default_image

गल्फ

October 30, 2021

गल्फका सुवास र युवराज दुबई जाँदै

काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुवास तामाङ र युवराज भुजेलले दुवईमा आयोजना हुने एसिया प्यासिफिक च्याम्पियनसिपमा भाग लिने भएका छन् । एसिया प्यासिफिक गल्फ महासंको निमन्त्रणमा सुवास र युवराज त्यसतर्फ जान लागेको हुन् । कात्तिक १७ गते देखि २० गते सम्म आयोजना हुने च्याम्पियनसिपमा भाग लिन […]

September 28, 2021

आर्मी बन्यो टुरिजम कप गल्फको क्लब च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी अफिसर्स गल्फ क्लब नेपाल टुरिजम गल्फ प्रतियोगिताको क्लब च्याम्पियन बनेको छ । १३ औं दक्षिण एसियाली खेलकुदका दोहोरो स्वर्ण विजेता सुवास तामाङ र मेजर निश्चय जंग रायमाझीको जोडीले काउन्ट ब्याकका आधारमा उपाधि जितेका हुन् । पहिलो दिनको खेलमा २ स्ट्रोकले पछि परेपनि दोस्रो तथा अन्तिम दिन मंगलबार पुनरागमन गर्दै […]

September 24, 2021

नेपाल टुरिजम कप गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघ (एनजिए) को आयोजनामा नेपाल टुरिजम कप गल्फ प्रतियोगिता यसै सेप्टेम्बर २७ देखि २९ सम्म गोकर्ण गल्फ कोर्ष काठमाडौंमा हुने भएको छ । गल्फ संघले पर्यटन दिवसको अवसरमा सेप्टेम्बर २७ गते प्रतियोगिता सुरु गर्नेछ । प्रतियोगिता दुई भागमा विभाजन गरिएको छ । सुरुवाती दुई दिन नेपालमा रहेका ५ गल्फ […]

August 6, 2021

गल्फ संघलाई केल्मीको प्रायोजन

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल सामाग्री उत्पादक कम्पनी केल्मीले नेपाल गल्फ संघलाई प्रायोजन गरेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिताका क्रममा खेलाडीले केल्मीको उत्पादन सामाग्री प्रायोग गर्ने सम्झौता भएको बताइएको छ । नेपालका लागि केल्मीको आधिरिक विक्रेता कामरु ट्रेडिङ प्रा.लिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र गल्फ संघका अध्यक्ष टासी घलेले शुक्रबार सम्झौतामा हस्ताक्षर गरेका थिए […]

April 2, 2021

विद्यालयस्तरमा गल्फ हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालमा पहिलो पटक विद्यालय स्तरमा गल्फ प्रतियोगिताको सुरुवात हुने भएको छ । राजर्षि गुरुकूल स्कुलले स्कुल स्तरमा नै गल्फ प्रतियोगिता सुरु गरेको छ । विद्यार्थीहरुमा रहेको प्रतिभालाई उजागर गर्न विभिन्न किसिमका अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आएकोमा गल्फलाई पनि प्राथमिकतामा राखिएको हो । यसैको निरन्तरता र विकासको सिलसिलामा ‘स्वस्थ जीवनको लागि खेलकुद […]

March 26, 2021

शुक्रलाई धरान ओपन गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – स्थानीय प्रो शुक्र बहादुर राईले धरान ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । अन्तिम दिन १ अन्डर ६९ स्कोरसहित समग्रमा ४ अन्डर २ सय ६ स्कोर जोडेका शुक्रले उपाधिसहित ९० हजार रुपैयाँ प्राप्त गरे । सूर्य नेपाल गल्फ टुर २०२१ सिजनको दोस्रो इभेन्टमा शुक्रले अन्तिम दिन उत्कृष्ट प्रदर्शन गर्दै अघिल्लो दिन […]

March 18, 2021

भुवनलाई सेन्ट्रल ओपन उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो इभेन्ट सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि जितेका छन् । उनले उपाधिसहित १ लाख ३० हजार रुपैयाँ हात पारे । गोकर्ण गल्फ कोर्षमा बिहीबार भुवनले समग्रमा ७ अन्डर २ सय ८१ स्कोर जोड्दै एमेच्योर सुबास तामाङलाई १ स्ट्रोकले […]

March 17, 2021

सेन्ट्रल ओपन : भुवनलाई पछ्याउँदै शुक्र

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो इभेन्ट सेन्ट्रल ओपनमा भुवन नगरकोटी र शुक्रबहादुर राई उपाधि दाबेदारको रुपमा अघि आएका छन् । प्रतियोगिताको तेस्रो दिन बुधबार शीर्षस्थानमा रहेका भुवनले कमजोर प्रदर्शन गरेपछि दोस्रो स्थानको शुक्रबहादुर राई पनि उपाधि होडमा आएका हुन् । स्थानीय प्रो भुवनले २ ओभर ७४ स्कोर जोड्दा […]

March 16, 2021

भुवन अग्रता बढाउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर १ गल्फर भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सेन्ट्रल ओपनको दोस्रो दिन आफ्नो अग्रता बढाएका छन् । गोकर्ण गल्फ कोर्षमा मंगलबार भुवनले ३ अन्डर ६९ स्कोर जोड्दै समग्रमा आफ्नो अग्रतालाई ५ स्ट्रोकमा लम्ब्याए । अघिल्लो दिन ८ अन्डर ६४ स्कोर जोडेका भुवनले समग्रमा ११ अन्डर १ सय […]

March 15, 2021

भुवनलाई अग्रता, सुबासको होल इन वन

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन सोमबारदेखि गोकर्ण गल्फ कोर्षमा सुरु भएको छ । पहिलो दिनको खेलमा नेपाल नम्बर १ भुवन नगरकोटीले ४ स्ट्रोकको अग्रता लिएका छन् । स्थानीय कोर्षमा भुवनले ८ अन्डर ६४ को सानदार स्कोर जोडेपछि अग्रता बनाएका हुन् । उनले रामे […]

Success

Thank you for your time.