default_image

बुद्धिचाल

April 6, 2025

आइएम लहिरीको विशेष प्रशिक्षण

काठमाडौं (हाम्रो खेलकुद)- हिमालयन चेस एकेडेमीले कमनवेल्थ चेस च्याम्पियनसिप (सन् १९९९) को उपाधि विजेता आईएम (इन्टरनेसनल मास्टर) अतनु लहिरीलाई ल्याएर आइतबारदेखि विशेष प्रशिक्षण थालेको छ । एकेडेमीले इन्टरमिडियट तहका विद्यार्थीका निम्ति ‘मास्टरक्लास विथ आईएम लहिरी’ सञ्चालनमा ल्याएको हो भने प्रशिक्षकका निम्ति टीओटी (ट्रेनिङ फर ट्रेनर्स) सुरु गरेको हो । मास्टरक्लासमा ओपनिङ, मिड गेम स्ट्रटिजी, इन्ड […]

March 18, 2025

पुरुषोत्तमलाई‌ क्याण्डिडेड मास्टर टाइटल

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय प्रतियोगिताका उप विजेता  पुरुषोत्तम सिलवालले श्रीलंका भएको अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा फिडे क्याण्डिडेड मास्टरको टाइटल जितेका छन्।  आफ्नै खर्चमा श्रीलंका पुगेका १७ वर्षे पुरुषोत्तमले अन्तर्राष्ट्रिय प्रतियोगितामा ९ चरणको प्रतिस्पर्धा मा ४.५ अंक जोडेर सिएम टाइटल प्राप्त गरेको नेपाल बुद्धिचाल महासंघले जनाएको छ। वर्ल्ड चेस फेडेरेशन (फिडे) र एसियन चेस फेडेरेशन (एसिएफ) को […]

March 15, 2025

क्षितीज फ्रिस्टाइल चेस च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- फिडेमास्टर (एफएम) क्षितिज भण्डारीले नेपालमा पहिलो पटक आयोजित नयाँ स्वरुपको प्रतियोगिता ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को उपाधि जितेका छन् । क्षितिजले फाइनलमा शुक्रवार क्यान्डिडेट मास्टर (सिएम) मिलन लामालाई पराजित गर्दै उपाधि जितेका हुन् । ‘बेस्ट अफ थ्री’ को आधारमा होटल रोयल सिंगी, दरबारमार्गमा आयोजित फाइनलमा क्षितीजले सुरुआती दुवै खेल जितेर २–० ले […]

March 10, 2025

नेपाली खेलाडीले एसियन जोनल चेस च्याम्पियनसिप खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)-  श्रीलंकामा हुने एसियन जोनल ३.२ चेस च्याम्पियनसिप २०२५ नेपाली टोली त्यसतर्फ प्रस्थान गरेको छ ।  वोर्ल्ड चेस फेडेरेशन (फिडे) र एशियन चेस फेडेरेशन (एसिएफ) को तत्त्वावधान एवं श्रीलंका चेस फेडेरेशनको आयोजनामा फागुन २७ देखि चैत ५ गते (मार्च १@ देखि १८) सम्म हुनेछ । च्याम्पियन्सिपमा‌आयोजक श्रीलंका सहित नेपाल, बंगलादेश, पाकिस्तान, माल्दिभ्स र […]

March 7, 2025

फ्रिस्टाइल चेस च्याम्पियनसिप हुने

काठमाडौं (हाम्रो खेलकुद)- चेसमा नयाँ प्रयोगको रुपमा नेपालमा पहिलोपल्ट फ्रिस्टाइल चेस प्रतियोगिता हुने भएको छ । हिमालयन चेस एकेड्मीले ‘हिमालयन फ्रिस्टाइल चेस च्याम्पियनसिप’ को रुपमा चैत १ गते आयोजना गर्न लागेको हो । एकेडेमीको बार्षिकोत्सवको अवसरमा फ्रिस्टाइल चेस च्याम्पियन आयोजना गर्न लागेको एकेडेमीकी अध्यक्ष मोनालिशा खम्बूले बताइन् । पूर्व विश्व च्याम्पियन अमेरिकी ग्रान्डमास्टर बबी फिसरले […]

March 4, 2025

एनसिसी जुनियर चेकमेट चेसमा अन्नपूर्ण च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद)- एनसिसी जुनियर चेकमेट चेस प्रतियोगिता सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्सको एडुकेसन एन्ड स्पोर्ट्स कमिटिद्वारा हिमालयन चेस एकेडेमी र माइस इभेन्ट्ससँगको सहकार्यमा आयोजित दुई दिने प्रतियोगितामा काठमाडौं उपत्यकाका २४ स्कुलका १ सय १ जना विद्यार्थीको‌ सहभागिता थियो। ब्वाइज र गल्र्सलाई कक्षा ३ देखि ५ सम्म र कक्षा ६ देखि ८ […]

March 2, 2025

पुरुषोत्तमलाई फिडे रेटिङ बुद्धिचाल उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- पुरुषोत्तम सिलवालले अपराजित रहँदै गोकर्णेश्वर नगर मेयर कप खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको‌ उपाधि जितेका छन्। पुरुषोत्तम‌ ९ चरणको क्लासिकल खेलमा ७ जित र २ बराबरी गर्दै ८ अंक जोडेर च्याम्पियन भएका हुन्। गत महिना भएको २५ औं राष्ट्रिय बुद्धिचालमा दोश्रो भएका १९३७ रेटेड १९ वर्षे पुरुषोत्तमले अन्तिम तीन चरणको खेलमा भारतीय […]

February 28, 2025

शुश्रुत कोशी प्रदेश बुद्धिचाल च्याम्पियन

विराटनगर (हाम्रो खेलकुद)- प्रतियोगितामा शीर्ष खेलाडी  सिएम शुश्रुत दहाल ७ अंक जोड्दै शुक्रवार प्रथम कोशी खेलकुद महोत्सव अन्तर्गत बुद्धिचाल च्याम्पियन बनेका छन्। आठ चरणको खेलबाट झापाका २०२१ रेटेड शुश्रुतले स्पष्ट अग्रता लिदै शीर्ष स्थान कब्जा गर्न सफल रहे।यसप्रतिस्पर्धामा खोटाङका १८८७ रेटेड धिरेन राईले ६.५ अंक जोडेर बुकोल्ज्स् ४२.५ प्वाइन्टको आधारमा दोस्रो भए।  विराटनगर स्थित मारवाडी सेवा […]

February 20, 2025

भारतका आशुतोषलाई विदुर मेयर कप चेस उपाधि

नुवाकोट ( हाम्रो खेलकुद)- भारतका आशुतोष कुमारले प्रथम विदुर मेयर कप अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि जितेका छन्।  नुवाकोट जिल्ला बुद्धिचाल संघको आयोजनामा भएको‌ प्रतियोगितामा भारतका १८७१ रेटेड आशुतोष र नेपालका १८७८ रेटेड धिरेन राईले समान ६ अंक जोड्दै बुकोल्ज्स् नियमका आधारमा पहिलो र दोश्रो स्थान प्राप्त गरेका छन्।  बिहीवार अन्तिम चरणमा आशुतोषले नेपालका सिएम शुश्रुत दहाल संग […]

February 1, 2025

रुपेश र सिन्दिरालाई राष्ट्रिय बुद्धिचाल उपाधि 

काठमाडौं (हाम्रो खेलकुद)- एफएम रुपेश जैसवाल र सिन्दिरा जोशीको राष्ट्रिय च्याम्पियन बुद्धिचाल च्याम्पियन बनेका छ। हेटौंडामा शनिवार सम्म चलेको बुद्धिचालको २५ औं राष्ट्रिय प्रतियोगिता रौतहटका रुपेशले ९ अंक जोड्दै उपाधि जितेका हुन्। यो उनको यो दोस्रो राष्ट्रिय उपाधि हो। चौथो वरियता बाट खेल सुरु गरेका रुपेशले अपराजित रहने क्रममा ७ जित, ४ बराबरी खेले। उनले आफ्नो […]

Success

Thank you for your time.