default_image

अन्य

June 24, 2023

तेश्रो प्रधानमन्त्री कप ब्याडमिन्टन बुधबारदेखि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको आयोजनामा तेस्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता असार १३ गतेबाट हुने भएको छ । ललितपुरको नखिपोटस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ […]

June 24, 2023

राष्ट्रिय स्केटबोर्डमा विजय र समिक्षालाई उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – विजय लिम्बु र समिक्षा राईले छैटौं राष्ट्रिय स्केटबोर्ड प्रतियोगिताको उपाधि जितेका छन् । फ्रिस्टायल बेस्ट रन स्पर्धाको पुरुषमा विजय तथा महिलामा समिक्षा पहिलो भएका हुन् । नेपाल स्केटिङ तथा स्केट बोर्डिङ संघद्वारा आयोजित प्रतियोगिताको पुरुषमा बसन्त राई दोश्रो तथा गजेन्द्र बर्देवा तेश्रो भए । महिलामा स्वाति श्रेष्ठ दोश्रो तथा अर्लिन लामा […]

June 23, 2023

एसियाड गल्फ टोली प्रशिक्षणका लागि भारत जाने

काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली शनिबार वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाने भएको छ । प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल सहित ६ सदस्यीय नेपाली टोली […]

June 23, 2023

दीपक र सृजनालाई एनओसी अवार्ड

काठमाडौं (हाम्रो खेलकुद) – एथलेटिक्सका दीपक अधिकारी र पारा तेक्वान्दोकी सृजना घिसिङ एनओसी अवार्ड जितेका छन् । ओलम्पिक डे (जुन २३) पारेर शुक्रबार नेपाल ओलम्पिक कमिटी (एनओासी) आयोजित अवार्डमा खेलाडीको पुरुषतर्फ दीपक र महिलातर्फ सृजनाले अवार्ड प्राप्त गरेका हुन् । त्यस्तै पारा तेक्वान्दोका कविराज नेगी र टेनिसकी रेनु देवी कोन्डा उत्कृष्ट प्रशिक्षकको अवार्ड प्राप्त गरे […]

June 23, 2023

किर्गिस्तानको ‘बी’ टोलीसँग पनि नेपालको हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार पाँचौं हार बेहोरेको छ । रोमाञ्चक र प्रतिस्पर्धात्म बनेको खेलमा नेपाल घरेलु टोली किर्गिस्तानको ‘बी’ सँग ३–२ को सेटमा पराजति हुँदै लिगमा लागतार पाँचौ हार बेहोर्न पुगेको हो । विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा शुक्रबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

June 23, 2023

नेपालले आज किर्गिस्तान ‘बी’ सँग खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा आज (शुक्रबार) घरेलु टोली किर्गिस्तान ‘बी’ सँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र किर्गिस्तान ‘बी’ बीचको खेल विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा नेपाल िसमयअनुसार दिउँसो ३ः४५ बजेपछि हुनेछ । लिग चरणको शुरुवाती सबै चार खेलमा हार बेहोरेको नेपाल किर्गिस्तानको ‘बी’ टोलीलाई […]

June 23, 2023

प्रशिक्षक श्रेष्ठले एसियाड टोलीलाई प्रशिक्षण दिन नपाउने

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को तयारीमा रहेका खेलाडीलाई प्रशिक्षक दीपक श्रेष्ठले प्रशिक्षण गराउन नपाउने भएका छन् । गत महिना एसियाड छनोटका क्रममा भएको विवादमा दोषी पाइएको भन्दै नेपाल कराते महासंघले श्रेष्ठलाई ३ महिना कराते कुनै पनि गतिविधिमा भाग लिन नपाउने गरि कारवाही गरेको छ । यद्दपी महासंघले घटनाका विषयमा गरिएको निर्णयका बारेमा सार्वजनिक […]

June 23, 2023

भुटान फाइभ नेसन बास्केटबल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – भुटानले फाइभ नेसन च्याम्पियनसिप बास्केटबलको उपाधि जितेको छ । लिग राउन्डमा चौथो स्थानमा रहँदै अघि बढेको भुटानले बिहीबार बंगलादेशलाई ६२–६० ले पराजित गर्दै भुटान च्याम्पियन बनेको हो । त्यसअघि सेमिफाइनलमा नेपाललाई अन्तिम सेकेन्डमा बजर बिटर प्रहार गरेपछि ६१–६० ले पराजित गर्दै भुटान फाइनलमा पुगेको थियो । अर्को सेमिफाइनलमा पाकिस्तानलाई ७९–६५ ले […]

June 22, 2023

एसियाडलाई फेन्सिङबाट ६ खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल फेन्सिङ संघले चीनको होङझावमा आगामी सेप्टेम्वर र अक्टोवरमा हुने १९औं एसियाली खेलकुदका लागि ६ खेलाडी छनोट गरेको छ । संघले महिला र पुरुषमा समान ३–३ गरी कुल ६ खेलाडी छनोट गरेको हो । संघले बसुन्धारास्थित पुर्व प्रहरी संगठनको हलमा अन्तिम छनोट प्रतियोगिताबाट खेलाडी छनोट गरेको हो । पुरुषतर्फ सावर इभेन्ट्समा […]

June 22, 2023

काभा नेसन्स भलिबलमा नेपालको लगातार चौथो हार

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीले किर्गिस्तानमा जारी काभा पुरुष भलिबल नेसन्स लिगमा लगातार चौथो हार बेहोरेको छ । लिग चरणको चौथो खेलमा तुर्केमिनिस्तानसँग ३–१ को सेटमा पराजित हुँदै लगातार चौथो हार बेहोरेको हो । विस्केकस्थित चोलपोन एटिए कभर्डहलमा बिहीबार भएको खेलको पहिलो सेट १८–२५ ले सहजै गुमाएको नेपालले प्रतिस्पर्धात्मक बनेको दोस्रो […]

Success

Thank you for your time.