May 5, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली मुक्केबाज रबिन थापा आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप –२०२३ मा आयोजक राष्ट्र उज्बेकिस्तानी मुक्केबाज शोइयोर्जोन मेलिक्युओ जिइभसँग पराजित भएका छन् । अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबिए) को आयोजनामा उज्वेकिस्तानको तास्कान शहरमा अप्रिल ३० देखि मे १४ तारिख हुने सम्म सन्चालन हुने आईबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिप थापाले ४६–४८ किलो तौल समुहमा […]
May 3, 2023
काठमाडौं (हाम्रो खेलकुख) – नेपाली मुक्केबाज भुपेन्द्र थापा आईबिए पुरुष विश्व बक्सिङ्ग च्याम्पियनसिपमा जर्मनीका गोक्दुमान देवरामसँग पराजित भएको छ । उज्वेकिस्तानको राजधानी तास्कान शहरमा नेपाली मुक्केवाज थापा ६० (६३.५) किलो तौल समुहमा जर्मनीका मुक्बेबाज जर्मनीका गोक्दुमान देवरामसँग ४–१ स्प्लिट अंकको आधारमा पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता तथा अन्तर्राष्ट्रिय कोअडिनेटर श्यामकाजी अवालेले जानकारी दिए । […]
May 1, 2023
ललितपुर (हाम्रो खेलकुद) – चीनको हाङझावमा हुने १९औं एसियाली खेलकुदका लागि बक्सिङको प्रारम्भिक छनोट प्रतियोगिता सोमबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव टंकलाल घिसिङले प्रतियोगिताको एक कार्यक्रमबीच उद्घाटन गरे । पुरुष ५१ केजी तौलसमूहको क्वाटरफाईनलमा नेपाल प्रहरीका चन्द्रबहादुर थापाले ४–३ अंकको आधारमा एचटुओका लालप्रसाद उप्रेतीमाथि जित हासिल गरे । […]
April 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – अन्तर्राष्ट्रिय बक्सिङ संघ (आईबा) को आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने २ खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछ । अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा रविन थापाले ४८ केजी तथा साग स्वर्णधारी भूपेन्द्र थापाले ६३.५ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् । […]
April 9, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बागमती प्रदेश र नेपाल एपीएफ क्लब वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा टिम च्याम्पियन बनेका छन् । बागमती पुरुष तथा एपीएफ महिलामा च्याम्पियन बनेका हुन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा शनिबार भएको प्रतियोगिताको अन्तिम दिन बागमती १ स्वर्ण, ३ रजत र २ कांस्यसहित टिम च्याम्पियन बन्यो । ६ स्पर्धा […]
April 7, 2023
काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका सोनाम सार्की र नेपाल प्रहरीका भुपेन्द्र थापा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६३.५ केजी तौलसमूहमा शुक्रबार फाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भुपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे । पुरुष ५१ केजीमा बागमतीका रविन थापाले मधेश […]
April 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – सुदूरपश्चिम प्रदेशका भरत चन्द, गण्डकी प्रदेशका निशान गुरुङ र कोशी प्रदेशका प्रशान्त दाहाल वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपीएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना […]
April 4, 2023
काठमाडौं (हाम्रो खेलकुद) – मधेश प्रदेशका लक्ष्मण राईले वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार विजयी सुरुआत गरेका छन् । गणेशमान सिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लक्ष्मणले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई पराजित गरे । सोही स्पर्धामा बागमती प्रदेशका रविन थापाले लुम्बिनी प्रदेशका भरत पुन मगर, नेपाल एपीएफ […]
April 1, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङको इतिहासमा ऐतिहासिक रजत पदक जित्न सफल युवा उदियमान बक्सर सुष्मा तामाङलाई पाख्रिन तामाङ समाजले सम्मान गरेको छ । पाख्रिन तामाङ समाजले शनिबार एक दिने बृहत् जनजाति कप ब्याडमिन्टन महोत्सवको दौरान उनलाई नगद १० हजार रुपैयाँ र सम्मान पत्रले सम्मानित गरेका हुन् । उनलाई पाख्रिन तामाङ समाजका अध्यक्ष शुक्र पाख्रिनले […]
March 28, 2023
काठमाडौं (हाम्रो खेलकुद) – बक्सिङ खेलको राष्ट्रिय रेफ्री जज सर्टिफिकेसन कोर्ष मंगलबारदेखि सुरु भएको छ । देशभरीका छब्बिस जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले कोर्षको उद्घाटन गर्दैै नेपाललाई अन्तर्राष्ट्रियस्तरमा सफलता हासिल गर्नका लागि […]