default_image

अन्य

September 30, 2023

एनबिएलमा आर्मी र रोयलको स्पोर्टसको जित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बास्केबल लिग (एनबिएल) को दोस्रो दिन त्रिभुवन आर्मी क्लब र रोयल स्पोर्टस सेन्टर विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा शनिबार भएको पहिलो खेलमा आर्मीले विशाल मिलन केन्द्रलाई १०२–८७ स्कोरले हराएको थियो । दिनको अर्को खेलमा रोयलले गोल्डेनगेट इन्टरनेसनल कलेजलाई ८७–७३ ले पराजित गर्यो । शुक्रबार सुरु […]

September 30, 2023

एसियाडमा दीपकको राष्ट्रिय कीर्तिमान

हाङ्गचौं (हाम्रो खेलकुद)– धावक दीपक अधिकारीले चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) मा १० हजार मिटर दौडमा राष्ट्रिय कीर्तिमान राखेका छन् । शनिबार भएको प्रतिस्पर्धामा दीपकले २९ मिनेट ३५.०६ सेकेन्डमा दौड पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएका हुन् । १६ जनाले प्रतिस्पर्धा गरेको एसियाडमा दीपकले सातौं स्थान प्राप्त गरेका थिए । दीपकले आफ्नै […]

September 30, 2023

एसियाडमा महिला भलिबल टोलीको हार

हाङ्गचौं (हाम्रो खेलकुद)– राष्ट्रिय महिला भलिबल टोली चीनको हाङ्गचौमा जारी १९ औं एसियाली खेलकुद (एसियाड) को आफ्नो पहिलो खेलमा पराजित भएको छ । भियतनामसँग शनिबार भएको खेलमा नेपालले ३–० ले पराजित भएको थियो । पहिलो सेटमा कमजोर प्रदर्शन गरेको नेपाली टोलीले दोस्रो र तेस्रो सेटमा भने प्रदर्शन सुधार गरेको थियो । पहिलो पटक एसियाड खेलको […]

September 30, 2023

पब्जी एसियाडमा नेपाल सेमिफाइनलमै रोकियो

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपालको पब्जी टोली १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत पिस एलिटको सेमिफाइनल चरणमा रोकिएको छ । शनिबार विहान हाङ्गचौं ईस्पोर्टस सेन्टरमा भएको सेमिफाइनलमा नेपाल तेस्रो स्थानमा रहेपछि फाइनल पुग्न असफल रह्यो । नेपालले समूहमा जापानलाई भने पछि पार्न सफल भयो । यस समूहबाट दक्षिण कोरिया र चाइनिज ताइपेइ शीर्ष २ स्थानमा रहँदै […]

September 29, 2023

राष्ट्रिय बास्केटबल लिग आज सुरु हुँदै

काठमाडौं (हाम्रो खेलकुद)– टाइम्स इन्टरनेसनल कलेज र कीर्तिपुर बास्केबल क्लबबीचको उद्घाटन खेलसँगै आज राष्ट्रिय बास्केटबल लिग (एनबिएल) नेपालको पहिलो संस्करण सुरु हुँदैछ । उद्घाटन खेल साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड हुमा हुनेछ । राउन्ड रोविनका आधारमा हुने राष्ट्रिय लिगमा आठ टोलीको सहभागित रहनेछ । टाइम्स, कीर्तिपुरसँगै रोयल स्पोर्टस सेन्टर, […]

September 29, 2023

नेपाल एसियाड पब्जीको सेमिफाइनलमा

सुबास हुमागाईं, हाङ्गचौ १९ अ‍ौं एसियाली खेलकुद अन्तर्गत नेपालको पिस एलिट एसिया गेम्स (पब्जी) को सेमिफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलको समूह सी मा नेपाल शीर्ष दुई स्थानमा रहँदै सेमिफाइनल चरणमा स्थान बनाउन सफल भएको हो । नेपाल रहेको समूहबाट हङकङ समूह विजेता बन्दै अघि बढेको हो ।  नेपालले पहिलो चरणमा दोस्रो स्थान हासिल गरेपछि […]

September 28, 2023

पावरलिफ्टिङमा सविता र विकिन सर्वोत्कृष्ट

काठमाडौं (हाम्रो खेलकुद) – सविता ह्यान्जु र विकिन जोशी राष्ट्रव्यापी पावरलिफ्टिङ प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । सविता र विकिन नेपालको स्टङगेस्ट एथलेटको उपाधीसहित समान ३७ हजार ५ सय रुपैयाँसहित ट्रफी प्राप्त गरे । नेपाली युथ फिटनेश एण्ड केलिसथेनिक्सको आयोजनामा भएको दुई दिने प्रतियोगितामा पुरुष खुल्ला, महिला खुल्ला, जुनियर र मास्टर्स गरि ४ वटा […]

September 26, 2023

रोमाञ्चक खेलमा पाकिस्तानले भारतलाई हरायो

काठमाडौं (हाम्रो खेलकुद) – १९औं एसियाली खेलकुद (एसियाड) अन्तरगत पुरुष भलिबलमा पाकिस्तानले भारतलाई पराजित गरेको छ । पाँचौं स्थानको लागि मंगलबार भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक बनेको खेलमा पाकिस्तानले भारतमाथि ३–० को सोझो सेटमा सेटमा पराजित गरेको हो । सबै तीन सेटमा बलियो चुनौती पेश गरेपनि भारतले खेल आफ्नो पोल्टामा पार्न सकेन । चाइना टेक्सटाइल सिटी […]

September 25, 2023

अस्ट्रेलियामा ढोरपाटन रनिङ कप महिला र पुरुष भलिबल हुने

सिड्नी (हाम्रो खेलकुद) – ढोरपाटन क्लब अस्ट्रेलियाको आयोजनामा चौथो संस्करणको महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ यसै महिना आयोजना हुने भएको छ । एकदिने महिला र पुरुष ढोरपाटन रनिङ कप २०२३ असोज १४ गते आइतबार (अक्टोवर १) अवर्न बास्केटबल सेन्टर लिडकममा हुनेछ । रनिङ कपमा पुरुषतर्फ १० र महिलामा ५ टोलीको सहभागिता रहेको छ […]

September 25, 2023

रेडियन्टलाई  पुष्पसदन कप बास्केटबलमा दोहोरो उपाधि

ललितपुर (हाम्रो खेलकुद)– रेडियन्ट पब्लिक बोर्डिङ स्कुलले आइतबार  तेस्रो पुष्पसदन कप काठमाडौं उपत्यकाव्यापी अन्तर विद्यालय बास्केटबल प्रतियोगितामा दोहोरो उपाधि  जितेको छ । सिनियर र जुनियर ब्वाईजतर्फ दुबैमा रेडियन्टले ब्राईट होराईजन स्कूललाई हराउँदै उपाधि जितेको हो । गल्र्स थ्री बाइ थ्री बास्केटबलको उपाधि भने स्वर्णीम शिक्षा सदन स्कुलले जितेको छ । सिनियर ब्वाईजको फाइनलमा रेडियन्टले ब्राईट […]

Success

Thank you for your time.