default_image

गल्फ

May 9, 2022

पहिलो दिन सुवासको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – एमेच्योर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन अग्रता लिन सफल भएका छन् । गोकर्ण गल्फ क्लबमा सोमबार भएको खेलमा सुवासले शुक्रबहादुर राईमाथि एक–स्ट्रोकको अग्रता लिएका छन् । १३औं सागका दोहोरो स्वर्णपदक विजेता सुवासले शीर्ष स्थानमा रहन बोगी–फ्रि ८ अन्डर ६४ […]

May 8, 2022

सुर्य नेपाल एनपिजिए गल्फ भोलिदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर अन्तर्गतको प्रतियोगिता सुर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आज (सोमबार) देखि सुरु हुदैछ । नेपाल गल्फ एसोसियनले आइतबार पत्रकार सम्मेलन गर्दै एनपीजीए गल्फ टुरको तयारी पुरा भएको र प्रतियोगिता सोमबारदेखि शुरु हुने जानकारी गराए । प्रतियोगिता गोकर्ण गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा ३२ प्रोफेसनल र १४ एमेच्योर गल्फरको […]

May 7, 2022

च्यारिटी गल्फबाट सुभाषलाई १५ लाख सहयोग उठ्यो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाललाई १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो स्वर्ण पदक दिलाएका एमेच्योर गल्फर सुभाष तामाङको घर निर्माणका लागि आयोजित च्यारिटी गल्फ प्रतियोगिताबाट १५ लाख रुपैयाँ सहयोग उठेको छ । काठमाडौंस्थित गोकर्ण गल्फ कोर्षमा शनिबार आयोजित प्रतियोगितामा सुभाषको घर निर्माणार्थ सहयोग रकम संकलन गरिएको थियो । नेपाल गल्फ संघको पहलमा आयोजित प्रतियोगिता ३/४ […]

April 22, 2022

भुवनलाई सूर्य नेपाल च्यालेन्ज उपाधि

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल नम्बर एक प्रो भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर २०२१/२२ अन्तर्गतको छैटौं इभेन्ट्स सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ क्लबको पार–६८ मा शुक्रबार भएको अन्तिम दिन दुई अन्डर ६६ तथा समग्रमा १३ अन्डर २ सय ५९ स्कोरका साथ उपाधि जित्न सफल भएका हुन् । उनले दोस्रो भएका […]

April 18, 2022

सूर्य नेपाल च्यालेन्ज भोलीदेखि

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तरगतको सूर्य नेपाल च्यालेन्ज गल्फ प्रतियोगिता मंगलबारदेखि शुरु हुने भएको छ । नेपाल प्रोफेसनल गल्फ एसोसिएनको आयोजनामा हुने प्रतियोगिता १९ देखि २२ अप्रिलसम्म रोयल नेपाल गल्फ क्लबमा हुनेछ । प्रतियोगितामा बेलायनमा बस्दै आएका ७ नेपाली खेलाडीसहित ५६ जना गल्फरको सहभागिता रहने आयोजकले जनाएको छ । जसमा […]

April 9, 2022

महेन्द्रलाई इन्डियन एम्बेसडर गल्फको उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – महेन्द्र मैनालीले गोकर्ण गल्फ क्लबमा शनिबार भएको भारतीय राजदूत आमन्त्रण गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । १२ ह्यान्डीक्यापमा खेलेका महेन्द्रले प्रतिष्ठित ट्रफी सहित क्यालावेको एपिक फ्लास ड्राइभर जित्नको लागि ४१ स्टेबलफर्ड अंक अंक बनाए । १५ वर्षिय सद्भाव आचार्यले ३८ ग्रस अंक जोडेर उत्कृष्ट ग्रसको अवार्ड जिते । उनको कार्डमा सातौं, […]

April 2, 2022

प्रोएममा बलभद्रको टोलीलाई उपाधि

पोखरा (हाम्रो खेलकुद) – पोखराको पार–६८ हिमालयन गल्फ कोर्समा शुक्रबार भएको सूर्य नेपाल वेस्टर्न ओपन प्रो–एमको उपाधि प्रो बलभद्र राईको टोलीले जितेको छ । प्रो बलभद्रले एमेच्योर फुरसाङ लामा, राजु थकाली र कवि थापासँग मिलेर १४८ अंक जोडेर उपाधि जितेका थिए । प्रो बल बहादुरले ३६, राजु र कविले ३७ अंक जोडे । प्रो भुवन […]

April 1, 2022

एमेच्योर सुभाषलाई वेस्टर्न ओपन उपाधि

पोखरा (हाम्रो खेलकुद) – एमेच्योर सुभाष तामाङले सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका छन् । सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्टमा व्यावसायिक गल्फर जयराम श्रेष्ठलाई ४ स्ट्रोकले पछि पार्दै सुभाषले पहिलोपटक सुर्य नेपाल वेस्टर्न ओपनको उपाधि जितेका हुन् । हिमालयन गल्फ कोर्स पोखरामा १३औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण विजेता […]

March 31, 2022

वेस्टर्न ओपनमा एमेच्योर सुभाषको अग्रता कायमै

पोखरा (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१–२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट्स सुर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन १३औं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता कायमै राखेका छन् । हिमालयन गल्फ कोर्स पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुभाषले दोस्रो दिन बिहीबार १ ओभर ६९ स्कोरसाथ समग्रमा १ अन्डर १ […]

March 30, 2022

एमेच्योर सुभाषलाई वेस्टर्न अ‍ोपनमा अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपनको पहिलो दिन १३ अ‍ौं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता लिएकाले छन् ‌। हिमालयन गल्फ कोर्स, पोखरामा सुभाष पहिलो दिन २ अन्डर ६६ स्कोरका साथ शीर्षस्थानमा रहेका छन् । दोस्रो स्थानका जयराम श्रेष्ठले इभन पार ६८ […]

Success

Thank you for your time.