May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बुढानिलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) को आयोजनामा प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बुधबारदेखि हुने भएको छ । प्रतियोगितामा ५३ टिमको सहभागिता रहने एकेडेमीका प्रधानाध्यापक मोहनप्रसाद भट्टले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सिनियर ब्वाइजमा २७, सिनियर गल्र्समा १६ र जुनियर ब्वाइजमा १० टिम सहभागी हुनेछन् । सिनियर ब्वाइजलाई ८ […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले प्रथम इन्डो–नेपाल खुला कराते प्रतियोगितामा ४ स्वर्ण जितेको छ । नेपालले थप ३ रजत र २ कांस्य पदक पनि जितेको छ । नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका प्रमुख प्रशिक्षक हरिशरण केसीले नेपालले प्रतियोगितामा ४ स्वर्णसहित ३ रजत र २ कांस्य गरी कुल ९ पदक जितेको […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – इन्टरनेसनल उसु जजेज ट्रेनिङ तथा सर्टिफिकेसन कोर्समा सहभागी हुन उसुका ४ सदस्यीय निर्णायक टोली मंगलबार इन्डोनेसियाको बाली प्रस्थान गरेका छन् । मे ३१ देखि जुन ६ तारिखसम्म हुने कोर्सको थाउलोमा विनोद मारिक, विशाल थापा सिन्जाली र मन्जुर महर्जन तथा सान्सौंमा रतनबहादुर खातीले सहभागिता जनाउने छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले मातहतका तीन विभागका विभागीय प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ । प्रशासन विभागका प्रमुख मधुसुदन बस्नेतलाई खेलकुद प्रतियोगिता तथा योजना विभागको प्रमुखको जिम्मेवारी दिइएको छ ।खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ललाई प्रशासन विभाग प्रमुख बनाइएको छ । खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्मालाई खेलकुद विकास […]
May 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गतको टिम स्पर्धामा नेपालले स्वर्ण पदक जितेको छ । नेपाल नम्बर एक एमेच्योर खेलाडी सुबास तामाङ र सद्भाव आचार्यको जोडीले दोस्रो दिन मंगलबार ७–अन्डर १ सय ३७ स्कोर जोडे । समग्रमा १७–अन्डर २ सय ७१ सहित भारतलाई १४ स्ट्रोकको फराकिलो अन्तरमा हराउँदै उनीहरुले नेपाललाई […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन निशा रावलले ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी छन् । राष्ट्रिय टोलीको प्रशिक्षकको जिम्मेवारीसमेत सम्हाल्दै आएकी निशाले वल्र्ड तेक्वान्दोले गत मे १९ मा सञ्चालन गरेको ‘लेभल टु कोचेज’ कोर्स उत्तीर्ण गरेकी हुन् । उनले यसअघि गत फेब्रुअरी ६ मा ‘लेभल वान कोचेज’ कोर्स उत्तीर्ण गरेकी थिइन् । तेक्वान्दोकी चौथो डान […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – काठमाडौंका सुदिप तामाङले प्रथम कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । उनले नवौं चरणको खेलमा पुरुषोत्तम सिलवालसँग बराबरी खेल्दै उपाधि जितेका हुन् । सुदिपले ६ खेलमा जित र ३ खेलमा बराबरी खेल्दै ७.५ अंक जोडे । उनले उपाधिसँगै १० हजार रुपैयाँ प्राप्त गरे । गणतन्त्र दिवसको अवसरमा राष्ट्रिय सहकारी […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – किङ्स टीटीका सुमन शाक्यले विन्ध्यवासिनी मास्टर्स खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा सोमबार स्वर्ण जितेका छन् । स्ट्याग च्याम्पियन्स टेबलटेनिसको आयोजनामा भएको प्रतियोगिताको पुरुष सिंगल्समै किङ्सका मुकेश महर्जनले रजत तथा राजीव महर्जन र संघरत्न डंगोलले कांस्य जिते । पोखरास्थित रापाकोट मिलीजुली तमु समाजको हलमा भएको प्रतियोगिताको भेट्रान ४० वर्षमाथि पुरुष सिंगल्समा किङ्सका […]
May 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नक्सालकी सुष्मा तामाङ र आर्मीकी मिनु गुरुङ एसियन गेम्सको दोस्रो चरणमा छनोट हुन सफल भएकी छिन् । महिला ५० किलो तौल समुहमा एच टुओकी अस्मिता दुवाललाई ४ः१ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै सुष्मा दोस्रो चरणमा छनोट हुन सफल भएकी हुन् । ५४ किलो तौल समुहमा आर्मीकी मिनु गुरुङले बक्समाण्डुकी अन्जली […]
May 29, 2023
बेथानचोक (हाम्रो खेलकुद) – खानीखोला गाँउपालिका भलिबल क्लबले चौथो बेथानचोक कप जिल्ला स्तरीय आमन्त्रण पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । सोमबार भएको फाइनलमा खानीखोला महांकाल गाउँपालिकालाई २५–१९, २५–२०, २५–२२ को सोझो सेटमा हराउँदै खानीखोलाले उपाधि जितेको हो । बेथानचोक गाउँपालिकाको बेथानचोक खेलकुद विकास समितिले आयोजना गरेको प्रतियोगितामा महाभारत गाउँपालिका र पनौती नगरपालिका सेमिफाइनल पुगेका […]