default_image

गल्फ

December 26, 2018

इस्टर्न ओपन : पहिलो दिन रवी र शिवराम अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर अन्तर्गत धरानस्थित निर्भाना कन्ट्री क्लबमा बुधबारदेखि सुर्य नेपाल इस्टर्न ओपन २०१८ सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल नम्बर १ शिवराम श्रेष्ठ र रवी खड्का शीर्ष स्थानमा रहेका छन् । रवी र शिवराम दुवैले पार-७० को निर्भाना कन्ट्री क्लबमा पहिलो दिन ४ अन्डर ६६ स्कोर जोडे । […]

December 2, 2018

बाह्रखरी कर्पोरेट गल्फ मंसिर अन्तिममा

काठमाडौं (हाम्रो खेलकुद) – बाह्रखरी मिडिया प्रालीको आयोजनामा मंसिर २९ गते गोकर्ण गल्फ रिसोर्टमा बाह्रखरी कर्पोरेट गल्फ प्रतियोगिताको आयोजना हुने भएको छ । एकदिने प्रतियोगितामा करिब १ सय कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्ने गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए । ३/४ स्टेबल फोर्ड फर्म्याटमा खेलिने प्रतियोगिताको नेट विजेताले सुनको ‘गल्फ बल’ पाउनेछन् । प्रतियोगितामा होल […]

November 30, 2018

शिवरामलाई करिअरको ४३ औं उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जित्दै करिअरको ४३ औं उपाधि हात पारेका छन् । उनले यसअघि भएको सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि पनि जितेका थिए । सूर्य नेपाल गल्फ टुरअन्तर्गत दोस्रो प्रतियोगितामा शिवरामले पहिलो दिन देखि अग्रता कायम गर्दै चिर परिचित प्रतिद्वन्द्वी भुवन नगरकोटीलाई ६ […]

November 30, 2018

शिवराम ४३ औं उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको उपाधिनजिक पुगेका छन् । तेस्रो दिन बिहीबारसम्म शिवराम ६ स्ट्रोकले अगाडी रहेसँगै उनको उपाधि सम्भावना बलियो रहेको हो । यसअघि सेन्ट्रल ओपन उपाधि जित्दै शिवरामले ४२ उपाधि बनाएका थिए । रोयल नेपाल गल्फ क्लबमा बिहीबार शिवरामले १ अन्डर ६७ स्कोरजोड्दै समग्रमा आफ्नो […]

November 28, 2018

शिवराम दोस्रो दिन पनि अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठ सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन पनि अग्रता कायम राख्न सफल भएका छन् । शिवरामले दोस्रो दिन ४ अन्डर ६४ स्कोर जोड्दै समग्रमा ४ स्ट्रोकको अग्रता कायम गरेका छन् । अघिल्लो दिन ६ अन्डर खेलेका शिवरामले समग्रमा १० अन्डर १ सय २६ जोडेका छन् । दोस्रो […]

November 27, 2018

काठमाडौं ओपन : पहिलो दिन शिवराम अग्रतामा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन २ स्ट्रोकको अग्रता कायम गरेका छन् । रोयल नेपाल गल्फ कोर्समा मंगलबार शिवरामले ६ अन्डर ६२ स्कोर जोडे । फ्रन्ट नाइनमा २ अन्डर ३२ जोडेका शिवरामले ब्याक नाइनमा ४ अन्डर ३० लेखाउँदै शीर्षस्थानमा स्थान पक्का गरे । दोस्रो स्थानमा […]

November 20, 2018

इसुजु ओपन गल्फ शनिबार; ‘होल इन वन’ मा दुई गाडी पुरस्कार

काठमाडौं — कन्टिनेन्टल ट्रेडिङको आयोजनामा आउँदो शनिबार गोकर्ण गल्फ रिसोर्टमा इसुजु ओपन गल्फ प्रतियोगिताको आयोजना हुने भएको छ । मंसिर ८ मा हुने एकदिने प्रतियोगितामा करिब १ सय खेलाडीले प्रतिस्पर्धा गर्ने गल्फ क्लबका निर्देशक दीपक आचार्यले बताए । ३/४ स्टेबल फोर्ड फर्म्याटमा खेलिने प्रतियोगितामा नेट विजेता र उपविजेतासँगै ग्रस विजेताले ट्रफी पाउनेछन् । दुवै विजेताले […]

October 11, 2018

शिवरामलाई सेन्ट्रल ओपन, करिअरको ४२ औं उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ व्यवसायिक गल्फर  शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । प्रतियोगिताको अन्तिम दिन बिहिबार उनले दोस्रो स्थानका भुवन नगरकोटीलाई १२ स्ट्रोकको फराकिलो अन्तरले पराजित गर्दै करिअरको ४२ औं उपाधि हात पारेका हुन् । बिहीबार गोकर्ण गल्फ कोर्समा […]

October 10, 2018

शिवराम सेन्ट्रल ओपन उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर शिवराम श्रेष्ठ सूर्य नेपाल गल्फ टुर २०१८/१९ अन्तर्गत पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधिनजिक पुगेका छन् । प्रतियोगिताको तेस्रो दिन लय कायम राख्दै कुल १० स्ट्रोकको अग्रता बनाएपछि उनी सिजनको सुखद सुरुवात नजिक पुगे । गोकर्ण गल्फ क्लबमा तेस्रो दिन बुधबार शिवरामले ३ अन्डर ६९ को […]

October 9, 2018

शिवरामको अग्रता बढ्दै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन पनि लय कायम राख्दै अग्रता बढाएका छन् । गोकर्ण गल्फ कोर्समा दोस्रो दिन ५ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर स्कोरका साथ ७ स्ट्रोकको अग्रता बनाएका छन् । दोस्रो दिन ५ अन्डर ६७ स्कोर […]

Success

Thank you for your time.