default_image

अन्य

June 19, 2023

सिद्धार्थलाई दोहोरो स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – सिद्धार्थ लामा तामाङले जर्मन ओपन इन्टरनेसनल च्याम्पियनसिपमा दोहोरो स्वर्ण जितेका छन् । सिद्धार्थले दुई फरक स्पर्धामा स्वर्ण जितेको नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राईले जनाएका छन् । जर्मनीको सिमर्नमा जुन १६ देखि १८ तारिखसम्म भएको प्रतियोगितामा सिद्धार्थले पहिलो स्वर्ण सफ्ट स्टायल एमभी ब्ल्याकवेल्ट स्पर्धामा जिते […]

June 19, 2023

किर्गिस्तानसँग नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार दोस्रो हार बेहोरेको छ । घरेलु टोली किर्गिस्तानसँग ३–१ को सेटमा पराजित हुँदै नेपालले नेसन्स लिगमा लगातार दोस्रो हार बेहोरेको हो । नेपाल यसअघि पहिलो खेलमा मंगोलियासँग ३–१ को सेटमा नै पराजित भएको थियो । विस्केकमा रहेको चोलपोन […]

June 19, 2023

ओल्ड क्यापिटललाई फुटबल उपाधि

गोरखा (हाम्रो खेलकुद)– ओल्ड क्यापिटल रानीवनले मिस्टर बी अन्तरविद्यालय गोर्खाली कप फुटबल उपाधि जितेको छ ।गोरखा सदरमुकामको हरमटारी खेलकुद मैदान आइतबार भएको फाइनलमा दिर्घेश्वर मावि फुजेललाई टाइब्रेकरमा ५–४ ले हराउँदै ओल्ड क्यापिटलले उपाधि जितेको हो । निर्धारित समय ३–३ को बराबबरीमा टुंगिएपछि खेल टाइब्रेकरमा गएको थियो ।विजेता टोलीले उपाधिसहित ३० हजार र दोस्रो भएको टोली […]

June 19, 2023

बेसबलमा दीपक निरन्तर

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बेसबल तथा सफ्ट बल संघको चुनावी साधारण सभाले दीपक न्यौपानेलाई निरन्तरता दिदै २० सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको छ । वरिष्ठ उपाध्यक्षमा प्रदिपकुमार खत्री, उपाध्यक्षमा विपिन वज्राचार्य, नारायण घर्ती र सुरेन्द्र थपलिया, महासचिवमा प्रदिप शाह, सचिवमा सन्जीव फुयाल केसी र कोषाध्यक्ष उपेन्द्रविक्रम लामा रहेका छन् । तिलक ढुंगाना, रोशन थापा, […]

June 19, 2023

काभा पुरुष भलिबल नेसन्स लिग – नेपालले आज किर्गिस्तानसँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले काभा पुरुष भलिबल नेसन्स लिगको आफ्नो दोस्रो खेलमा आज (सोमबार) बलियाे घरेलु टोली किर्गिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र किर्गिस्तानबीचको खेल विस्केकमा रहेको चोलपोन एटिए कभर्डहलमा नेपाली समयअनुसार साँझ ५ः४५ बजेपछि हुनेछ । पहिलो खेलमा मंगोलियासँग ३–१ को सेटमा पराजित भएको नेपाल बलियो किर्गिस्तानलाई स्तब्ध पार्दै […]

June 19, 2023

फाइभ नेसन्स बास्केटबल- लिग चरणमा नेपाल शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)– शीर्षस्थानमा रहँदै नेपाली राष्ट्रिय बास्केटबल टोलीले फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपको लिग चरणको अन्त्य गरेको छ । पहिलो खेलमै हार बेहोरेको नेपालले त्यसपछिका सबै तीन खेलमा जित निकाल्दै शीर्षस्थानमा लिग चरणको अन्त्य गरेको हो । लिग चरणको आफ्नो खेलमा आइतबार नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ ले पराजित गरेको थियो । पहिलो क्वार्टरमा दमदार […]

June 18, 2023

स्नेहा र सुनिता श्रीलंका जाने

काठमाडौं (हाम्रो खेलकुद) – ओलम्पियन स्नेहा राज्यलक्ष्मी राणा र सुनिता महर्जन ११औं सुटिङ ट्रेनिङ क्याम्प तथा कोचिङ कोर्समा सहभागी हुन सोमबार श्रीलंकाको कोलोम्बो जाँदैछन् । एसियाली सुटिङ महासंघको सहयोगमा श्रीलंका सुटिङ संघले आयोजनामा गर्ने कोर्स जुन २० देखि २८ तारिखसम्म हुनेछ । उनीहरुलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले आइतबार एक कार्यक्रमबीच बिदाइ गरे ।

June 18, 2023

विवेक र सक्षम मेक्सिकाे जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – विवेक श्रेष्ठ र सक्षम सरल थापा आईएसएफ वल्र्ड स्कुल तेक्वान्दो च्याम्पियनसिपमा सहभागी हुन सोमबार मेक्सिको प्रस्थान गर्दै छन् । जुन १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा विवेकले ५९ केजीमुनि तथा सक्षमले ३५ केजीमुनि तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

June 18, 2023

चन्द्रागिरी च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी दोश्रो जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ । ८ स्वर्णसाथ चन्द्रागिरी समग्रमा टिम च्याम्पियन बन्यो । स्वयम्भू नगर खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगितामा कोटेश्वर ६ स्वर्णसाथ दोश्रो तथा मूलपानी ५ स्वर्णसहित तेश्रो भए । स्वयम्भूमा भएको प्रतियोगिताको पुरुषमा बौद्ध ज्योतिका गौरव ढकाल तथा महिलामा मूलपानीकी प्रगति कुइकेल उत्कृष्ट खेलाडी […]

June 18, 2023

कीर्तिपुरको लगातार दोश्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिका अन्तर नगरपालिका मेयर कप यु–१८ पुरुष बास्केटबल प्रतियोगितामा आइतबार लगातार दोश्रो जित हात पारेको छ । कीर्तिपुरले भक्तपुरलाई ९५–५९ ले पराजित ग¥यो । कीर्तिपुरका केभिक महर्जनले २५ स्कोर गरे । कीर्तिपुरले पहिलो खेलमा चन्द्रागिरी नगरपालिकालाई ९५–४० ले हराएको थियो । कीर्तिपुर कभर्डहलमा भइरहेको प्रतियोगिताको अन्य खेलमा […]

Success

Thank you for your time.