default_image

गल्फ

June 11, 2017

जुनियर गल्फलाई आइएसएमईको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले आयोजना गर्ने सिएमएस जुनियर गल्फ विकास कार्यक्रमलाई इन्टरनेशनल सोसाइटी अफ मेडिकल एजुकेशन (आइएसएमइ)ले प्रायोजन गरेको छ। आइएसएमइले नेपाली गल्फ विकासको लागि एक वर्षसम्मको लागि सम्झौता गरेको हो। सम्झौता पत्रमा आइएसएमइका प्रमुख नगेन्द्र पम्पाटी र नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्। आइएसएमइका प्रमुख पम्पाटीले […]

June 9, 2017

संजयको टोलीलाई प्रो-एम उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल प्रिमिएर गल्फ च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको प्रो-एम प्रतियोगितामा संजय लामाको टोलीले उपाधि जितेको छ। विजयी टोलीमा व्यावसायिक खेलाडी संजयसँगै (४३) एमेच्योर खेलाडीहरु चार्ली गुरुङ(४१), भरत बस्ताकोटी(३८) र टासी दोङ(३८) रहेका थिए। विजयी टोलीले कुल १ सय ६० अंक जोडेको थियो भने दोश्रो स्थानमा रहेको टोलीले १ सय ४९ अंक […]

June 8, 2017

शिवरामलाई खेल जीवनको ३६ औं गल्फ उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपालका नम्बर एक गल्फ खेलाडी शिवराम श्रेष्ठले सिजनको छैटौं उपाधि जितेसँगै सूर्य नेपाल टुर २०१६/१७ बिहीबार सम्पन्न भएको छ । सूर्य नेपाल टुरको अन्तिम प्रतियोगिताका रुपमा रहेको प्रिमियर गल्फ च्याम्पियनसिप शिवरामले जितेका छन् । सिजनको छैटौं उपाधि जितेका शिवरामको खेल जीवनको भने यो ३६ औं उपाधि हो । उपाधि जित्नाका वावजुद उनले […]

June 7, 2017

प्रिमियर गल्फमा शिवरामको अग्रता कायमै

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यावसायिक गल्फर शिवराम श्रेष्ठले सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप अन्तर्गत तेश्रो चरणको अन्त्यसम्म पनि आफ्नो अग्रता कायमै राखेका छन्। सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको अन्तिम इभेन्ट पार-७२को गोकर्ण गल्फ क्लबमा भईरहेको छ। बुधबार भएको खेलमा शिवरामले ५ अन्डर ६७ अंक जोड्दै समग्रमा १८ अन्डर १ सय ९८ […]

June 4, 2017

सुर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप हुने

काठमाडौँ (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गतको अन्तिम इभेन्ट, सुर्य नेपाल गल्फ च्याम्पियनसिप सोमबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदैछ। ७२ होलमा खेलिने इभेन्ट सोमबार देखि बिहिबारसम्म चल्नेछ। दुई चरणको खेलपछि शीर्ष २४ व्यावसायिक र शीर्ष ६ एमेच्योर गल्फरहरु मात्र अर्को चरणमा प्रवेश गर्नेछन्। शुक्रबार आयोजना हुने प्रो-एम इभेन्टमा भने २५ व्यावसायिक र […]

May 30, 2017

गल्फर टाइगर उड्स हिरासतमा

फ्लोरिडा(एजेन्सी) – गल्फर टाइगर उड्सलाई डीयुआई (ड्राइभिंग अन्डर इन्फ्ल्युवेन्स) अभियोगमा सोमबार विहान प्रहरीले फ्लोरिडामा पक्राउ गरेको छ । डीयुआई नशालु पदार्थको प्रभावमा साधन चलाउदा लगाइने अभियोग हो । उनलाई सोमबार ३ बजे बिहान हिरासतमा लिइएको थियो । पाम बिच काउन्टी जेलको रेकर्ड अनुसार उनलाई ७ बजे थानामा दर्ता गरिएको थियो भने ३ घण्टापछि छाडिएको थियो । […]

May 20, 2017

नेस्क्याफे गल्फको उपाधि ध्रुवलाई

काठमाडौं (हाम्रो खेलकुद) – चोखानी इन्टरप्राइजेको मुख्य प्रायोजन र टुह्म्प कम्यूनिकेशन र गोकर्ण गल्फ क्लबको आयोजनामा भएको नेसक्याफे गोल्ड ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करणको उपाधि ध्रुव थापाले जितेका छन्। ८ ह्यान्डीक्याप बोकेर खेलेका ध्रुवले कुल ४० स्टेबलफर्ड अंक जोड्दै उपाधि जितेका हुन्। दुई खेलाडी ३९ अंकमा रहेको अवस्थामा सोनाम घलेले काउन्ट ब्याकमा प्रकाश गुरुङलाई पछि […]

May 18, 2017

दोश्रो नेसक्याफे गोल्ड ओपन गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद) – चोखानी इन्टरप्राइजेको मुख्य प्रायोजन र टुह्म्प कम्यूनिकेशन र गोकर्ण गल्फ क्लबको आयोजनामा नेसक्याफे गोल्ड ओपन गल्फ प्रतियोगिताको दोस्रो संस्करणको हुने भएको छ। नेपाल र भारतको गरेर १ सय बढी गल्फरहरुको सहभागिता रहने यस प्रतियोगितामा एमेच्योर गल्फरहरुको मात्र सहभागिता रहने आयोजकले बुधबार पत्रकार सम्मेलनबाट जानकारी गराएको हो । १८ होल स्टेबल फर्म्याट […]

May 11, 2017

शिवरामलाई गल्फको उपाधि

काठमाडौँ (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सुर्य नेपाल गल्फ टुर २०१६/१७ अन्तर्गत भएको सातौं इभेन्ट, सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा खेलिएको अन्तिम दिनमा शिवरामले अघिल्ला दिनझै १ अन्डर ७१को स्कोर बनाउँदै उपाधि हात पारेका हुन्। ४ दिने प्रतियोगिताको चारै दिन उनले सोहि स्कोर बनाउँदै समग्रमा ४ […]

May 10, 2017

शिवराम शीर्षस्थानमा उक्लिए

काठमाडौँ (हाम्रो खेलकुद) – राजधानीमा जारी सुर्य नेपाल एनपीजीए टुर च्याम्पीयनसिप अन्तर्गतको तेश्रो दिनको खेल समाप्त हुँदा व्यवसायिक गल्फर शिवराम श्रेष्ठ शीर्षस्थानमा उक्लिएका छन्। गोकर्ण गल्फ क्लबमा भइरहेको प्रतियोगिताको लगातार तेश्रो दिन १ अन्डर ७१को स्कोर बनाएका शिवराम समग्रमा ३ अन्डर २१३ स्कोर लिएर शीर्षस्थानमा उक्लिएका हुन्। अघिल्लो दिन शीर्षस्थानमा रहेका सुर्य प्रसाद शर्माले निकै […]

Success

Thank you for your time.