default_image

बुद्धिचाल

October 11, 2022

चेस टोली बंगलादेश प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोली मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ । प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र […]

October 1, 2022

नेपाली क्यान्डिडेट मास्टर थापाको विजयी यात्रा जारी

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा आफ्नो विजयी यात्रा कायम राखेका छन् । प्रतियोगिताका डिफेन्डिङ च्याम्पियन थापाले शुक्रबार राती सम्पन्न दोश्रो चरणको खेलमा जापानका ताकेनुउची अत्सुसीलाई पराजित गरेभने शनिबार भएको तेश्रो चरणको खेलमा भारतका रनजीत आरकेलाई हराउन सफल रहे । तीन चरणको समाप्तिमा थापासँगै १४ खेलाडीले […]

September 30, 2022

क्यान्डिडेट मास्टर थापाको विजयी शुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डिङ च्याम्पियन क्यान्डिडेट मास्टर कृष्ण थापाले ओमानमा जारी एशियन एमेच्योर चेस च्याम्पियनशीपमा विजयी शुरुवात गरेका छन् । सन् २०१९ नोभेम्बरमा काठमाडौंमा सम्पन्न च्याम्पियनशीपको विजेता थापाले बिहिबार सम्पन्न पहिलो चरणको खेलमा कुवेतका अलमुहाईनी अब्दुलाजीजलाई पराजित गरेका हुन् । अक्टोबर ५ सम्म सञ्चालन हुने प्रतियोगितामा एशियाका २० देशका १४६ जना खेलाडीको सहभागीता रहेको […]

July 26, 2022

चेस ओलम्पियाड टिमको बिदाई

काठमाडौं (हाम्रो खेलकुद) – भारतको चेन्नई शहरमा आयोजना हुने ४४औं चेस ओलम्पियाडमा सहभागी हुन नेपाली टोलीलाई संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले बिदाई गरेका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा आयोजित बिदाई समारोहमा टोलीलाई उच्च मनोबलका […]

July 25, 2022

ओलम्पियाड खेल्नेका लागि अभिमुखिकरण कार्यक्रम

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघले भारतको चेन्नईमा आयोजना हुने ४४ औं चेस ओलम्पियाडमा सहभागी हुने नेपाली टोलीका लागि अभिमुखिकरण कार्यक्रम सञ्चालन गरेको छ । काठमाडौंको ठमेल पार्क होटलमा सोमबार सुरु भएको कार्यक्रममा ओलम्पियाड टोलीका खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । दुई दिने कार्यक्रममा मनोविज्ञान, मोटिमेशन, खेल शैली तथा प्राविधिक विषयका प्रस्तुतीमाथि छलफल हुने […]

July 12, 2022

बुद्धिचाल संघको भावी योजना सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)– निर्वाचित भएको भोली पल्ट नै नेपाल बुद्धिचाल संघको नयाँ कार्यसमितिले कार्ययोजना सार्वजनिक गरेको छ । विदुरप्रसाद गौतमको अध्यक्षतामा २२ सदस्यीय कार्यसमिति सोमबार चयन भएको थियो । बुद्धिचाललाई ग्रासरुट सम्म योजना अघि सारेको संघले क्यालेण्डर बनाएर सबै खाले राष्ट्रिय प्रतियोगिता नियमित आयोजना गर्ने संघले जनाएको छ । सर्वाधिक अन्र्तराष्ट्रिय सहभागिता जनाउने खेल संघको […]

July 12, 2022

बुद्धिचाल संघमा अध्यक्ष गौतमसहित धेरै निर्विरोध

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बुद्धिचाल संघको अध्यक्षमा विदुरप्रसाद गौतम निर्विरोध निर्वाचित भएका छन् । संघको सोमबार भएको सधारण सभाले अधिकांश पद निर्विरोध र केहि पद निर्वाचनमार्फत चयन गरेको छ। राजेन्द्र प्रसाद रिजाल वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन हुँदा ३ उपाध्यक्षका लागि निर्वाचन भएको थियो । जसमा धनबहादुर बोगटी, सुबोधराज शेर्पाली र नाराण दास गमाल विर्नाचिन भएमा […]

June 25, 2022

चेस ओलम्पियाडका लागि खेलाडी छनोट

काठमाडौं (हाम्रो खेलकुद) – चेस ओलम्पियाडको ४४औं संस्करणमा सहभागि हुने नेपाली खेलाडीको टुंगो लागेको छ ।शनीबार काठमाडौंमा सम्पन्न छनोट खेलबाट खुला मिलन लामा, क्षितिज भण्डारी र रुपेस जयसवाल छनोट भएका हुन् । मिलन र क्षितिजले ५ अंक पाए भने रुपेसले ४.५ अंक पाए । बर्तमान राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाइ र शिर्ष बरियताका विवेक थीङ स्वत […]

June 24, 2022

कृत्तीसरा र मिलन चेस ओलम्पियाडमा

काठमाडौं (हाम्रो खेलकुद) – डाइनामिक चेस एकेडेमीकी कृत्तीसरा अधिकारी भारतमा आयोजना हुने ४४ औ चेस ओलम्पियाडमा छनोट भएकी छिन् । भारतमा आयोजना हुने प्रतियेगिताका लागि काठमाडौमा जारी छनोट खेलमा कृत्तीसराले ६ चरणको समाप्तीमा ५ अंक जोडेकी छन् । महिला तर्फ अन्य तीन खेलाडीको टुंगो शनीबार हुने अन्तिम चरणको खेलबाट हुने छ । नेपालकी राष्ट्रिय च्याम्पियन […]

June 23, 2022

अनिसा र मिलनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा आयोजना हुने ४४औं चेस ओलम्पियाड छनोटमा अनिसा न्यौपाने र मिलन लामाले एकल अग्रता कायम गरेका छन् । अनिसाले चार चरणसम्म सत प्रतिसत जित हात पारेकी छन् । तेस्रो चरणमा अनिसाले बिनिता कपालीलाई हराएकी उनले चौथो चरणमा लक्ष्मी कणेललाई पराजित गरिन् । खुलातर्फ मिलनले ३.५ अंकसहित अग्रता कायम गरेका छन् । […]

Success

Thank you for your time.