May 9, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गत दोश्रो चरणको खेल समाप्त हुँदा सुर्य प्रसाद शर्मा समग्रमा ७ अन्डर १ सय ३७को स्कोर सहित शीर्षस्थानमा कायम रहेका छन्। राजधानीको पार-७२ गोकर्ण गल्फ क्लबमा मंगलबार भएको खेलमा सुर्यले १ अन्डर ७१को स्कोर बनाए। टुरको पहिलो दिन सोमबार उनले ६ अन्डर ६६को स्कोर बनाएका थिए। […]
April 26, 2017
काठमाडौँ (हाम्रोखेलकुद)- सूर्य नेपाल एनपीजीए म्याच प्लेको फाइनलमा संजय लामालाई पराजित गर्दै रबि खड्काले उपाधि जितेका छन्।सन् २०१५ मा सूर्य नेपाल च्यालेन्जको उपाधि जितेयता यो रविको पहिलो उपाधि हो। अन्तिम दिनको खेलमा उपाधिको भिडन्त निकै रोमान्चक भएको थियो। २७ होलसम्म ५ अंकको आग्रतामा रहेका रविलाई लगातार ४ होलमा पछि परेपछि खेल थप रोमान्चित भएको थियो। करियरको […]
April 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) को स्थापनाको १ सय वर्ष पुरा भएको छ । आरएनजिसीले शुक्रबार गल्फ क्लबमै एक कार्यक्रम गर्दै क्लबको एक सयौ वर्ष मनाएको छ । सो अवसरमा नेपाल गल्फ फाउन्डेसनले आरएनजीसी गल्फ क्लबका उत्पादन प्रतिमा शेर्पालाई गल्फको सेट तथा टाइगर वुडले पठाएको प्रशंशा पत्र प्रदान गरिएको थियो । […]
March 31, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत पाँचौ इभेन्टको उपाधि रामे थापाले जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा खेलिएको अन्तिम दिनको खेलमा इभन पर ६८ स्कोर बनाउदै समग्रमा ५ अन्डर २६७ अंक जोड्दै थापाले उपाधि जितेका हुन्। अन्तिम चरणको खेल सुरुहुनुअघि ६ स्ट्रोकको अग्रता बनाएका थापा एक समय ९ स्ट्रोकले अगाडी थिए […]
March 30, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लबमा जारी सुर्य नेपाल काठमाडौँ ओपन अन्तिम चरणमा प्रवेश गर्दा रामे मगर ६ स्ट्रोकले शीर्षस्थानमा रहेका छन्। बिहिबारको खेलमा १ अन्डर ६७को स्कोर बनाएका मगरले ५४ होलमा ५ अन्डर १९९को स्कोर बनाएका छन्। सुर्य नेपाल गल्फ टुरको पाँचौ इभेन्टका रुपमा रहेको काठमाडौँ ओपनमा २९ व्यावसायिक र ११ एमेच्योर […]
March 23, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिता अन्तर्गत अन्तिम दिनको खेल टासी छिरिङले शुक्र बहादुर राईलाई प्लेअफमा हराउँदै उपाधि जितेका छन्। पार ७२ गोकर्ण गल्फ क्लबमा बिहिबार भएको अन्तिम दिनको खेलमा टाशी र शुक्र समग्रमा ३ ओभर २१९मा बराबर भएपछि प्लेअफ खेल्नु परेको थियो। नियमित खेलको अन्तिम होलमा शुक्रले ८ फिट दुरीबाट बर्डी […]
March 22, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत मंगलबार पार-७२ गोकर्ण गल्फ क्लबमा भएको दोश्रो दिनको खेलमा नेपाल ‘बि’ टोलीले टिम इभेन्टको उपाधि जितेको छ। पहिलो दिनमा १४६ स्कोर जोडेको नेपाल ‘बि’ले दोश्रो दिनमा १४५को स्कोर बनाएपछि जित सम्भव भएको थियो। शिव कुमार माझीले पहिलो दिन ७२ र दोश्रो दिन ७३ अंक जोडे […]
March 21, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल ओपन एमेच्योर गल्फ च्याम्पियनसिप अन्तर्गत मंगलबार पार-७२ गोकर्ण गल्फ क्लबमा भएको पहिलो दिनको खेलमा हृदेश कुमार सिंहले अग्रता लिएका छन्। १ अन्डर ७१को स्कोर बनाएका हृदेशले दोश्रो स्थानमा रहेका शिव कुमार माझी र टाशी दोङभन्दा १ स्ट्रोक कम खेलेका छन्। टाशी छिरिङ १ ओभर ७३ जोड्दै चौथो स्थानमा छन् भने […]
March 18, 2017
काठमाडौँ (हाम्रो खेलकुद) – गोकर्ण फरेष्ट रिसोर्टमा आयोजित एक दिने हुन्डाई ओपन गल्फ प्रतियोगिता २०१७को उपाधि विकास शाहले जितेका छन्। प्रतियोगितामा सहभागी खेलाडीले स्टेबलफर्ड ३/४ ह्यान्डिक्याप ढाँचामा १८ होल खेलेका थिए। कुल ३९ अंक जोडेका विकासले उपाधि जित्दा १ अंकले पछि परेका आङ नोर्बु शेर्पा दोश्रो स्थानमा रहे। ८ ह्यान्डीक्यापमा खेलेका शाहले फ्रन्ट नाइनमा १९ […]
March 14, 2017
काठमाडौं (हाम्रो खेलकुद) – हुन्डाई गाडीको नेपालमा अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीको आयोजनामा हुन्डाई ओपन गल्फ प्रतियोगिता शनिबार आयोजना हुने भएको छ । एक दिने प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुने भएको हो । सातौं सस्करणको हुन्डाई ओपन १८ होलमा स्टेबल फोल्ड फम्र्याट र ३ र ४ ह्याण्डीक्यापको आधारमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगितामा झन्डै […]