April 27, 2024
ललितपुर (हाम्रो खेलकुद) – पूर्व नेपाल नवीन तण्डुकारसहित खेलाडीसहित ११ खेलाडी नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ्ग क्लासिकल बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन संयुक्तरुपमा अग्रस्थानमा रहेका छन् । नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा जारी प्रतियोगितामा नविनसहित हेटौंडाका क्षितिज भण्डारी, २ पटकका पूर्व विजेता सजिन महर्जन, पूर्व विजेता मिलन लामा, यू १६ च्याम्पियन पुरुषोत्तम सिलवाल, ललितपुरका सुरोज […]
April 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – हिमालयन चेस एकेडेमी (एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर (आइए) बन्ने पहिलो नेपाली महिला भएकी छन् । नेपाल बुद्धिचाल महासंघकी उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आईए बनाउने निर्णय गरेको बताइएको छ । खम्बू ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने […]
April 13, 2024
ललितपुर (हाम्रो खेलकुद)- हेराकाजी महर्जन नेपाल बुद्धिचाल महासंघको अध्यक्ष निर्वाचित भएको छ। बुद्धिचाल महासंघको नवौं तथा विशेष साधारणसभा ललितपुरको च्यासल स्थित तुल्सिलाल स्मृति प्रतिष्ठानमा भएको थियो । अध्यक्ष पदको लागि भएको निर्वाचनमा महर्जनले ४९ मत प्राप्त गर्दै विजयी भए । अर्का उम्मेदवार प्रविण भँडेलले ३१ मत प्राप्त गरेका थिए। वरिष्ठ उपाध्यक्ष इलामका दिपेन राई निर्विरोध […]
April 9, 2024
बुटवल( हाम्रो खेलकुद)- भारतीय सुधिर कुमार सिन्हाले कर्णेल उजिर सिंह थापाको स्मृति अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्। बुटवल उपमहानगरपालिका बेलबास -१३ मा मंगलबार सम्पन्न क्लासिकल चेस खेलमा ८ अंक जोड्दै भारतीय १९६८ रेटेड सुधिर पहिलो भएका हुन् । अपराजित रहेका उनले ट्रफि सहित २ लाख रुपैयाँ प्राप्त गरे। अंग्रेज सेनालाई जितगढी किल्लामा पराजित गर्ने […]
April 1, 2024
बुटवल (हाम्रो खेलकुद)– बुटवलमा कर्णेल उजिरसिंह थापा स्मृति मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुने भएको छ । बुटवल उपमहानगरपालिका बुद्धिचाल संघले चैत २४ देखि २७ गतेसम्म बुद्धिचाल प्रतियोगिता गर्न लागेको आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो । ४ दिनसम्म चल्ने प्रतियोगितामा सहभागि हुनको लागि नेपाल सहित भारत, वंगलादेश, श्रीलंका, अमेरिकाबाट समेत गरी अहिलेसम्म १ सय […]
March 22, 2024
ललितपुर (हाम्रो खेलकुद) – महालक्ष्मी नगरपालिका वडा नं. ९ ले आयोजना गरेको दुई दिने चेस प्रतियोगिताको पहिलो दिन चार चरणका खेल सम्पन्न भएका छन्। आज सम्पन्न भएको प्रतिस्पर्धामा आफ्ना सबै खेलमा जित दर्ता गर्दै दोलखाका आशिष् फूँयाल , ललितपुरका बद्रीलाल नेपाली , रौतहटका रुपेश जैसवाल , ललितपुरका सुरोज महर्जन, ललितपुरकै राजन पुरी र पेभिलोन चेस […]
March 14, 2024
काठमाडौं (हाम्रो खेलकुद) – युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित स्थापित हिमालयन चेस एकेडेमीको बिहीबार उद्घाटन भएको छ । थापाथलीमा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ, एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बू र राष्ट्रिय बुद्धिचाल प्रतियोगिताका पहिलो विजेता विकासमान लामाले एकेडेमीको लोगो अनावरण गर्दै उद्घाटन गरेका हुन् । राखेप सदस्य घिसिङले भने, ‘चेसको विकासको लागि निजी […]
March 9, 2024
काठमाडौं (हाम्रो खेलकुद)- श्रीमती मंगला देवी सिंह स्मृति खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको चौथो चरणको खेल सम्पन्न हुँदा काठमाडौका सुदिप तामाङ , सुमन लामा र भक्तपुरका विजेश राज कर्णिकार ४ अंक सहित संयुक्तरूपमा अग्रस्थानमा छन्। सुदिपले तेस्रो चरणको खलमा ललितपुर कै काठमाडौका कुमार महर्जनलाई र चौथो चरणको खेलमा पुर्व नेपाल च्याम्पियन नवीन तण्डुकारलाई हराएका थिए। […]
January 27, 2024
काठमाडौं (हाम्रो खेलकुद) – माउण्ट एभरेष्ट चेस क्लबका पुरुषोत्तम चौलागाईले स्काई वाल्क टावर अण्डर १९०० रेटिङ फिडे बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् ।पूर्व नेपाल च्याम्पियन पुरुषोत्तमले ९ चरणको खेलमा ७ जित, १ बराबर र १ खेलमा हार व्यहोर्दै समग्र ७.५ अंकका साथ उपाधि जितेका हुन् । उनले २० हजार रुपैयाँ प्राप्त गरे । वण्डर नेपाल […]
January 20, 2024
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सुरोज महर्जनले दोस्रो टोखा युवा खुल्ला राष्ट्रिय र््यापिड बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । टोखा युवा क्लबको आयोजना दुई दिने प्रतियोगिताको अन्तिम चरणको खेलमा सुरोजले काठमाडौंका धिरेन राईलाई हराएका थिए । सुरोजले छैटौं तुल्सीलाल स्मृति राष्ट्रिय टिम क्लव चेस च्याम्पियनसिपमा ललितपुर स्पोर्ट्स क्लबबाट खेलेका थिए । र्यापिड बुद्धिचालमा उत्कृष्ट लयमा […]