April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय गल्फ टोलीकी खेलाडी तारा कार्की चित्रकारले नेपाल उमन्स ओपन गल्फ प्रतियोगिताको उपाधि जितेकी छिन्। रोयल नेपाल गल्फ क्लबमा आज ताराले ३७ अंकका साथ सम्झना खत्रीलाई हराउँदै उपाधि जितेकी हुन्। उनले उपाधिसँगै इलेक्ट्रिक स्कुटर हात पारिन्। राष्ट्रिय टोली अर्की खेलाडी सम्झना ३६ अंकसहित दोस्रो भइन् । उनले तीन बर्डी प्रहार गर्दै मोस्ट […]
April 10, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर दुई गल्फर निरज तामाङले सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि जितेका छन्। सूर्य नेपाल गल्फ टुर २०२४-२५ अन्तर्गत छैटौं प्रतियोगिताका रुपमा रहेको म्याच प्लेको ३६ होलको फाइनल प्रतिस्पर्धामा आठौं वरियताका धन बहादुर थापालाई ५/४ ले हराउँदै निरज सिजनको तेस्रो उपाधि जिते । उनको यो करियरको चौथो उपाधि हो। रोयल नेपाल गल्फ […]
April 9, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो वरीयताका निरज तामाङ र आठौं वरीयताका धन बहादुर थापाले सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधिका लागि भिड्ने भएका छन्। रोयल नेपाल गल्फ क्लबमा आज भएको सेमिफाइनल भिडमा निरजले साविक विजेता दिनेश प्रजापतिलाई १७ औं होलमा ३/२ ले माथ दिंदै फाइनलमा स्थान बनाए ।त्यसअघि निरजले भेट्रान रामे मगरको चुनौती ३/२ ले पन्छाएका थिए। […]
April 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल नम्बर एक प्रो भुवन नगरकोटी सूर्य नेपाल एनपिजिए म्याच-प्लेको क्वाटरफाइनलमा प्रवेश गरका छन्। रोयल नेपाल गल्फ क्लबमा मंगलवार भुवनले १६ औं वरियताका पशुपति शर्माको चनौतीलाई सहजै पार गरे। उनले ५/४ ले खेल जिते। चार होल अगाडि जित निकालेका भुवनले क्वाटरफाइनलमा धन बहादुर थापासँग खेल्नेछन्। यो सिजन भुवन उपाधि विहिन छन्। उनलाई […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए म्याच प्ले रोयल नेपाल गल्फ क्लबमा भोलि सुरु हुँदैछ। सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको आठ मध्ये यो अलग फरम्याटको प्रतियोगिता हो। म्याच प्लेमा गत सिजनको अर्डर अफ मेरिटमा पहिलो देखि १६ औं वरियताका खेलाडीले प्रतिस्पर्धा गर्न पाउँछन्। पहिलो दिन पहिलो चरणमा ८ जोडीले एक अर्कासँग क्वाटर फाइनल प्रवेशको […]
April 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दोर्जे होजाङस्टाङलेएनसेल बाह्रखरी गल्फको आठौँ संस्करणको उपाधि जितेका छन् । बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको प्रतियोगिताको विजेता बनेका दोर्जेले सुनको बल पुरस्कार जितेका हुन् । काठमाडौंस्थित गोकर्ण गल्फ कोर्समा शनिवार प्रतियोगिताको विजेतालसई नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य गगन थापा पुरस्कृत गरे। १८ होलको ‘स्टेबल फोर्ड’ पद्धतिमा खेलाइएको प्रतियोगिताका विजेता […]
March 17, 2025
काठमाडौं (हाम्रो खेलकुद)- ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यो वर्ष काठमाडौंमा हुने भएको छ । काठमाडौंमा सोमवार पत्रकार सम्मलेन गर्दै बाह्रखरी मिडियाले वार्षिकरुपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगिता यही चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा हुनेछ ।एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणका रूपमा […]
February 27, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको तेस्रो दिन बिहीवार २-अन्डर ७० सहित समग्रमा १३-अन्डर २०३ को स्कोरमा लगातार तेस्रो दिन शीर्षस्थानमा कायमै रहेका छन्। तर अन्तिम १८ होलको खेल बाकी छँदा उनले निरज तामाङलाई मात्र एक स्ट्रोकले पछि पारेका छन्। यो सँगै उपाधि होड रोमाञ्चक बनेको छ। गोकर्ण गल्फ क्लबमा तेस्रो दिन तोरणले […]
February 26, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको दोस्रो दिन तोरण विक्रम शाही ३ स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा कायमै रहेका छन्। गोकर्ण गल्फ क्लबमा ४-अन्डर ६८ को स्कोर जोडेका उनले समग्रमा ११-अन्डर १३३ सहित उनले निरज तामाङलाई ३ स्ट्रोकले पछि पारे। पहिलो दिनका लिडर तोरणले आज पनि उत्कृष्ट सुरूवात गरे। यो क्रममा उनले फ्रन्ट नाइन […]
February 25, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन मंगलवार तोरण विक्रम शाही सानदार सुरुवात गर्दै ४ स्ट्रोकको अग्रता लिएका छन्। उनले ७-अन्डर ७५ को सानदार स्कोरमा दाबेदार निरज तामाङ र सञ्जय लामालाई ४ स्ट्रोकले पछि पारेका हुन्। गोकर्ण गल्फ क्लबमा तोरणले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्न्ट नाइनमा चार बर्डी प्रहार गरे। दोस्रो, तेस्रो, […]