April 3, 2017
ललितपुर (हाम्रो खेलकुद) – गोल्डेन गेट कलेजका हिमाल लामा, अर्थ बहुउेश्यीय सहकारीका फिडेमास्टर मनीष हमाल र श्रेयङकर साकोसका सुमित पन्त ललितपुरमा जारी कामना सहकारी कप चेस प्रतियोगितामा संयुक्त रुपमा अग्रस्थानमा रहेका छन् । प्रतियोगिता अन्र्तगत सोमबार दोश्रो तथा तेश्रो चरणको समाप्तीमा हिमाल, मनीष र सुमितको समान ३ अंक छ । हिमालले दोश्रो चरणमा तनहुँका सविनचन्द्र […]
March 27, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर अब्दुल्ला अल रकिब मोलाह फिडेको ३.२ जोन चेस च्याम्पियन बनेका छन् । २४९२ रेटेड रकिबले च्याम्पियनसिपको अन्तिम दिन सोमबार ग्रान्डमास्टर इनामुल हुसेन (२४७४) लाई हराएका थिए । जितसँगै रकिबले सेप्टेम्बरमा जर्जीयामा हुने वल्र्ड कप चेस च्याम्पियनसिपका लागि छनोट भएका छन् । ९ खेलमा ८ अंक जोडेका रकिबले १ हजार […]
March 23, 2017
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली चेसका उदयीमान खेलाडी सुमित पन्तले राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगितामा ठूलो सफलता प्राप्त गरेका छन् । १९३५ रेटेड सुमितले पाँचौं चरणको खेलमा बिहीबार ग्रान्डमास्टर (२४७४ रेटेड) एमानुएल हुेसनलाई हराएका छन् । सुमितले पहिलो चरणमा आइएम अबु सफियन सकिललाई हराउदै प्रतियोगिताको सुरुआत गरेका थिए । बिहीबारको सफलतापछि सुमितको ३.५ अंक […]
March 22, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशका ग्रान्डमास्टर जीआउर रहमानले एसियन जोनल ३.२ चेस प्रतियोगिताको चौथो चरणको समाप्तीमा एकल अग्रता लिएका छन् । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा बुधबार चौथो चरणको समाप्तीमा जीआउरले ३.५ अंक बटुलेका छन् । उनले चौथो चरणमा बंगलादेशका ग्रान्डमास्टर हुसेन एनामुएललाई हराए । नेपालका पूर्व […]
March 21, 2017
काठमाडौं (हाम्रो खेलकुद) – बंगलादेशी ग्रान्डमास्टर जिआउर रहमान र अब्दुल्लाह अलल रकिब र फिडे मास्टर हसन मेहन्दी २.५ अंकका साथ राजधानीमा जारी एसियन जोनल ३.२ चेस प्रतियोगिताको तेस्रो चरणको समाप्तीमा संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । नेकोस चेस बुद्धीचाल संघ र नेकोस चेस एकेडेमी क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा मंगलबार २५२० रेटेड जिआउल हक र […]
March 20, 2017
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली फिडे मास्टर मनीष हमाल र आशिष फुयालले सोमबार पनि एसियन जोनल थ्रीप्वाइन्ट टु चेस प्रतियोगितामा उच्च प्रदर्शनलाई निरन्तरता दिएका छन् । २०८१ रेटेड मनीषले दोश्रो चरणको खेलमा २४२२ रेटेड बंगलादेशी जिएम नियाज मुर्सदसंग बराबरी गरे तथा १८०१ रेटेड आशिषले बंगलादेशी आइएम २३४३ रेटेड अबु सफीयन सकीलसँग बराबरी गरे । २०३६ […]
March 17, 2017
काठमाडौं (हाम्रो खेलकुद)– ललितपुरको गोटीखेल जनहित क्लबले आफ्नो रजत महोत्सवको अवसरमा तीनवटा खेल आयोजना गर्ने भएको छ । चैत २६ गते देखि राष्ट्रव्यापी खुला पुरुष भलिबल प्रतियोगितासँगै बुद्धिचाल र दौड प्रतियोगिता पनि आयोजना गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष निरन्जन घिमिरेले बताए । भलिबलमा १२ देखि १४ टोलीसम्म भए नकआउट र त्यो भन्दा […]
March 15, 2017
काठमाडौं (हाम्रो खेलकुद) – एसियन जोनल चेस च्याम्पियनसिप शनिबारबाट काठमाडौंमा शुरु हुने भएको छ । नेपाल बुद्धिचाल संघको आयोजनामा विश्व चेस महासंघ (फिडे) को आधिकारिक प्रतियोगिताको रूपमा रहेको विश्वकप चेसको छनोट प्रतियोगिता एशियन जोनल ३.२ चेस च्याम्पियनसिप चैत १५ गतेसम्म सञ्चालन हुने आयोजकले जानकारी गरायो । च्याम्पियनसिप कान्तिपथस्थित होटल यलो प्यागोडामा हुनेछ । च्याम्पियनसिपमा एशियन […]
February 27, 2017
स्याङजा (हाम्रो खेलकुद) – बद्रिलाल नेपालले धन बहादुर प्रधान स्मृति फिडे रेटिङ्ग बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन् । स्वीस लिग ७ चरणको खेलमा बद्रिले ५ जित र दुई बराबरीका साथ ६ अंक बटुल्दै उपाधि जितेका हुन् । बद्रिले ट्रफिका साथ १५ हजार रुपैयाँ प्राप्त । त्यस्तै समान ६ अंक भएपनि प्रोग्रेसिव टाइब्रेकमा सिएम भुपेन्द्र निरौला […]
February 25, 2017
स्याङ्गजा (हाम्रो खेलकुद) – स्याङ्गजामा जारी धनबहादुर प्रधान स्मृति खुल्ला फिडे रेटिंग बुद्धिचाल प्रतियोगितामा शनिबार तेस्रो चरणको समाप्तीमा पूर्व नेपाल च्याम्पियनद्वय बद्रिलाल नेपाली र सिएम भुपेन्द्र निरौला तथा धनुषाका सुशील चौधरी संयुक्त रुपमा शीर्षस्थानमा रहेका छन् । उनीहरुको समान ३ अंक छ । शनिबार दोस्रो र तेस्रो चरणको खेल भएका थिए । स्वीस लिग ७ […]