default_image

बक्सिङ

July 27, 2017

३ सय ४६ खेलाडी र प्रशिक्षकलाई ट्रयाक्स सुट वितरण

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय टोलीको तयारी रहेका विभिन्न खेलका खेलाडी र प्रशिक्षकलाई राष्ट्रिय खेलकुद परिषद्ले बिहीबार ट्रयाक्स सुट वितरण गरेको छ । मिसन १३ औं दक्षिण एसियाली खेलकुद (साग) देखि ओलम्पिक परियोजनाअन्तर्गत राष्ट्रिय टोलीमा रहेका १४ खेलका २ सय ८६ खेलाडी र ६० प्रशिक्षक ट्रयाक्स सुट र क्याप वितरण गरिएको राखेपले जनाएको छ । फागुन […]

July 9, 2017

रंगशालामा राष्ट्रिय खेलाडीले मनाए गुरु पूर्णिमा [फोटोफिचर]

काठमाडौँ (हाम्रो खेलकुद) – गुरु पूर्णिमाको अवसरमा राष्ट्रिय टोलीमा प्रशिक्षण गरिरहेका विभिन्न खेलका खेलाडीले आज दशरथ रंगशालामा आफ्नो गुरुहरु प्रति श्रद्धा व्यक्त गरे। एथलेटिक्स, जुडो, बक्सिङ, उसु, तेक्वान्दो, कराते लगायतका खेलाडीले प्रशिक्षण स्थलमै छुट्टाछुट्टै कार्यक्रम आयोजना गरेका थिए। हेर्नुहोस् खेलाडीहरुले कसरी गुरु पूर्णिमा मनाए:

June 30, 2017

वीर गणेशमान महिला तथा पूरुष खुल्ला बक्सिङ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – योङ स्टार स्पोर्टस क्लबको आयोजनामा दोस्रो संस्करणको वीर गणेशमान महिला तथा पूरुष खुल्ला बक्सिङ प्रतियोगिता असार अन्तिमबाट हुने भएको छ । आयोजक योङ स्टार स्पोर्टस् क्लबले राजधानीमा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै दोस्रो संस्करणको वीर गणेशमान महिला तथा पूरुष खुल्ला बक्सिङ प्रतियोगिता असार ३१ गतेबाट साउन ४ गतेसम्म पाँच हुने जानकारी […]

June 18, 2017

विधालय बक्सिङ सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले विद्यालय क्षेत्रबाट प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले विद्यालय बक्सिङ सुरु गरेको छ । आइतबार ललितपुरस्थीत झम्सीखेलमा एक कार्यक्रमको आयोजना गर्दै संघले विभिन्न विद्यालयसँग अन्तरक्रिया गरेको छ । संघको बक्सिङ इन स्कुल अन्र्तगत १० देखि १६ वर्षसम्मका बालबालिकामा बक्सिङ खेल सुरु गरिने भएको छ । संघले पहिलो चरणमा कुल […]

May 30, 2017

बक्सिङको भावी कार्ययोजना सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले भावी कार्ययोजना र कार्य विवरण सार्बजनिक गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै भावी कार्ययोजना र पछिल्लो कार्यविवरण पेश गरेको थियो । कार्ययोजना अन्तर्गत संघले असारमा वीर गणेशमान स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता आयोजना गर्ने बताएको छ । संघले साउनमा स्कुल बक्सिङ प्रशिक्षण कोर्स र युथ […]

May 29, 2017

बैंककमा हुने युथ बक्सिङ च्याम्पियनसिपका लागि ३ खेलाडी छानिए

काठमाडौं (हाम्रो खेलकुद)– थाइल्यान्डको बैंककमा हुने एसभिसी युथ बक्सिङ च्याम्पियनसिपका लागि तीन खेलाडी छनोट भएका छन् । छनोट हुनेमा नक्सालका मिङमार ग्याल्जेन शेर्पा, झापाका सुरेन्द्र राई र काठमाडौंका विशाल श्रेष्ठ छन् । च्याम्पियनसिप असार १७ देखि २३ गते सम्म हुने नेपाल बक्सिङ संघका प्रवक्ता श्याम अवालेले जानकारी दिएका छन् । त्रिपुरेश्वरको दशरथ रंगशालास्थित केन्द्रिय प्रशिक्षण […]

May 24, 2017

नवनियुक्त राखेप सदस्य केसीलाई बक्सिङ संघको बधाई

काठमाडौं (काठमाडौं)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका अर्जुनबहादुर केसीलाई नेपाल बक्सिङ संघले बधाई दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले केसीलाई राखेप बोर्ड सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो । राखेपको बोर्ड सदस्यमा नियुक्त भएका केसीलाई बक्सिङ संघका अध्यक्ष राम अवालेले मंगलवार साँझ बधाई दिनुका साथै कार्यकाल सफलताको शुभकामना दिए । […]

May 20, 2017

‘च्याम्प अफ च्याम्पियन्स’को पहिलो चरण सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रोफेसनल बक्सिङ कमिसनको मातहतमा नेपालमा पहिलो पटक आयोजित ‘च्याम्प अफ च्याम्पियन्स’ बक्सिङ प्रतियोगिताको पहिलो चरणका ५ खेल आज सम्पन्न भएका छन्। दशरथ रंगशालास्थित कभर्ड हलमा आयोजित पहिलो चरणको खेलमा डान्सिङ याक र म्याक्स बक्सिङ प्रोमोसनका ५/५ बक्सरहरु भिडेका थिए। पहिलो खेलमा याकका पदम थापाले म्याक्सका उरेन्द्र बुढा मगरलाई पराजित गरे […]

May 1, 2017

उज्बेकिस्तानमा नेपाली मुक्केवाज पुरन र दिपकको हार

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली मुक्केवाजद्धय पुरन राई र दिपक श्रेष्ठ एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा पराजित भएका छन् । आइतबार भएको प्रतिस्पर्धामा पुरन र दिपक पराजित भएका हुन् । उज्बेकिस्तानको तास्केन्ट शहरमा भएको पुरुष ५६ केजी तौल समूहमा पुरन तीन राउन्ड भिडेपनि ताजकिस्तानका खेलाडि भोहिडोभ एशोरसँग अंकका आधारमा पराजित भए । दिपक पनि ६४ केजी तौल […]

April 26, 2017

बक्सिङ टोली उज्बेकिस्तान जाने

काठमाडौं (हाम्रो खेलकुद) – एसियन बक्सिङ कन्फेडेरेसनको आयोजनामा हुने एएसबीसी एलाईट बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन नेपाली राष्ट्रिय बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान गर्ने भएको छ। च्याम्पियनसिप आगामी अप्रिल ३० देखि मे ८ सम्म हुनेछ । दुई सदस्यीय नेपाली टिमको नेतृत्व नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेले गर्नेछन् । पुरन राईले ५६ केजी र दिपक श्रेष्ठले ६४ […]

Success

Thank you for your time.