December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- केडिया ग्रुपले फागुनमापुरुष भलिबलको फ्रेन्चाइज लिग गर्ने भएको छ। केडिया ग्रुपले मंगलवार पत्रकार सम्मेलन गर्दै लिगमा ६ टोलीको सहभागिता रहने जानकारी दिएको छ। सिंगल राउन्ड रोबिन लिगपछि पहिलो र दोस्रो हुने दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लिग चरणमा १५ र फाइनल गरी कुल १६ खेल हुनेछन् । लिग नौ दिनसम्म चल्नेछ। […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- युएईमा भएको २८औं संस्करणको फाल्डो जुनियर टुर युरोप ग्रान्ड फाइनल अन्तर्गत यु-२१ तर्फको उपाधि विजेता नेपालका नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यलाई नेपाल गल्फ संघले सम्मान गरेको छ। राजधानीमा मंगलवार आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले सदभावलाई सम्मान पत्र र ७५ हजार रुपैयाँ सहित सम्मान गरे। नेपाली […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- दुई जनाले उम्मेदवारी फिर्ता लिएपछि नेपाल ओलम्पिक कमिटी (एनओसी) को ७ उपाध्यक्ष निर्विरोध भएको छ। नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य र नेपाल कबड्डी संघका अध्यक्ष तुलसी थापाले मंगलवार उम्मेदवारी फिर्ता लिएपछि ७ उपाध्यक्ष निर्विरोध भएका हुन्। उपाध्यक्षमा निर्विरोध हुनेमा ज्योति राणा, गोपाल सुन्दर लाल कक्षपति, प्रकाश शम्सेर राणा, दावा गुरूङ, अनिल प्रसाद […]
December 24, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष पद बाहेक बाँकी सबै पदमा निर्विरोध भएको छ। १९ सदस्यीय कार्यसमितिका लागि कुल २३ जनाको मनोनयन दर्ता भएको छ। अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ, वर्तमान महासचिव निलेन्द्र राज श्रेष्ठ र तेज बहादुर गुरूङले मनोनयन दर्ता गराएका छन्। ७ उपाध्यक्षको लागि ९ […]
December 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को शनिवार हुने निर्वाचनको मनोनयन दर्ता अनलाईन मार्फत सुरु भएको छ। एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले अन्तराष्ट्रिय ओलम्पिक काउन्सिल (आइओसी) सँगको समन्वय र प्राप्त निर्देशनका आधारमा अनलाइन मार्फत मनोनयन दर्ता गरेको हाम्रो खेलकुद डटकमलाई बताए। मनोनयन दर्ता आज राती ११:३० बजेसम्म खुल्ला गरिएको छ। भोलि बिहान ९:३० बजे निर्वाचन […]
December 23, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एनएनआइपिए स्पोर्टस अर्वाड को १९ औं संस्करण पुस २० गते आयोजना हुने भएको छ। यस पटकको अर्वाड तारकेश्वर नगरपालिकाको मनमैजु मन्दिरमा हुने आयोजक नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले सोमवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ। मनमैजुमा भएको पत्रकार सम्मेलनमा तारकेश्वर नगरपालिकाका कृष्णहरि महर्जन र एनएनआइपिएका अध्यक्ष दीपक श्रेष्ठबीच अवार्ड आयोजनाका […]
December 23, 2024
ललितपुर (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटो स्थित कार्यालय प्रवेशमा प्रहरीदले रोक लगाएको छ। शनिवार हुने एनओसीको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मनोनयन दर्ता गर्ने समय तय भएको थियो। १० बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने भनिएपनि बिहान ७ बजेदेखि नै प्रहरीले एनओसी भवनमा प्रवेश निषेध गरेको छ। एनओसीमा रहेका प्रहरी […]
December 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जा क्लब मालेको आयोजनामा माल्दिभ्समा अर्को साता पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्याङ्जा क्लबले अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर २७ डिसेम्वरमा एक दिने पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी गराएको छ । प्रतियोगिता माल्दिभ्सको मालेस्थित माफानु भलिबल कोर्टमा हुनेछ । प्रतियोगितामा सहभागिताको लागि ८ सय […]
December 22, 2024
सिड्नी (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा अर्काे साता एकदिने पुरुष तथा महिला भलिबल च्याम्पियनसिप आयोजना हुने भएको छ । म्याग्दी जलजला परिवार अस्ट्रेलियाले आठौं सस्करणको पुरुष तथा महिला भलिबल च्याम्पियनसिप २९ डिसेम्वर २०२४ अर्थात अर्काे साता हुने जानकारी गराएको छ । च्याम्पियनसिप सिड्नीको लिडकमस्थित अबर्न बास्केटबल सेन्टरमा हुनेछ । च्याम्पियनसिपमा पुरुषतर्फ १३ र महिलातर्फ ६ […]
December 21, 2024
काभ्रेपलाञ्चोक (हाम्रो खेलकुद)- उग्रचण्डी मावि र काभ्रे जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा शनिवार भएको उग्रचण्डी कप रापिड बुद्धिचाल प्रतियोगिताको उपाधि श्रीकृष्ण मानन्धरले जितेका छन्। काभ्रेपलाञ्चोक जिल्लाका १८०० रेटिङ्ग मुनिको प्रथम जिल्ला स्तरीय प्रतियोगिताको ६ चरणको खेलमा सबै लाई हराउँदै श्रीकृष्ण मानन्धरले उपाधि जितेका हुन् । बनेपाको नाला स्थित उग्रचण्डीमा भएको प्रतियोगितामा ६ खेलाडीले समान ५ अंक […]