default_image

बक्सिङ

January 30, 2023

एसियन बक्सिङकी पदक विजेता त्रिशा गृहनगरमा सम्मानित

बिर्तामोड (हाम्रो खेलकुद)– थाइल्यान्डमा सम्पन्न एएसबिसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी झापाकी त्रिशा जवेगूलाई गृह नगरमा सम्मान गरिएको छ । झापा भद्रपुरकी त्रिशालाई सोमबार झापा जिल्ला खेलकुद विकास समितिको अगुवाईमा सम्मान गरिएको हो । कार्यक्रममा भद्रपुर झापा गोल्ड कपका वरिष्ठ उपाध्यक्ष आदित्य पराजुलीले त्रिशाले एसियन प्रतियोगितामा पदक प्राप्त गरेर सिंगो झापालाई […]

January 29, 2023

ऐतिहासिक रजत विजेता सुष्मालाई शिरिष फाउन्डेसनको सम्मान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जितेकी युवा उदियमान बक्सर सुष्मा तामाङलाई शिरिष फाउन्डेसनले सम्मान गरेको छ । फाउन्डेसनले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी थाइल्यान्डको बैंककमा यसैसाता सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपका ऐतिहासिक रजतधारी सुष्मालाई २५ हजार रुपैयाँले सम्मानित गरेको हो । उनले फाउन्डेसनकी कोषाध्यक्ष सपना गुरुङले २५ हजार रुपैयाँको […]

January 28, 2023

बक्सिङ टोलीलाई स्वागत

काठमाडौं (हाम्रो खेलकुद) – एसियन बक्सिङ कन्फेडरेसनको आयोजनामा थाइल्याण्डको राजधानी बैंककमा यहि जनवरी १६ देखि २७ तारिखसम्म भएको एएसबीसी अन्डर २२ मेन एन्ड उमन बक्सिङ च्याम्पियनसिप २०२३ मा ऐतिहासिक रजत पदक जित्न सफल सुष्मा तामाङ र कांस्य पदक जित्न सफल अन्य खेलाडीहरु लगायत नेपाली बक्सिङ टोलीलाई स्वागत गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय खेलकुद […]

January 24, 2023

विजय र त्रिशा सेमिफाइनलमा पराजित

काठमाडौं (हाम्रो खेलकुद) – थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू२२ बक्सिङ च्याम्पियनसिप २०२३ को सेमिफाइनलमा नेपाली मुक्केबाज विजय बाटा र त्रिशा जवेगु पराजित भएका छन् । महिलातर्फ ७५ केजी तौल समुहमा त्रिशा जवेगु काजिकिस्तानकी एरजन गुल्सायसँग अंकको आधारमा र पुरुष ८६ केजी तौल समुहमा नेपाली मुक्केबाज विजय बाटा ईन्डोनेसियन मुक्केबाज मोसकिता माईकलसँग […]

January 22, 2023

सुष्मा यू २२ एसियन बक्सिङको फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)– महिला नम्बर एक बक्सर सुष्मा तामाङ थाइल्यान्डमा जारी एएसबिसी यू २२ एसियन बक्सिङ च्याम्पियनसिप अन्तर्गत ४५– ४८ केजी तौल समूहको फाइनलमा प्रवेश गरेकी छिन् । आइतबार मंगोलियाकी खेलाडीलाई आरएससीका आधारमा पराजित गर्दै कम्तीमा रजत पदक पक्का गरेकी छिन् ।नेपाल बक्सिङ संघले सुष्माको जितलाई इतिहास सफलता रहेको बताएको छ । संघका प्रवक्ता श्याम […]

January 19, 2023

सुष्मा र हेमाले पदक पक्का गरे

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा जारी एएसबिसी यु–२२ बक्सिङ च्याम्पियनसिपको दोस्रो दिन बिहीबार नेपालका मुक्केबाज सुष्मा तामाङ र हेमा राईले जित हासिल गरेका छन् । महिला ४८ केजी तौलसमूहमा सुष्माले भियतनामकी क्यूनहानलाई ५–० अंकको आधारमा पराजित गरिन् । हेमाले ५७ केजी तौलसमूहमा सिगांपुरकी चौउजीमिन बेर्नेसलाई आरएसी आईको आधारमा दोस्रो राउण्डमा जित हासिल गरिन् । सुष्मा […]

January 18, 2023

मुक्केबाज इन्द्र क्वार्टरफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – मुक्केबाज इन्द्रबहादुर सुनार थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी अन्टर २२ बक्सिङ च्याम्पियनसिपको ५७ केजी तौल समूहको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । उद्घाटन सत्रपछि बुधबार सुरु भएको प्रतियोगिताको अन्तिम १६ को खेलमा इन्द्रले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस ) ५– ० अंकको आधारमा पराजित गर्दै अन्तिम आठमा पुगेको नेपाल बक्सिङ संघका प्रवक्ता श्याम […]

January 15, 2023

युवा बक्सर थाइल्यान्ड जाँदै

काठमाडौं (हाम्रो खेलकुद) – एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १२ सदस्यीय नेपाली टोली सोमबार थाइल्यान्डको बैंकक प्रस्थान गर्दैछ । जनवरी १६ देखि २७ तारिखसम्म हुने प्रतियोगितामा समान ३–३ पुरुष-महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष ४६–४८ केजीमा लालप्रसाद उप्रेती, ५४–५७ केजीमा इन्द्रबहादुर सुनार र ८०–८६ केजीमा विजय […]

December 27, 2022

ईन्द्र र सुलभको जित

ललितपुर (हाम्रो खेलकुद) – थाइल्यान्डको राजधानी बैंककमा २०२३ जनवरी १६ देखि २८ तारिखसम्म हुन गइरहेको अन्डर २२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिप छनौटमा शुलभ माली र ईन्द्र सुनारले जित हासिल गरेका छन् । नेपाल बक्सिङ संघको आयोजनामा गत सोमबारबाट सुरु भएको खुला छनौट प्रतियोगिताको दोस्रो दिन भएको ५७ केजि तौलसमूहको सेमिफाइनल खेलमा बोसीगाउँका शुलभ मालीले […]

December 26, 2022

सुष्मा एएसबीसी यू२२ मा छनोट

काठमाडौं (हाम्रो खेलकुद) – सुष्मा तामाङ थाईल्याण्डको राजधानी बैककमा जनवरी १६ देखि २८ तारिखसम्म हुने यू२२ पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा छनोट भएकी छिन् । सोमबार भएको राष्ट्रव्यापी खुल्ला छनोटको महिला ४८ केजी तौल समूहमा जेनेक्सका तेजीमाया गुरुङलाई अंकको आधारमा पराजित गर्दैै सुस्मा तामाङ युनानिमसको आधारमा विजयी हुँदै छनोट चरण पार गरेकी हुन् । महिला […]

Success

Thank you for your time.