November 11, 2023
काठमाडौं (हाम्रो खेलकुद)- दोलाखाका आशिष फुयालले शनिबार राष्ट्रिय खुुुुल्ला र्यापिड बुुुुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। आशिषले पूर्व नेपाल च्याम्पियन बद्रीलाल नेपालीसंग नवौं चरणको खेलमा बराबरी खेलि साढे ७ अंक सहित उपाधि जितेका थिए। उपाधिसहित उनले २५ हजार रुपैयाँ पाए। ७ अंक जोडेका बद्री दोस्रो स्थानमा रहे । बद्रीले १५ हजार रुपैयाँ पाए । ललितपुरका सरोज […]
October 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको कार्यवाहक अध्यक्षमा चयन भएका छन् । महासंघको कार्यसमितिको नवौं बैठक अघि अध्यक्ष विदुर प्रसाद गौतमले कार्य व्यस्तताको कारण देखाएर वरिष्ठ उपाध्यक्ष रहेका महर्जनलाई राजीनामा पत्र हस्तान्तरण गरेका थिए । गौतमको समेत उपस्थिति रहेको बैठकले राजीनामाको स्वीकृति गर्दै महासंघ विधान बमोजिम अध्यक्षले गर्ने सम्पूर्ण कार्यकारी अधिकार सहित […]
October 21, 2023
एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत शनिबार म्यानचेस्टर सिटी र न्युक्यासल युनाइटेडले जित दर्ता गरेका छन्। घरेलु मैदान एटिहाड स्टेडियममा भएको खेलमा सिटीले ब्राईटनलाई २-१ गोलअन्तरले पराजित गरेको हो। सिटीका लागि पहिलो गोल सातौं मिनेटमा जुलियन अल्भारेजले गरेका थिए। उनले जेरेमी डोकुको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। १९औं मिनेटमा एरलिङ हालान्डले गोल गर्दै अग्रता […]
August 26, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली चेस खेलाडीले संयुक्त अरब इमिरेट्स (युएई) चेस महासंघको आयोजनामा दुबईमा हुने एसियन एमेच्योर चेस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । भदौ ११ गते देखि १७ गते सम्म हुने प्रयिोगितामा भाग लिनका लागि नेपाली खेलाडी आइतबार त्यसतर्फ प्रस्थान गर्ने नेपाल बुद्धिचाल महासंघले जनाएको छ । गत असारमा धनगढीमा भएको पाचौ राष्ट्रिय […]
July 29, 2023
काठमाडौं (हाम्रो खेलकुद) – आगमी ३ देखी ८ अगस्तसम्म कजकस्तानको अकाटु सिटिमा हुने विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा सहभागीताको लागि नेपाली बुद्धिचाल खेलाडीहरु शनिबार त्यसतर्फ प्रस्थान गरेका छन् । यू१२ तर्फ नेपालको प्रतिनिधित्व गर्दै त्रियोग उच्च माविका खेलाडीहरु सम्पन्न बज्राचार्य, विश्वस्त मरासिनी, परिधी खत्री र त्रिलोक बुर्लाकोटीले प्रतिस्पर्धा गर्नेछन् । विश्व स्कुल टिम च्याम्पियनसिपमा पहिलो […]
June 27, 2023
धनगढी (हाम्रो खेलकुद) – दोलखाका आशिष फुयालले सुदुर पश्चिम बुद्धिचाल संघको आयोजनामा भएको मुख्यमन्त्री कप राष्ट्रिय एमेच्योर बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । आशिषले अन्तिम चरणको खेलमा मंगलबार पूर्व नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईंसंग बराबरी खेलेका थिए । नवौं चरणसम्म भएको खेलमा आषिशले अपराजित रहेर ६ खेलमा जीत निकाले भने ३ खेलमा बराबरी खेल्दै साढे ७ […]
June 17, 2023
ललितपुर (हाम्रो खेलकुद)– नेपाल च्याम्पियन २१४६ फिडे मास्टर रुपेश जैसवाल दक्षिण एसिसयाली चेस च्याम्पियनसिपमा भारतीय २५०८ रेटेड ग्राण्ड मास्टर सयन्तन दासलाई सातौ चरणको खेलमा बराबरीमा रोक्न सफल भएका छन् । यो बराबरीले सयन्तनको उपाधि यात्राका धक्का लागेको छ । रोचक खेलमा कालो गोटी लिएर सिसिलेन प्रणालीमा खेल सुरु गरेका सयन्तन आक्रमक रुपमा प्रस्तुत भएका थिए […]
June 16, 2023
लतिलपुर (हाम्रो खेलकुद)– साउथ एसियन बुद्धिचाल च्याम्पियनसिपको तेस्रो दिन शुक्रबार पाँचौं चरणको समाप्तीमा पनि भारतीय २४१४ रेटेड इन्टरनेसनल मास्टर नुबैर शाह शेखले आफ्नो अग्रतालाई कायम राखेका छन् । उनले ५ खेलको समाप्तीमा साढे ४ अंक जोड्दै एकल अग्रतालाई यथावत राखेका हुन् । नेपाल बुद्धिचाल महासंघको आयोजनामा जारी च्याम्पियनसिपमा भारतीय ग्रान्ड मास्टर २५०८ रेटेड सयतन दास […]
June 15, 2023
ललितपुर (हाम्रो खेलकुद)- साउथ एशियन बुद्धिचाल च्याम्पियनसिपको दोस्रो दिन तेस्रो चरणको खेल समाप्तिमा भारतीय २४०६ रेटेड ईन्टर नेशनल मास्टर नुबैर शाह शेखले एकल अग्रता लिएका छन्। नुबैरले दोस्रो चरणको खेलमा भुटानका डिक्चेन दोर्जीलाई पराजित गरि ३ अंक सहित एकल अग्रता लिएका हुन्। कालो गोटी लिएर अखेलेन प्रणालीमा खेल सुरु गरेका दोर्जीले खेलको पाँचौ चालमा नै […]
June 14, 2023
ललितपुर (हाम्रो खेलकुद) – दक्षिण एसियाली बुद्धिचाल च्याम्पियनसिपको पहिलो चरणमा नेपाली खेलाडीहरुको प्रर्दशन मिश्रित रहयो । नेपाल बुद्धिचाल महासंघको आयोजनामा भइरहेको बुधबार सुरु भएको च्याम्पियनसिपमा नेपाल च्याम्पियन फिडे मास्टर रेटेड खेलाडी रुपेश जैसवालले बंगलादेशका २११३ रेटेड अब्दुल मलेक मोहमदलाई हराए। रुपेशले अब्दुललाई खेलको २८ औं चालमा निरास पारेका थिए । त्यसैगरी १४ बर्षिय युवा खेलाडी […]