April 18, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको दोस्रो दिन एमेच्योर सदभाव आचार्य र प्रो सञ्जय लामा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा मंगलबार राष्ट्रिय टिमका सदस्य सदभावले दिनकै उत्कृष्ट ६–अन्डर ६६ को कार्ड बनाए । सञ्जयले २–अन्डर ७० को नतिजा […]
April 17, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत सातौं प्रतियोगिता सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिपको पहिलो दिन सञ्जय लामा ६–अन्डर ६६ को उम्दा प्रदर्शनसहित शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा सोमबार भएको पहिलो दिन रवि खड्का र राजेन्द्र श्रेष्ठ प्रधानलाई ३ स्ट्रोकले पछि पार्दै सञ्जय शीर्षस्थानमा रहेका हुन् । रबि र राजेन्द्रले […]
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्बर एक एमेच्योर खेलाडी तथा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का दोहोरो स्वर्ण पदक विजेता सुबाश तामाङ एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिप (एएसी) ले सन्चालन गर्ने एएसी एकेडमीमा प्रशिक्षण लिन अस्ट्रेलिया जाने भएका छन् । मेलबर्नमा जेठ १ देखि ५ गतेसम्म आयोजना हुने निःशुल्क बिशेष प्रशिक्षणमा भाग लिनको लागि एएसीले […]
April 16, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ को सातौं इभेन्ट सूर्य नेपाल एनपिजीए टुर च्याम्पियन्सिप गोकर्ण गल्फ क्लबमा सोमबारदेखि सुरु हुँदैछ । चार दिन चल्ने प्रतियोगितामा ७२ होलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा ३२ व्यवासायिक गल्फर र ८ एमेच्योरलेे सहभागिता जनाउने छन् । सुरुवाती ३६ होलपछि शीर्ष २१ प्रो र शीर्ष ६ एमेच्योरले कट […]
April 10, 2023
काठमाडौं (हाम्रो खेलकुद)- जुनियर र महिला गल्फ खेलाडीलाई निःशुल्क प्रशिक्षण दिने उद्देश्यका साथ नेपाल गल्फ संघ (एनजिए) र रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) बीच सोमबार सम्झौता भएको छ। सम्झौता पत्रमा एनजिएका अध्यक्ष टासी घले र आरएनजिसीका अध्यक्ष मधुकर याकथुम्बाले हस्ताक्षर गरे। आरएनजीसीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ र एनजीएका युथ डेभलेपमेन्ट डाईरेक्टर दिपक आचार्यको उपस्थिति थियो। सम्झौता […]
April 2, 2023
काठमाडौं (हाम्रो खेलकुद)– बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद अर्को महिना काठमाडौंमा हुने भएको छ । वैशाख ९ गते हुने कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत कार्यक्रमको जानकारी दिएको हो । ‘एनसेल बाह्रखरी गल्फ एन्ड इकोनोमिक सिम्पोजियम’ को उद्घाटन […]
April 1, 2023
उत्सव शाक्य, काठमाडौं शुक्रबार पार-६८ रोयल नेपाल गल्फ क्लबमा भएको सूर्य नेपाल च्यालेन्ज जितेर एमेच्योर गल्फर सद्भाव आचार्य प्रतिष्ठित सूर्य नेपाल गल्फ टुरको सबैभन्दा कान्छो च्याम्पियन बनेका छन् । १६ वर्ष १० महिनाको उमेरमा सद्भावले आफ्नो पहिलो ठूलो उपाधि जिते हालका शीर्ष एमेच्योर गल्फर सुभाष तामाङले राखेको अघिल्लो कीर्तिमान तोडे । सुभाषले यसअघि १६ वर्ष […]
March 31, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १६ वर्षे युवा गल्फर सद्भाव आचार्यले इतिहास रच्दै सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सुर्य नेपाल च्यालेन्जको उपाधि जितेका छन् । सद्भावले अन्तिम दिन ४–अन्डर ६४ को उत्कृष्ट स्कोर जोड्दा समग्रमा ३–अन्डर २ सय ६९ सहित उपाधि जितेका हुन् । उनले डिफेन्डिङ च्याम्पियन भुवन नगरकोटीलाई २ स्ट्रोकले माथ दिए […]
March 30, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन रबि खड्का पुनः शीर्षस्थानमा उक्लन सफल भएका छन् । बिहीबार १–अन्डर ६७ को कार्ड बनाउँदा समग्रमा ३–अन्डर २ सय १ सहित रवि शीर्षस्थानमा उक्लिएका हुन् । पहिलो दिनका लिडर उनले साविक विजेता भुवन नगरकोटीलाई २ स्ट्रोकले पछि पारे। […]
March 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत छैटौं प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको दोस्रो दिन धन बहादुर थापा शीर्षस्थानमा उक्लिएका छन् । आज ४–अन्डर ६४ को उत्कृष्ट नतिजा सहित समग्रमा ३–अडर १ सय ३३ मा शीर्षस्थानमा उक्लिएका हुन् । उनले भुवन कुमार रोक्का र रबि खड्कालाई १ स्ट्रोकले पछि पारे। भुवन र रबि […]