default_image

अन्य

October 4, 2023

काभा भलिबल च्यालेन्ज कप– नेपालसहित ६ टोलीले खेल्ने

काठमाडौं (हाम्रो खेलकु)– नेपाली राष्ट्रिय भलिबल टोलीले अर्को सातााबाट श्रीलंकामा सुरु हुने कामा पुरुष भलिबल च्यालेन्ज कपमा प्रतिस्पर्धा गर्ने भएको छ । असोज २२ गते सुरु हुने प्रतियोगितामा ६ टोलीको सहगिता रहेको छ । राउन्ड रोविन लिगपछि अंकतालिकाका शीर्ष २ टोलीले फाइनल तथा त्यसपछिका दुई टोलीले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् । नेपालले असोज २२ […]

October 4, 2023

आयोजक ढोरपाटन र पोखरालाई ढोरपाटन रनिङ कप भलिबल उपाधि

सिड्नी (हाम्रो खेलकुद) – आयोजक ढोरपाटन क्लब अस्ट्रेलिया र पोखरा भलिबल क्लब चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप भलिबल २०२३ काे च्याम्पियन बनेका छन् । ढोरपाटन पुरुषतर्फ तथा पोखरा महिलातर्फ च्याम्पियन बनेका हुन् । अवर्न बास्केटबल सेन्टर लिडकममा भएको पुरुषतर्फको फाइनलमा ढोरपाटनले छन्त्याल परिवार अष्ट्रेलिया (सिपिए) लाई ३–१ को सेटमा पराजित गर्दै उपाधि […]

October 4, 2023

एसियाड कबड्डीमा नेपाललाई कम्तीमा कास्य पदक पक्का

सुबास हुमागाईं, हाङ्गचौ नेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्य पदक जित्ने पक्का भएको छ । समूहको अन्तिम खेलमा बुधबार इरानले बंगलादेशलाई ५४–१६ ले हराएसँगै नेपाल समूह उपविजेताका रुपमा सेमिफाइनल पुगेको हो । सेमिफाइनलमा पराजित हुने दुवै टोलीले पदक पाउने भएकाले नेपालले कम्तीमा कास्य पदक पक्का गरेको […]

October 4, 2023

एसियाडको भलिबलमा भारतसँग नेपालको हार

हाङ्गचौं (हाम्रो खेलकुद)– एसियाली खेलकुद (एसियाड) को महिला भलिबलमा नेपाली राष्ट्रिय टोली पराजित भएको छ । दक्षिण एसियाली प्रतिद्वन्द्वी भारतसँग बुधबार भएको खेल नेपालले ३–१ ले गुमाएको थियो । भारतलाई कडा टक्कर दिनाका वावजुद नेपाल जितबाट चुकेको थियो । तेस्रो सेटमा एक समय ६ अंकको अग्रतालाई जोगाउन नसक्दा नेपालले अन्त्यमा त्यो सेट गुमाएको थियो । […]

October 3, 2023

एनबिएलमा टाइम्सको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – टाइम्स इन्टरनेसनल कलेजले राष्ट्रिय बास्केटबल लिग (एनबिएल) ले लगातार तेस्रो जित हासिल गरेको छ । टाइम्सले बुढानिलकण्ठ बास्केटबल क्लबलाई १०२–८१ स्कोरमा हराउँदै टाइम्सले तेस्रो जित दर्ता गराएको हो । सुरुवाती क्वार्टरबाटै अग्रता बनाएको टाइम्स मध्यान्तरसम्म ५४–४० अगाडि थियो । सो खेलमा टाइम्सका मबिन्द्र भण्डारी म्यान अफ दी म्याच बने । उनले […]

October 3, 2023

एसियाड ब्याडमिन्टन – रसिला प्रिक्वाटरफाइनलमा

हाङ्गचौं (हाम्रो खेलकुद) – चीनकोको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको महिला सिंगल्समा नेपालकी रसिला महर्जन प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छन् । बिन्जियाङ जिम्न्याजियममा मंगलबबार मंगोलियाकी म्यागमार्टसिन गान्बटारलाई २१–४ र २१–७ को सोझो सेटमा हराउन्दै रसिला अघिल्लो चरणमा पुगेकी हुन् । रसिलाले १५ मिनेटमै खेलको नतिजा आफ्नो पक्षमा पारेकी थिइन् । मंगलबार नेपालले […]

October 2, 2023

एनबिएलमा गोल्डेनगेट र रोयललाई सफलता

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय बास्केबल लिग (एनबिएल) मा चौथो दिन सोमबार गोल्डेनगेट इन्टरनेसनल कलेज र रोयल स्पोर्टस सेन्ट्रलले ससफलता हासिल गरेका छन् । दिनको दोस्रो खेलमा रोयलले त्रिभुवन आर्मी क्लबलाई ९६–९४ को झिनो अन्तरले हराएको थियो । तेस्रो क्वार्टरको समाप्ती सम्म आर्मी ७४–६८ ले अगाडि थियो । चौथो तथा अन्तिम क्वार्टरमा रोयलले खेल उल्टायो । […]

October 2, 2023

विमल एफसी चितवनका आइकोनिक खेलाडी!

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय टोलीका फरवार्ड विमल घर्ती मगरलाई एफसी चितवनले आइकोनीक खेलाडीको रूपमा भित्र्याएको छ। विमलले सामाजिक सञ्जालमार्फत चितवनसँग सम्झौता भएको जानकारी दिएका हुन्। चितवन एफसीका मालिक सचिन ढकालले विमललाई आइकोनिक खेलाडीका रुपमा भित्राउने पक्का भएको बताए । उनले विमलसँग अस्ट्रेलियाको भिसा रहेकोले उनलाई आइकोनिक खेलाडीको रुपमा अनुबन्ध गर्न मिल्ने बताए । […]

October 2, 2023

एसियाड कबड्डी – नेपालले कम्तीमा कास्य जित्ने लगभग पक्का

सुबास हुमागाईं, हाङ्गचौनेपाली राष्ट्रिय महिला कबड्डी टोलीले चीनमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा कम्तीमा कास्जिय पदक जित्ने सम्भावना बलियो भएको छ । दक्षिण एसियाली दुई राष्ट्रको भिडन्तमा आइतबार बंगलादेशलाई ३७-२४ ले हराउँदै नेपालले कम्तीमा कास्य पदक जित्ने लगभग पक्का गरेको छ । खेलको मध्यान्तरमा नेपाल २१-१६ ले अगाडि रह्यो। समूहको अर्को खेलमा इरानले […]

October 1, 2023

एनबिएलमा टाइम्सको लगातार दोस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय बास्केबल लिग (एनबिएल) को तेस्रो दिन टाइम्स इन्टरनेसनल कलेज र बुढानिलकण्ठ बास्केबल कलब विजयी भएका छन् । गातार दोस्रो जित निकाल्ने क्रममा आइतबार टाइम्सले हाउन्डस एकेडेमीलाई ९९–७२ अंकले पराजित गरेको छ ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा टाइम्सले सुरुवातबाटै अग्रता लिएको थियो । टाइम्सले पहिलो खेलमा कीर्तिपुर बास्केटबल क्लबलाई […]

Success

Thank you for your time.