May 26, 2023
बेथानचोक (हाम्रो खेलकुद)– चौथो बेथानचोक कप जिल्ला स्तरिय आमन्त्रण पुरुष भलिबल प्रतियोगिता शुक्रबार सुरु भएको छ । पहिलो दिन आयोजक बेथानचोक गाउँपालिका र खानीखोला गाउँपालिका खेलकुद विकास समिति विजयी भएका छन् । पहिलो खेलमा आयोजक टोलीले महांकाल गाँउपालिकालाई वेष्ट अफ थ्रीमा २–१ ले हराएको थियो । समूह डीमा दुई टोली मात्र रहेकाले आयोजक विजेता र […]
May 26, 2023
हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरको पुरुष र महिला टोली हेटौडामा जारी दोस्रो बागमती प्रदेश खेलकुदअन्तर्गत रग्बी प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । पिप्लेस्थित पिप्ले क्याम्पा रंगशालामा शुक्रबार सम्पन्न सेमिफाइनलमा मकवानपुरले महिलातर्फ चितवन र पुरुषमा रामेछापमाथि जित निकाल्दै स्वर्ण प्रतिस्पर्धाको यात्रा तय गरेका हुन् । महिला मकवानपुरले चितवनलाई ४९–० को फराकिलो अन्तरले हरायो । मकवानपुरको जितमा […]
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिता शनिबारदेखि पोखरामा हुने भएको छ । प्रतियोगितामा पुरुष ४० वर्षमाथि, ५० वर्षमाथि, ६० वर्षमाथि र डबल्स गरी ४ स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक राकेश महर्जनले जनाएका छन् । प्रत्येक स्पर्धाका विजेताले १० हजार, उपविजेताले ५ हजार र तेश्रो हुनेले २ हजार ५ […]
May 26, 2023
सुर्खेत (हाम्रो खेलकुद) – कर्णाली प्रदेशको राजधानी सुर्खेतको बीरेन्द्रनगरमा आयोजना हुने “दोस्रो मदन भण्डारी रिङ्ग रेस्लिङ्ग महाभिडन्त” राष्ट्रिय प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको छ । खुल्लामञ्च घन्टाघरमा शनिबार हुने उक्त प्रतियोगिताको तयारी पुरा भएको आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी रिङ रेस्लिङ विभागले जनाएको छ । प्रतियोगिताका लागि सम्पूर्ण खेलाडीहरु बीरेन्द्रनगर पुगी सकेको एकेडेमीका उपाध्यक्ष तथा […]
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – यसअघिको दुई संस्करणको च्याम्पियन तथा घरेलु टोली नेपाल एनएससी काभा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुग्न असफल भएको छ । एसियाको छैटौं वरीयताको काजकस्तानलाई बलियो चुनौती पेश गरेपनि नेपाल २–३ को सेटमा पराजित हुँदै नेपाल घरेलु मैदानमा नेपाल सेमिफाइनलबाटै बाहिरिन पुगेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शुक्रबार […]
May 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंमा जारी एनएससी काभा महिला भलिबल च्यालेन्ज कपमा आज (शुक्रबार) सेमिफाइनलका खेलहरु हुनेछन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा भारत र उज्वेकिस्तान तथा घरेलु टोली नेपाल र काजकस्तानबीच सेमिफाइनल खेल हुनेछ । भारत र उज्वेकिस्तानको खेलमा दिउँसो २ः३० बजे तथा नेपाल र काजकस्तानबीचको खेल साँझ ५ बजेपछि हुनेछ । […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौं ११ स्वर्ण, ११ रजत र ८ कास्यसहित दोश्रो बागमती प्रदेश प्रतियोगिता अन्तरगत पौडीमा पहिलो भएको छ । दोश्रो स्थानमा रहेको ललितपुरको ७ स्वर्ण, ७ रजत र १० कास्य जित्यो । पुरुषतर्फ ललितपुरका अनुभव सुब्बा र महिलामा काठमाडौंकी आर्या महर्जनले समान ३ स्वर्ण जितिन् । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको […]
May 25, 2023
काठमाडौं (हाम्रो खेलकुद) – दोश्रो बागमती प्रदेश खेलकुदको जुडोमा ललितपुर टिम च्याम्पियन बनेको छ । काठमाडौंको खुशीबुँस्थित बहुद्देश्यीय मार्सल आर्ट केन्द्रमा भएको प्रतियोगितामा ललितपुर ४ स्वर्ण, ३ रजत र २ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । काभ्रे ३ स्वर्ण, १ रजत र १ कांस्यसाथ दोश्रो भयो । २ स्वर्ण, १ रजत र १ कांस्यसहित नुवाकोट […]
May 25, 2023
हेटौंडा (हाम्रो खेलकुद) – मकवानपुरका सोहन राई र काभ्रेकी पेमा लामा जारी दोस्रो बागमती प्रदेश खेलकुदको बक्सिङ प्रतियोगितामा उत्कृष्ट बक्सर घोषित भएका छन् । हेटौडास्थित हेटौडा कभर्डहलमा सम्पन्न बक्सिङ प्रतियोगितामा पुरुष ६३ केजी तौल समूहमा स्वर्ण विजेता सोहन र महिला ५७ केजीमा स्वर्ण विजेता पेमा उत्कृष्ट बक्सर भएकी हुन् । सोहनले फाइनलमा सिन्धुपाल्चोकका प्रज्वल श्रेष्ठलाई […]
May 25, 2023
हेटौंडा (हाम्रो खेलकुद) – काठमाडौं र चितवनले दोस्रो बागमती प्रदेश खेलकुदमा बिहीबार भलिबलतर्फ स्वर्ण पदक जितेका छन् । हेटौंडास्थित हुप्राचौर खेल मैदानमा बिहीबार सम्पन्न प्रतियोगितामा काठमाडौंले महिलामा र चितवनले पुरुषमा स्वर्ण पदक जितेका हुन् । काठमाडौंले फाइनलमा दोलखालाई २५–५, २५–६ र २५–१२ ले हरायो । चितवनले भने फाइनलमा धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को […]