default_image

अन्य

June 2, 2023

राष्ट्रिय रिङ रेस्लिङ भोलि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल रिङ रेस्लिङ संघको आयोजनामा चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न ५ स्पर्धामा प्रतिस्पर्धा हुने र सबैमा नगद पुरस्कार राखिएको आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिइन् । हेभी वेट विजेताले १ लाख ५५ हजार, ट्रिपल थ्रेट म्याच विजेताले १ लाख २५ हजार, हार्डकोर म्याच […]

June 2, 2023

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

काठमाडौं (हाम्रो खेलकुद) – चीनको होङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको कार्यालय युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री लिम्बूले सचिवालय स्थापना पछि तयारीले थप तीव्रता पाउने […]

June 1, 2023

उपाध्यक्ष प्रसाईको संयोजकत्वमा छानविन समिति गठन

काठमाडौं (हाम्रो खेलकुद)– चीनमा ४ महिनापछि आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का दौरान बुधबार भएको झगडाका विषयमा छानविन गर्न नेपाल कराते महासंघले उपाध्यक्ष ओमकृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ । छानविन समितिको सदस्यमा महासंघका सदस्य रवी महर्जन र गजेन्द्र साउद रहेका छन् । महासंघका अध्यक्ष युवराज लामाको अध्यक्षतामा बिहीबार बसेको […]

June 1, 2023

एनएसए कप पौडी आइतबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पौडी संघको वार्षिक कार्यक्रम अनुसारको ११औं एनएसए कप पौडी प्रतियोगिता आइतबारदेखि सुरु हुने भएको छ । नेपाल पौडी संघले बिहीबार पत्रकार सम्मेलन गर्दै दुई दिने प्रतियोगिता सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा आइतबार र सोमबार हुने जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ १७० जना र महिलामा ९० जना गरि २६० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् […]

June 1, 2023

आर्मी सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीको पुरुष टिम दोश्रो रविन रोशन स्मृति अल इन्डिया हक्की प्रतियोगिता बिहीबार सेमिफाइनलमा प्रवेश गरेको छ । भारतको बिहारमा जारी प्रतियोगितामा आर्मीले बिहारलाई ५–१ को गोलअन्तरले पराजित ग¥यो । आर्मीका प्रदीप राजवंशी ‘म्यान अफ द म्याच’ घोषित भए ।

June 1, 2023

इबीए र नेसनल युनाइटेडलाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – इडेन ब्रिज एकेडेमी (इबीए) र नेसनल युनाइटेडले प्रथम बीएमसीए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा बिहीबार जित हात पारेका छन् । बूढानीलकण्ठ मोडेल कम्युनिटी एकेडेमी (बीएमसीए) र बूढानीलकण्ठ नगरपालिकाद्वारा संयुक्त आयोजित प्रतियोगितामा इबीएले ग्राम शिक्षालाई २४–१७ ले पराजित ग¥यो । इबीएको जितमा छवि भोटेले १३ अंक योगदान गरे । अनित रेगनको […]

June 1, 2023

राष्ट्रव्यापी सो–क्योकुसिन कराते भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – टीका भैरव सो–क्योकुसिन कराते ब्रान्च डोजोको आयोजनामा छैटौं राष्ट्रव्यापी टीका भैरव सो– क्योकुसिन कराते प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा पुरुषमा ६ र महिलामा १ गरी जम्मा ७ स्वर्णका लागि प्रतिस्पर्धा हुने आयोजक डोजोका प्रमुख प्रशिक्षक दिनेश नगरकोटीले जनाएका छन् । पुरुषमा ३० केजी, ३५ केजी, ४० केजी, ५० केजी, […]

June 1, 2023

हिमालयन बैंक गल्फ शुक्रबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन बैंक गल्फ प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा दुई दिन सम्म चल्ने प्रतियोगितामा बढीमा १ सय २५ खेलाडीको सहभागिता रहने हिमाल बैंकका चिफ मेनेजर समिर आचार्यले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा महिला, पुरुष, ग्रस, सिनियर, सुपर सिजिन, गेस्ट, हिमालयन बैंक ग्राहक, जुनियर […]

June 1, 2023

पोखरामा हुने ओलम्पियन पूर्नमिलनको तयारी पूरा

पोखरा (हाम्रो खेलकुद)– दोस्रो ओलम्पियन पूर्नमिलन तथा सम्मान कार्यक्रमको सबै तयारी पूरा भएको आयोजक नेपाल ओलम्पियन्स संघले जनाएको छ । पोखरा महानगरपालिकाको खेलकद विकास समिति र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीको समन्वयमा जेठ १९ देखि २१ गते सम्म संघले विभिन्न कार्यक्रम आयोजना गर्न लागेको संघका अध्यक्ष दीपक विष्टले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए […]

June 1, 2023

खडकलाई हाई अल्टिच्युड म्याराथन उपाधि

डोटी (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका धावक खडक बहादुर खड्काले दोस्रो संस्करणको खप्तड–शैलेश्वरी हाई अल्टिच्युड म्याराथनको उपाधि जितेका छन । खडकले खप्तडको ३ हजार ३ सय फिट उचाईबाट सुरु म्याराथन २ घण्टा ३७ मिनेट ४६ सेकेन्डमा पार गर्दै उपाधि जितेका हुन् । आर्मीकै नरेन्द्र सिंह रावत दोस्रो भए । उनले निर्धारित दुरी २ घण्टा ३९ मिनेट […]

Success

Thank you for your time.