default_image

अन्य

November 3, 2023

ऐतिहासिक पदक विजेता पलेशा नगदसहित सम्मानित

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल तेक्वान्दो संघले चीनमा भएको चौथो एसियाली पारा खेलकुद अन्तरगत तेक्वान्दोमा ऐतिहासिक कांस्यपदक जितेकी पलेशा गोवर्धनलाई शुक्रबार नगदसहित सम्मान गरेको छ । नेपाल पारालिम्पिक कमिटीकी अध्यक्ष राधा घले र तेक्वान्दो संघका अध्यक्ष प्रकाश शमशेर राणाले पलेशालाई नगद ३ लाखसहित प्रशंसा पत्र प्रदान गरी सम्मान गरेका हुन् । सोही अवसरमा टोलीका प्रशिक्षक […]

November 2, 2023

धारा नेपालगन्ज म्याराथनको तयारी तीव्र, कनक्लेभ पनि हुने

नेपालगन्ज (हाम्रो खेलकुद)– अर्को महिना आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनको तयारी अन्तिम चरणमा पुगेको बताइएको छ । यो बर्ष मंसिर ९ गते आयोजना हुने म्याराथनको नगद पुरस्कार राशीमा वृद्धि गर्न लागिएको आयोजक क्रियटिभ ह्याण्ड्सले बिहीबार पत्रकार सम्मेलनमार्फत जनाएको दिएको छ । साथै केही सरप्राइज प्याकेज पनि रहने म्याराथनमा नगद पुरस्कारसम्बन्धि विस्तृत जानकारी चाँडै जानकारी […]

November 1, 2023

रुस्लान गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा यसै साता रुस्लान गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । रुस्लानले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आरएनजिसीमा प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिन चल्ने प्रतियोगिता कार्तिक १७ र १८ गते हुनेछ । नेपालकै सबैभन्दा पुरानो कोर्ष आरएनजिसी पनि १ सय ७ औं […]

October 29, 2023

कन्यास्थानलाई कुपा कप फुटबल उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – कन्यास्थान युवा क्लब पुरानोपानी नुवाकोटले तेस्रो कुपा कप खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि चुम्न सफल भएको छ । आइतबार भएको फाइनलमा विद्यार्थी उपकार सघ पात्लेलाई टाइब्रेकरमा ५–४ ले पराजित गर्दै उपाधि जित्न सफल भएको हो । धादिङको निलकन्ठ नगरपालिका – १४ धुवाकोटस्थित कुपा खेल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीबाट निर्धारित […]

October 28, 2023

महर्जन बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्ष

काठमाडौं (हाम्रो खेलकुद) – हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा चयन भएका छन् । महासंघको कार्यसमितिको नवौं बैठक अघि अध्यक्ष विदुर प्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गरेका थिए । गौतमको समेत उपस्थिति रहेको बैठकले राजीनामाको स्वीकृति गर्दै महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकार सहित […]

October 27, 2023

सुष्मिता र राजीव अल नेपाल वडा च्याम्पियन

ललितपुर (हाम्रो खेलकुद) – ओखलढुंगा ७ सुष्मिता खड्का र भक्तपुर ५ का राजीव चिकवन्जार शुक्रबार तेस्रो अल नेपाल अन्तर वडा टेबलटेनिस प्रतियोगिताको खुला सिंगल्समा च्याम्पियन बनेका छन् । पुरुषमा राजीव तथा महिलामा सुस्मिता पहिलो भएका हुन् । खेल प्रेमी सुमन खड्गीको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको महिला सिंगल्सको उपाधि भिडन्तमा सुष्मिताले भुक्तपुर २ की मन्जु सुवाललाई […]

October 26, 2023

धादिङका भलिबल कप्तान मनोज मृत फेला परे

काठमाडौं (हाम्रो खेलकुद)- धादिङ जिल्ला भलिबल टोलीका कप्तान मनोजकुमार श्रेष्ठ बिहीबार मृत फेला परेका छन् । गंगाजमुना गाउँपालिका–४ गुम्दीका २३ बर्षका मनोज सिद्धलेक गाउँपालिका ३, ढोडेनीमा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ। तमु युवा समाज सिद्धलेक २ ले आयोजना गरेको भलिबल प्रतियोगितामा खेलेर उनीसम्मिलित टोली बास बस्ने क्रममा सिद्धलेक ३ गएकाे भन्ने जानकारी पाएको धादिङ […]

October 23, 2023

एसियाली पारा खेलकुद – टेबल टेनिसमा पराजय

काठमाडौं (हाम्रो खेलकुद) – चीनको हाङ्गचौंमा जारी चौथो एसियाली पारा खेलकुदअन्तर्गत टेबल टेनिसमा नेपाली खेलाडी पराजित भएका छन् । २ पुरुष र १ महिला गरी ३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा तीनै खेलाडी पराजित भएका हुन् । तीनै खेलाडी समान ३–० को नतिजामा चीनका खेलाडीसंग पराजित भए । जीएसपी जिम्न्याजियमा भएको पुरुष सिंगल्स क्लास ४ को समूह […]

October 22, 2023

बंगबन्धु तेक्वान्दोमा काभ्रेका विष्णुलाई रजत

काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशमा आयोजित प्रथम बंगबन्धु अन्तराष्ट्रिय खुल्ला तेक्वान्दो प्रतियोगितामा व्यक्तिगत तर्फ बेथानचोकका विष्णु खत्रीले रजत पदक जितेका छन् । अक्टोवर १९ देखि २१ सम्म भएको प्रतियोगितामा बेथानचोक–५ भंगालाका विष्णुले पुम्सेमा रजत पदक जित्न सफल भएका‌ हुन् । त्यस्तै विष्णुसहित लेखबहादुर गुरुङ र गंगाराम आचार्यको टोलीले टिम पुम्सेमा कास्य पदक जितेको छ । […]

October 22, 2023

अष्ट्रेलियामा सर्वाधिक धनराशीको पुरुष भलिबल कप हुने

काठमाडौं (हाम्रो खेलकुद) – अष्ट्रेलियाको सिड्नीमा आगामी पुस दोस्रो साता सर्वाधिक पुरस्कार राशीको अन्तर्राष्ट्रिय पुरुष भलिबल कप आयोजना हुने भएको छ । दि गोर्खा स्पोर्ट्स क्लबले आगामी पुस ८ (डिसेम्वर २४) मा एक दिने पुरुष भलिबल कप आयोजना गर्न लागेको हाम्रो खेलकुदलाई जानकारी गराएका छन् । क्रिसमसको अवसरमा हुन लागेको प्रतियोगिता अष्ट्रेलियाको नेसनल स्पोर्ट्स हल […]

Success

Thank you for your time.