June 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – १९ औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि नेपाल गल्फ संघले भारतका तरूण सरदेशाईलाई प्रशिक्षक नियुक्त गरेको छ । नेपाल गल्फ संघ र तरूण सरदेशाईबीच एसियन गेम्सको लागि सम्झौता भएको छ । सम्झौता अनुसार एसियन गेम्ससम्म सरदेशाई नेपाली राष्ट्रिय गल्फ टिमको प्रशिक्षकको रूपमा रहनेछन् । नेपाल गल्फ संघका युथ डेभलपमेन्ट निर्देशक […]
June 23, 2023
काठमाडौं (हाम्रो खेलकुद) – चीनमा आयोजना हुने १९औँ एसियाली खेलकुद (एसियाड) का लागि ६ सदस्यीय गल्फ टोली शनिबार वैदेशिक प्रशिक्षणका लागी भारतको बैंगलुरु जाने भएको छ । प्रोफेसनल गल्फर शुक्रबहादुर राई र एमेच्योर गल्फरहरू सुवास तामाङ, सदभाव आचार्य र युवराज भुजेल तथा महिला गल्फ खेलाडी कश्मिरा शाह र सुष्मा सिग्देल सहित ६ सदस्यीय नेपाली टोली […]
June 17, 2023
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल राष्ट्रिय गल्फ टोलीका खेलाडी सदभाव आचार्यले एएसी एकेडेमीमा उत्कृष्ट सर्ट गेमको अवार्ड जितेका छन् । जुन ११ देखि १६ सम्म बैंककको अमाता स्प्रिङ कन्ट्री क्लबमा एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले आयोजना गरेको सप्ताहव्यापी एकेडेमीको समापन समारोहमा सदभावले अवार्ड प्राप्त गरेका हुन् । सदभावलाई नेपाल गल्फ संघ मार्फत एसिया प्यासिफिक एमेच्योर च्याम्पियनसिपले तालिमका […]
June 10, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको प्रो-एमको उपाधि व्यवसायिक गल्फर दिनेश प्रजापति र टिमले हात पारेको छ। गोकर्ण गल्फ क्लबमा आयोजित प्रतियोगितामा दिनेशसहित एमेच्योर खेलाडीहरू समिर आचार्य, कर्णेल प्रताप बोहरा र अर्जुन कुमार कार्कीको टिमले १६२ अंक सहित उपाधि जितेको हो। दिनेश र समिरले […]
June 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल नम्वर एक एमेच्योर सुवास तामाङले सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको च्याम्पियन बनेका छन्। सुवासले अन्तिम दिन ७–अन्डर ६५ को उत्कृष्ट स्कोर गर्दै समग्रमा २१–अन्डर २ सय ६७ सहित उनले अर्का एमेच्योर खेलाडी सदभाव आचार्यलाई चार स्ट्रोकले हराएर उपाधि जितेका हुन् । सुवासको […]
June 8, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर सदभाव आचार्य दुई स्ट्रोकको अग्रता लिदै शीर्षस्थानमा रहन सफल भएका छन् । अन्तिम १८ होलको खेल बाकी छँदा सदभावले एकल अग्रता बनाएका हुन् । सदभावले तेस्रो दिन पनि ७–अन्डर ६५ को उत्कृष्ट स्कोर निकाले। समग्रमा […]
June 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको दोस्रो दिन दुई एमेच्योर खेलाडी सदभाव आचार्य र सुबास तामाङ संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । गोकर्ण गल्फ क्लबमा बुधबार सदभाव र सुबासले ३६ होलको समाप्तीमा समग्रमा ९–अन्डर १ सय ३५ को स्कोरमा नीरज तामाङ र शुक्र बहादुर […]
June 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुर्य नेपाल गल्फ टुर २०२२–२३ अन्तर्गत अन्तिम प्रतियोगिता, सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा नेपाल नम्बर एक एमेच्योर गल्फर सुबास तामाङले सानदार सुरुवात गर्दै ५ स्ट्रोकको अग्रता बनाएका छन् । उनले पहिलो दिन ९–अन्डर ६३ को उत्कृष्ट स्कोर दर्ज गरे । यो स्कोरमा सुबाशले प्रोफेसनल गल्फर तोरण विक्रम शाहीलाई ५ स्ट्रोकले पछि […]
June 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– सूर्य नेपाल टुर २०२२-२३ अन्तर्गतको अन्तिम प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारबाट सुरु हुँदा शीर्ष वरीयताका लागि प्रतिस्पर्धा हुने भएको छ । गोकर्ण गल्फ क्लबमा हुने प्रिमियर गल्फ च्याम्पियनसिप चार दिन सम्म चल्ने छ । ७२ होलमा हुने च्याम्पियनसिपको सुरुवाती दुई दिनपछि शीर्ष २१ व्यावसायिक खेलाडीले मात्र अन्तिम ३६ […]
June 1, 2023
काठमाडौं (हाम्रो खेलकुद)– हिमालयन बैंक गल्फ प्रतियोगिता शुक्रबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा दुई दिन सम्म चल्ने प्रतियोगितामा बढीमा १ सय २५ खेलाडीको सहभागिता रहने हिमाल बैंकका चिफ मेनेजर समिर आचार्यले बिहीबार पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा महिला, पुरुष, ग्रस, सिनियर, सुपर सिजिन, गेस्ट, हिमालयन बैंक ग्राहक, जुनियर […]