April 22, 2024
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा ७२ होलको ४ दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत […]
April 12, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सद्भाव आचार्य, जयवीर आचार्य र आइस्टिना टण्डनले फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको उपाधि जित्दै फाल्डो सिरिज एसिया फाइनलमा छनोट हुन सफल भएका छन्। सद्भाव समग्रमा १-अन्डर २ सय ३ स्कोर सहित पुरूष १७ देखि २१ वर्ष उमेर समुह र समग्र च्याम्पियनसिपको उपाधि जित्न सफल रहे। आज १-अन्डर ६७ मा खेल सकाउँदै सद्भावले […]
April 11, 2024
काठमाडौं (हाम्रो खेलकुद) – फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको दोस्रो दिन बिहीबार पनि सद्भाव आचार्य आफ्नो उमेर समूहको शीर्षस्थानमा कायम रहेका छन् । सिद्धान्त सापकोटा र आइन्स्टिना टण्डन आ–आफ्नो उमेर समुहमा शीर्षस्थानमा छन् । नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा जारी च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टोलीका सदस्य […]
April 10, 2024
काठमाडौं (हाम्रो खेलकुद)- फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन बुधबार सदभाव आचार्य, ईदान्त सिंह साउद र अवानी राई आ-आफ्नो उमेर समूहको शीर्षस्थानमा रहेन सफल भएका छन्। नेपाल गल्फ संघको आयोजनामा रोयल नेपाल गल्फ क्लबमा सुरु भएको च्याम्पियनसिप अन्तर्गत पुरूष १७ देखि २१ वर्ष उमेर समुहमा राष्ट्रिय टिमका सदस्य सदभाव ५-अन्डर ६३ को उत्कृष्ट स्कोर […]
April 4, 2024
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको आयोजना र राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिप हुने भएको छ । विश्व प्रसिद्ध फाल्डो सिरिजको नेपाल छनोटको रुपमा रहेको प्रतियोगिता चार वर्षपछि सुचारु हुन लागेको हो । सन् २०१२ देखि नियमित आयोजना भएको प्रतियोगिता पछिल्लो समय कोभिडका कारण प्रभावित भएको थियो । ५४ होलमा […]
March 28, 2024
काठमाडौं (हाम्रो खेलकुद) – प्रोफेसनल गल्फर भुवन नगरकोटीलाई सात स्ट्रोकले हराउँदै एमेच्योर सदभाव आचार्यले सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको उपाधि जितेका छन् । सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गत छैटौं प्रतियोगिताको अन्तिम दिन बिहीबार ३–अन्डर ६९ को स्कोर सहित समग्रमा १४–अन्डर २ सय ७४ सहित सदभावले तेस्रो पटक टुरको प्रो र एमेच्योर दुवैतर्फको उपाधि आफ्नो […]
March 27, 2024
काठमाडौं (हाम्रो खेलकुद)- एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११-अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्। आज २अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्।भुवनले आज १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।समग्रमा ३-अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा छन्। आज दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्। विजयले आज १-ओभर ७३ मा खेल सकाए।आज १-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन्। उनले आज ३-अण्डर ६९ को कार्ड तयार पारे।यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २ सय १८ सहित सातौं स्थान बाँडे। टासीले १-अण्डर ७१ र सञ्जयले इभन-पार ७२ मा आजको खेल पुरा गरे। समग्रमा ३-ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन्। दुवैले आज ४-ओभर ७६ मा खेल पुरा गरे।लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १४औं होलमा एक सट बचाए पनि १७औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।भुवनले राम्रो सुरुवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा एक सट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्। १५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पुरा गरे। चौथो होलको बोगीका विरूद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र ११औं होलमा पनि एक-एक सट बचाए।विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा एक-एक सट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पुरा गरे। विजयले दशौं देखि १२औं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औं होलमा ट्रीपल बोगीको समाना गर्न बाध्य हुँदा १७औं होलमा एक सट खेर फाले। ८ लाख ४० हजार रुपैयाँ पुरस्कार रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैयाँ पाउनेछन्। दोस्रोले ९६ र तेस्रो हुनेले ७२ हजार रुपैयाँ हात पार्नेछन। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्।
March 26, 2024
काठमाडौं (हाम्रो खेलकद) – एमेच्योर सदभाव आचार्य र प्रो भुवन नगरकोटी सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको दोस्रो दिन संयुक्त रुपमा शीर्षस्थानमा रहन सफल भएका छन् । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगितामा समग्रमा ९-अन्डर १ सय ३५ को स्कोरमा यी दुईले ५ स्ट्रोकको अग्रता कायम गरेका हुन् । नेपाल नम्बर एक एमेच्योर गल्फर […]
March 25, 2024
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन सोमबार प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाएका हुन्। भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडी रमेश अधिकारी, रवि […]
March 16, 2024
पोखरा (हाम्रो खेलकुद)- अर्जुनकुमार कार्कीले शनिबार सम्पन्न ‘एनसेल बाह्रखरी गल्फ’ सातौं संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका अर्जुनले सुनको बल पुरस्कार जिते । पोखराको हिमालयन गल्फ कोर्स सम्पन्न प्रतियोगिताको समापन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए । १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका अर्जुनले ३९ […]