May 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको सहयोग र कास्की जिल्ला गल्फ संघको संयोजनमा पोखराको हिमालयन गल्फ कोर्षमा कार्यरत क्याडी र कोषका कर्मचारीलाई बुधबार सहयोग गरिएको छ । कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आर्थिक अवस्था कमजोर भएकाहरुका लागि दैनिक जीवन यापनमा नै कठिन हुन थालेको छ । कठिन […]
May 4, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले आर्थिक अवस्था कमजोर रहेका ५१ क्याडी परिवारलाई सोमबार राहत साम्रगी वितरण गरेका छन् । संघका अध्यक्ष टासी घलेले कोरोना भाइरस (कोभिड–१९) का नेपाल लकडाउन भएपछि दैनिक गुजारा गरेर खाने रोयल नेपाल गल्फ क्लब र गोकर्ण गल्फ क्लबमा काम गर्ने काठमाडौंका ५१ क्याडी परिवारलाई सहयोग गरेका हुन् । सबै […]
April 3, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला गल्फर प्रतिमा शेर्पा विश्वकै प्रतिष्ठित फोर्ब्स पत्रिकाले निकालेको एसियाका प्रभावशाली व्यक्तिको सूचीमा परेकी छिन् । फोर्ब्सले बिहिबार सार्वजनिक गरेको एसियाका ३० वर्षमुनिका ३० प्रभावशाली व्यक्तिको सुचीमा ‘इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा अटाएकी हुन् । प्रतिमा हाल अध्ययनको शिलशिलामा अमेरिकामा रहेकी छिन् । उनले नेपालकै पहिलो व्यावसायिक गल्फर बन्ने लक्ष्य राखेकी […]
March 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघले १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा गल्फतर्फ पदक जित्ने खेलाडीहरुलाई शुक्रबार एक कार्यक्रमबीच सम्मान गरेको छ । सागमा गल्फतर्फ सुवास तामाङले एकलतर्फ स्वर्ण तथा शुक्रबहादुर राईले कास्य पदक जितेका थिए । त्यस्तै पुरुष टिम इभेन्टमा नेपालले स्वर्ण जित्दा महिलातर्फ कास्य हासिल गरेको थियो । पुरुषटिममा सुवास र […]
March 3, 2020
काठमाडौं (हाम्रो खेलकुद)- हुण्डाई ओपन गल्फ प्रतियोगिता आउदो आयोजना हुने भएको छ । आयोजकले मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता गोकर्ण गल्फ क्लबमा शुक्रबार र शनिबार दुई दिन हुने जानकारी गराएको हो । प्रतियोगितालाई नेपालको लागि हुण्डार्ई गाडीको बिक्रेता लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले प्रायोजन गरेको छ । ओपन गल्फ १८ होलमा स्टेबल फोल्ड फम्र्याटमा र ३/४ […]
February 22, 2020
काठमाडौं (हाम्रो खेलकुद) – काल्सबर्ग गल्फ सिरिज अन्तर्गत पहिलो प्रतियोगिता टासी दोङले जितेका छन् । गोकर्ण गल्फ क्लबमा शनिबार स्टेबल फोर्ड थ्री बाइ फोर ह्यान्डीक्याप फर्माय्टमा भएको प्रतिस्पर्धामा ४४ अंकको सानदार नतिजामा टासीले उपाधि जिते । उपाधि जित्ने क्रममा दुई ह्यान्डीक्यापका टासीले एक बोगी र सात बर्डीका साथ सफलता प्राप्त गरेका थिए । दावा जे […]
February 13, 2020
पोखरा (हाम्रो खेलकुद) – आर्मीका व्यावसायिक गल्फर धनबहादुर थापाले सूर्य नेपाल गल्फ टुर अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन २ स्ट्रोकको अग्रता लिएका छन् । दोस्रो दिनको खेलमा २ अन्डर ६७ स्कोर जोड्दै धनबहादुरले अघिल्लो दिन अग्रतामा रहेका शिवराम श्रेष्ठलाई ३ स्ट्रोकले पछि पारेका हुन् । धनबहादुरले समग्रमा २ अन्डर १ सय […]
February 12, 2020
काठमाडौं (हाम्रो खेलकुद) – पूर्व नम्बर १ शिवराम श्रेष्ठले सूर्य नेपाल गल्फ टुर २०१९-२० अन्तर्गत तेस्रो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन अग्रता लिएका छन् । पोखरास्थित हिमालयन गल्फ कोर्षमा शिवरामले १ अन्डर ६८ स्कोर जोड्दै पहिलो दिन अग्रता लिएका हुन् । उनलाई १ स्ट्रोक पछाडी रहेका धनबहादुर थापाले पछ्याएका छन् । शिवरामले फ्रन्ट […]
January 23, 2020
सुबास हुमागाईं, धरान भनिन्छ १२ वर्षपछि बगेको खोला फर्कन्छ । ४७ वर्षीय बलभद्र राई (मणि) को खेल जीवनमा पनि करीअरको दोस्रो उपाधि जित्न १२ वर्ष नै प्रतीक्षा गर्नुपर्यो । सन् २००८-०९ को टुरमा वेस्टर्न ओपनको उपाधि जितेपछि बिहीबार धरानस्थित निर्भाना कन्ट्री क्लबको घरेलु कोर्षमा इस्टर्न ओपन जित्दै मणिले लामो प्रतिक्षा तोडे । झन्डै ३ दशक […]
January 23, 2020
धरान (हाम्रो खेलकुद) – स्थानीय प्रो बलभद्र राईले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि जितेका छन् । शिवराम श्रेष्ठलाई ४ स्ट्रोकले पछाडी पार्दै बलभद्रले सूर्य नेपाल गल्फ टुर २०१९-२० सिजनको दोस्रो प्रतियोगिताको उपाधि जितेका हुन् । बलभद्रले उपाधिसहित १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे । यो उनको करीअरको दोस्रो उपाधि हो । यसअघि उनले २००८-०९ […]