथि ३–० को सोझो सेटमा जित निकाल्दै नेपाल एक बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको हो । नेपालको जितले भारत पनि सेमिफाइनलमा पुगेको छ । लगातार दोस्रो हारसँगै किर्गिस्तान […]

May 23, 2023

राष्ट्रिय टोलीमा कविता, प्रगति, पुजा र शान्तिको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर कविता भट्टसँगै सेटर प्रगति नाथ, स्पाइकर पुजा चौधरी र शान्ति कला तामाङले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत बंगलादेशविरुद्धको खेलमा पहिलो सेटमा पहिलो रोजाईमा खेल्दै डेब्यु गरेकी हुन् । बेल्जियन मुख्य प्रशिक्षक जान डि ब्रान्टले मिडल ब्लकर साफिया पुनलाई विश्राम […]

May 23, 2023

श्रीलंकामाथि काजकस्तानको प्रतिस्पर्धात्मक जित

काठमाडौं (हाम्रो खेलकुद) – श्रीलंकामाथि प्रतिस्पर्धात्मक जित निकाल्दै काजकस्तान एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको सेमिफाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा मंगलबार भएको दोस्रो खेलमा काजकस्तानले श्रीलंकामाथि ३–१ को जित निकालेको हो । लगातार दोस्रो जितसँगै काजकस्तानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । पहिलो सेट २५–१६ ले जितेको […]

May 23, 2023

नेपालले आज बंगलादेशसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – एनएससी–काभा महिला भलिबल च्यालेन्ज कप २०२३ अन्तरगत घरेलु टोली नेपालले आज (मंगलबार) आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र बंगलादेशबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा दिउँसो ३ बजेपछि हुने छ ।पहिलो खेलमा किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी सुरुवात गरिसकेको नेपाल बंगलादेशलाई पराजित गरी […]

May 22, 2023

कोशी प्रदेशमा ब्याडमिन्टन अम्पायर तालिम सम्पन्न

पाँचथर (हाम्रो खेलकुद)– कोशी प्रदेश ब्याडमिन्टन संघको आयोजनामा पाँचथरमा ब्याडमिन्टन अम्पायर प्रशिक्षण सोमबार सम्पन्न भएको छ । दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य अनुरूप पाँचथर ब्याडमिन्टन संघको पहलमा पहिलोपटक पाँचथरमा ब्याडमिन्टन अम्पायर तालिम आयोजना भएको थियो । चार दिने प्रशिक्षणमा कोशी प्रदेशका १० जिल्लाका २ महिला सहित २२ जनाको सहभागिता थियो । तालिममा कोशी प्रदेशका तेह्रथुम, […]

May 22, 2023

मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप यसै महिना

हिमाल खरेल, बिर्तामोड कोशी प्रदेशस्तरीय दोस्रो मिस्टर कञ्चनजंघा बडिबिल्डिङ च्याम्पियनसिप प्रतियोगिता दुई साता पछि धकेलिएको छ । यसअघि जेठ १२ र १३ गतेका लागि बिर्तामोडमा निर्धारित प्रतियोगिता १३ दिनपछि सरेको छ । प्रतियोगिता जेठ २५ र २६ गतेका लागि सारिएको प्रतियोगिता आयोजक समितिका अध्यक्ष अर्जुनकुमार मैनालीले बताए । कोशी प्रदेश सरकार र खेलकुद विकास बोर्डका […]

May 22, 2023

अस्मिता र विकेशलाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सिन्धुपाल्चोककी अस्मिता भुजेल र दोलखाका विकेश घिमिरेले दोस्रो बाग्मती प्रदेश खेलकुदको एथलेटिक्सतर्पm १५०० मिटर दौडमा स्वर्ण जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा सोमबारदेखि सुरु भएको प्रतिस्पर्धामा अस्मिता महिलातर्पm र विकेश पुरुषतर्पm स्वर्ण विजेता हुन् । विकेशले ४ मिनेट ३३ सेकेन्ड समय लगाए । सो विधामा नुवाकोटको दिनेश राईले रजत र […]

May 22, 2023

दोलखा चेसमा इन्द्रजितको एकल अग्रता

दोलखा (हाम्रो खेलकुद) – पूर्व मन्त्री भीमबहादुर तामाङको स्मृतिमा दोलखा चेस होम नेपाल दोलखाको आयोजना तथा भीमबहादुर तामाङ स्मृति प्रतिष्ठानको सहयोगमा संचालन भइरहेको दोलखा खुला अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा भारतका इन्द्रजित महिन्द्रकारले एकल अग्रता बनाएका छन् । आठौं चरणको खेल सकिदा अपराजित रहँदै इन्द्रजितले साढे सात अंक सहित एकल अग्रता लिएका हुन् । राम्रो प्रदर्शन गरेका […]

May 22, 2023

राष्ट्रिय टोलीमा संगम र रिमाको डेब्यु

काठमाडौं (हाम्रो खेलकुद) – मिडल ब्लकर संगम महतो र अपोजिट हिटर रिमा कुँवरले नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गरेकी छिन् । एनएससी काभा महिला भलिबल च्यालेन्ज कप अन्तरगत किर्गिस्तानविरुद्धको खेलमा संगमले पहिलो सेटमा तथा रिमाले दोस्रो सेटमा परिवर्तित खेलाडीको रुपमा डेब्यु गरेकी हुन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा मिडल […]

Success

Thank you for your time.