default_image

अन्य

January 6, 2024

गण्डकी र कोशीको जित

सुर्खेत हाम्रो खेलकुद) – गण्डकी प्रदेश र कोशी प्रदेशले सुर्खेतमा जारी ३४औं राष्ट्रिय भलिबल प्रतियोगितामा जित निकालेको छ । गण्डकीले विजयी सुरुवात गर्दा कोशीले दोस्रो खेल खेल्दा पहिलो जित हात पारेको हो । कर्णाली प्रदेशको सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा शनिबार भएको खेलमा गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि ३–१ को सेटमा जित निकाल्न सफल भएको हो । […]

January 5, 2024

चीनसँग खेलमा सहकार्य गर्ने राखेपको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चीनसँग केही खेलबाट सहकार्य गर्न चाहेको बताएका छन् । सदस्य–सचिव घिसिङले झेजियाङ खेलकुद ब्युरो, चीनका निर्देशक एवं १९ औं एसियाली खेलकुद (एसियाड) आयोजक कमिटीका उप–सचिव झेङ याउको नेतृत्वमा आएको टोलीसंग शुक्रबार त्रिपुरेश्वरस्थित आफ्नै कार्यकक्षमा भएको भेटका क्रममा बताएको राखेपले जनाएको छ । उनले भेटमा […]

January 5, 2024

राष्ट्रिय वादोरियो कराते अर्को साता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल वादोरियो कराते डो संघको आयोजनामा अर्को साता चौथो राष्ट्रिय वादोरियो कराते प्रतियोगिता हुने भएको छ । विश्व कराते महासंघको चार मुख्य विधा मध्येको एक रहेको वादोरियो कराते प्रतियोगिताको चौथो संस्करण यहि पुस २७ र २८ गते हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पुरुष र महिलामा एकल र कातासहित […]

January 4, 2024

यु-१९ विश्वकप खेल्ने नेपाली टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले दक्षिण अफ्रिकामा यसै महिना हुने आइसीसी यु-१९ विश्वकपका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ। क्यानले एसिसी एसिया कप खेलेको १४ सदस्यीय टोलीमा एक परिवर्तन र एक खेलाडी थप गर्दै टोली घोषणा गरिएको हो । एसिया कप खेलेको टोलीमा रहेका तीब्र गतिका बलर हेमन्त धामी चोटका […]

January 3, 2024

शीतकालीन ओलम्पिक युथ टोलीलाई केल्मीको साथ

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण कोरियाको गाङवनमा हुने चौथो शीतकालीन ओलम्पिक युथमा सहभागी हुने नेपाली टोलीलाई केल्मीले खेल पोशाकको प्रायोजन गरेको छ । केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङका कार्यकारी निर्देशक उत्तम न्यौपानेले बुधबार आयोजित कार्यक्रमा नेपाल ओलम्पिक कमिटी (एनओसी)तथा नेपाल स्की संघका अध्यक्ष जीवनराम श्रेष्ठलाई खेल पोशाक हस्तान्तरण गरे । शीतकालीन युथ ओलम्पिकमा नेपालको यो तेस्रो […]

January 2, 2024

स्काइ र सुस्मितालाई उपाधि

हिमाल खरेल,बिर्तामोडदेवी मावि मिनि म्याराथन (११ किलोमिटर) को उपाधि स्काइ लिम्बू र सुस्मिता राईले जितेका छन् । धुलाबारी मोडबाट आज मंगलबार भएको मिनि म्याराथनमा मिक्लाजुङ ३ पाँचथरका स्काइले निर्धारित दूरी ३९ मिनेट ०३ सेकेन्डमा पूरा गर्दै पुरुषतर्फ च्याम्पियन बनेका हुन् । त्यस्तै, भद्रपुर २ की सुस्मिताले ५५ मिनेट ५८ सेकेन्डमा निर्धारित दूरी पार गर्दै महिलातर्फ […]

January 1, 2024

बुकी कप भलिबलमा मान बहादुर सर्वाेत्कृष्ट

बागलुङ (हाम्रो खेलकुद) – विभागीय टोली त्रिभुवन आर्मी क्लबका ओपन स्पाइकर मान बहादुर श्रेष्ठ बुकी कप भलिबल २०८० मा सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल पुलिस क्लबविरुद्ध सोमबार भएको फाइनलमा आर्मीलाई च्याम्पियन बनाउन क्रममा मान बहादुरले अलराउन्ड प्रदर्शन गरेका थिए । नेपाली पुरुष राष्ट्रिय भलिबल टोलीका कप्तान समेत मानबहादुर सहितको टोलीले अर्को विभागीय टोली […]

January 1, 2024

पुलिसलाई हराउँदै आर्मी बुकी कप भलिबल च्याम्पियन

बागलुङ (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लब बुकी कप भलिबलमा च्याम्पियन बनेको छ । विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबमाथि रोमाञ्चक जित निकाल्दै आर्मी विजयी भएको हो । पुलिसलाई ३–२ प्रतिस्पर्धात्मक सेटमा पराजित गर्दै आर्मीले उपाधि जितेको हो । बागलुङको गल्कोट नगरपालिका ६ मजुवाफाँटमा सोमबार भएको फाइनलको पहिलो सेटमा आर्मीले २७–२५ को रोमाञ्चक र प्रतिस्पर्धात्मक […]

January 1, 2024

एपिएफकी निरुता सर्वाेत्कृष्ट

हेटौंडा (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर निरुता ठगुन्ना केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएका छन् । एपिएफलाई अपराजित रहेर च्याम्पियन बनाउन निरुताले उच्च प्रदर्शन गरेकी थिइन् । निरुता हङकङमा भएको दुई छुट्टै भलिबल प्रतियोगितामा पनि सर्वाेत्कृष्ट खेलाडी चुनिएकी थिइन् । सर्वाेत्कृष्ट बनेसँगै निरुताले १५ हजार रुपैयाँसँगै मायाको चिनो […]

January 1, 2024

एपिएफ केशवलाल स्मृति भलिबल च्याम्पियन

हेटौंडा (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबले केशवलाल स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि जितेको छ । चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड युथ स्पाेर्टस् क्लबलाई सोमबार भएको फाइनल खेलमा ३–१ सेटले हराउँदै एपिएफले च्याम्पियन बनेको हो । एपिएफले न्यु डायमण्डलाई १९–२५, २५–२०, २५–१७ र २५–२३ को सेटमा हराएको हो । एपिएफ प्रतियोगिताभर अपराजित रह्यो। हेटौंडामा […]

Success

Thank you for your time.