default_image

बुद्धिचाल

March 19, 2023

बुद्धिचाल महासंघ-अध्यक्षमा गौतम निर्विरोध,अन्य पदमा प्रतिस्पर्धा

काठमाडौं (हाम्रो खेलकुद)– इलामका विदुरप्रसाद गौतम नेपाल बुद्धिचाल महासंघको अध्यक्ष सर्वसम्मत चयन भएका छन् । काठमाडौंमा शनिबार भएको आठौं साधारणसभा तथा निर्वाचनबाट गौतम निर्विरोध निर्वाचित भएका हुन् । १३ सदस्य कार्यसमितिमा हेराकाजाी महर्जन वरिष्ठ उपाध्यक्षमा निर्वाचित भए । उनले राजेन्द्रप्रसाद रिजाललाई पराजित गरे । महर्जनले ७० र रिजालले २८ मत प्राप्त गरे । उपाध्यक्षमा मोरङका […]

March 8, 2023

कमल ललितपुर च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुर महालक्ष्मी नगरपालिकाका राष्ट्रिय खेलाडी कमल श्रेष्ठले ५ अंक प्राप्त गर्दै ललितपुर जिल्ला खेलकुद बिकास समितिले बृहत् खेलकुद महोत्सव –२०७९ अन्तर्गत चेसमा पहिलो भएका छन् । ललितपुर जिल्ला खेलकुद बिकास समितिको सभाहलमा सम्पन्न भएको ६ चरणको खेलपछि कमलले आफ्नै नगरका सुरोज महर्जनलाई प्रोग्रेसिभका आधारमा पछाडि पार्दै जिल्ला च्याम्पियन बनेका छन् । […]

January 19, 2023

अन्नपूर्ण बुद्धिचालमा ४ खेलाडीको अग्रता

काठमाडैं (हाम्रो खेलकुद) – अन्नपूर्ण क्लब (आर सिटी) को ९० औं बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित अन्नपूर्ण खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन बिहीबार चौंथौ चरणको खेल सम्पन्न हुँदा चार खेलाडीले संयुक्तरूपमा अग्रता लिएका छन् । फिडे मास्टर रुपेश जैशवाल , पूर्व नेपाल च्याम्पियन सुरविर लामा, ललितपुरका युवा खेलाडी सरोज महर्जन र काभ्रेका खोम प्रसाद तिमिल्सिनाले […]

November 7, 2022

बद्रीलाललाई चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले समृद्धि फाईनान्स पाचौं राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको उपाधि जितेका छन् । पाचौं चरणसम्म एकल अग्रता बनाएका क्यान्डिडेट मास्टर नवीन तण्डुकारलाई छैठौं चरणमा हराएका बद्रीलालले सातौं चरणका खेलमा जर्नादन श्रेष्ठसँग बराबरीको नतीजा आत्मसात गरे । तीन पटकको राष्ट्रिय च्याम्पियन रहिसकेका बद्रीलालको ५० वर्ष माथिको उमेर समुहमा […]

November 6, 2022

नविनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – पूर्व राष्ट्रिय च्याम्पियन क्यान्डिडेट मास्टर नविन तण्डुकारले समृद्धि फाईनान्स नेशनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपमा एकल अग्रता कायम गरेका छन् । पाचौं चरणको खेलमा अर्का पूर्व राष्ट्रिय च्याम्पियन पुण्यमान कर्माचार्यमाथि जित हात पार्दै तण्डुकारले अग्रता कायम गरेका हुन । नेपाल बुद्धिचाल संघको आयोजना तथा समृद्धि फाईनान्सको मुख्य प्रायोजनमा ५० वर्ष माथि उमेर […]

November 5, 2022

समृद्धि फाईनान्स चेसमा ७ खेलाडीको दोहोरो जित

काठमाडौं (हाम्रो खेलकुद)– समृद्धि फाईनान्स नेसनल सिनियर (भेट्रान) चेस च्याम्पियनसिपको पहिलो दिन शनिबार ७ खेलाडीले दुबै खेल जितेका छन् । नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा सुरु भएको च्याम्पियनसिपको पहिलो दिन बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेट मास्टर नवीन तण्डुकार, बलराम नापीत, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान २ अंक जोडेको छन् । च्याम्पियनसिपका […]

November 5, 2022

शीर्ष खेलाडीको शुरुवाती अग्रता

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बुद्धिचाल संघको आयोजनामा काठमाडौंमा समृद्धि फाईनान्स राष्ट्रिय सिनियर (भेट्रान) चेस च्याम्पियनशीप शुरु भएको छ । च्याम्पियनशीपको पहिलो दिन शनिबार दुई चरणका खेल सम्पन्न बद्रीलाल नेपाली, फिडेमास्टर विलमलाल श्रेष्ठ, क्यान्डिडेट मास्टर नवीन तण्डुकार, बलराम नापित, विजय गुरुङ, पुण्यमान कर्माचार्य र रामबहादुर क्षत्री समान दुई अंकका साथ अग्रता लिन सफल भएका छन् […]

October 19, 2022

बुद्धिचालमा आर्मीको वर्चश्व

गोरखा (हाम्रो खेलकुद) – नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा भएको बुद्धिचाल प्रतियोगितामा त्रिभुवन आर्मी क्बलले बर्चस्व कायम गरेको छ । प्रतियोगिता अन्र्तगत भएका ६ इभेन्टका १८ पदकमध्ये त्रिभुवन आर्मी क्बले ५ स्वर्ण, २ रजत तथा २ कास्य पदक जितेर प्रतियोगितामा आफ्नो बर्चस्व कायम गरेको हो । प्रतियोगिताको महिला क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्बलकी सुजना […]

October 17, 2022

बुद्धिचालको महिला क्लासिकलमा आर्मीलाई स्वर्ण

गोरखा (हाम्रो खेलकुद) – नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत गोरखामा जारी बुद्धिचाल प्रतियोगितामा महिलातर्फको क्लासिक इभेन्टमा त्रिभुवन आर्मी क्लबले स्वर्णपदक जितेको छ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबकी सुजना लोहनी क्लासिक चरणमा ९ अंक प्राप्त गर्दै स्वर्ण पदक जित्न सफल भएका हुन् । प्रतियोगितामा लोहनीले क्लासिक चरणका सवै ९ खेल सम्पन्न हुँदा सवै खेलमा जित निकाल्न […]

October 14, 2022

बुद्धिचालमा रुपेश र सुजनालाई सुरुवाती सफलता

गोरखा (हाम्रो खेलकुद)– रुपेश जैसवाल र सुजना लोहनीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता बुद्धिचाल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् । गोरखा जिल्लामा सुरु भएको प्रतियोगिताको पहिलो चरणको खुला क्लासिकल इभेन्टमा विभागीय टोली त्रिभुवन आर्मी क्बलका रुपेशले गण्डकी प्रदेशका लेकबहादुर थापालाई पराजित गरेका हुन् । पहिलो चरणको महिला क्लासिकल इभेन्टमा आर्मीकै सुजनाले बागमतीकी मार्सल तामाङलाई पराजित गरिन् […]

Success

Thank you for your time.