default_image

बक्सिङ

February 7, 2019

पुनम र सरस्वती फाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम रावल र नेपाल एपीएफ क्लबकी सरस्वती राना वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को फाइनलमा भिड्ने भएका छन् । बिहीबार वसन्तपुर डबलीमा भएको ६०-६४ केजी तौल समूहको सेमिफाइनलमा दुवै खेलाडीले पहिलो राउण्डमा नै जित दर्ता गरे । पुनमले प्रदेश २ की अपराजिता घतानेलाई तथा सरस्वतीले प्रदेश ६ […]

February 6, 2019

पुनम वीर गणेशमान बक्सिङको सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबकी पुनम रावल वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिप २०१९ को सेमिफाइनलमा प्रवेश गरेका छिन् । बुधबार वसन्तपुर डबलीमा भएको महिला ६०-६४ केजी तौल समूहको क्वाटरफाइनल खेलमा पुनमले प्रदेश १ की त्रिशा जबेगुलाई हराउँदै अन्तिम ४ को यात्रा सुनिश्चित गरिन् । सोहि तौल समूहमा एपीएफकि सरस्वती रानाले प्रदेश ३ कि […]

February 5, 2019

दिवान वीर गणेशमान बक्सिङको क्वार्टरफाइनल

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबकी दिवान शर्मा तेस्रो वीर गणेशमान राष्ट्रिय बक्सिङ प्रतियोगिता २०७५ को क्वार्टरफाइनलमा पुगेका छिन् । मंगलबार वसन्तपुर डबलीमा भएको प्रतियोगिताको पहिलो दिनको खेलमा पुलिसकी दिवानले प्रदेश ४ की आकृति गुरुङलाई पहिलो राउण्डमा नै पराजित गरिन् । त्यसअघि प्रतियोगिताको पहिलो खेलमा पुरुष ४९ केजीमा प्रदेश २ का पवन श्रेष्ठले प्रदेश […]

February 5, 2019

वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ आजदेखि

काठमाडौं (हाम्रो खेलकुद) – गणेशमान सिंह फाउन्डेसनको आयोजनामा आजदेखि चार दिनसम्म बसन्तपुर डबलीमा वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ च्याम्पियनसिप आयोजना हुदैछ । आयोजकले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भैसेकेको जानकारी गराएको छ । प्रतियोगिता आजबाट माघ २६ गते सम्म सञ्चालन हुनेछ । प्रतियोगिताको उद्घाटन फाउन्डसेनका अध्यक्ष प्रकाशमान सिंहले गर्ने कार्यक्रम छ । गणेशमान सिंहका नाममा […]

January 10, 2019

ललिता र विमलालाई स्वर्ण

काठमाडौं (हाम्रो खेलकुद) – पहिलो संस्करणको इन्द्रमाया महर्जन मेमोरियल अन्तर्राष्ट्रिय बक्सिङ च्याम्पियनसिपमा नेपालले वर्चस्व जमाएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लबमा आबद्ध रहेकी नेपालकी ललिता महर्जन र र विमला श्रेष्ठले स्वर्ण जितेकी छन् । बोसीगाउमा बिहीबार सकिएको च्याम्पियनसिपमा महिला ४८ केजी तौल समूहमा नेपालकी ललिता महर्जनले नेपालकै नङ्जा बुढामगरलाई अंकको आधार ५–० ले हराउदै स्वर्ण जितिन् । […]

December 28, 2018

करातेकी अनु र भारोत्तोलनका कमल सर्वोत्कृष्ट खेलाडी , गुप्ता गजराज आदर्श खेल व्यक्तित्व

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण एसियाली खेलकुदका पदक विजेता करातेकी अनु अधिकारी र भारोत्तोलनका कमल अधिकारी एनएनआइपिए वर्षका सर्वोत्कृष्ट खेलाडी २०७४ घोषित भएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले हरेक वर्ष प्रदान गर्दै आएको वर्षका उत्कृष्ट खेलाडीमध्येबाट अनु र कमल सर्वोत्कृष्ट छनोट भएका हुन् । सर्वोत्कृष्ट दुवैले जनता बैंकले प्रायोजन गरेको समान […]

December 21, 2018

लुमन्ति र शिवानी उपाधिनजिक

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी लुमन्ती श्रेष्ठ र क्योकुसिनकी शिवानी श्रेष्ठ दोस्रो वीर गणेशमान सिंह स्मृति राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । उनीहरुले महिला ६० केजी तौल समूहमा आ–आफ्नो प्रतिद्धन्द्धीलाई शुक्रबार पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् । ललितपुरको चापागाउँमा भइरहेको प्रतियोगितामा लुमन्तीले आयोजक ललितपुर जिल्ला किक बक्सिङ संघकी कल्पना […]

December 13, 2018

तीन देशका खेलाडी सम्मिलित बक्सिङ अर्को महिना

काठमाडौं (हाम्रो खेलकुद)– बोसीगाँउ स्पोर्टस क्लबको आयोजनामा अर्को महिना तीन देशका खेलाडीबीच मैत्रीपूर्ण बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । पुस २५ र २६ गते इन्द्रमाया महर्जन स्मृति बक्सिङ प्रतियोगिता ओजना गरिने बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । २०७२ को विनाशकारी भूकम्पमा परि ज्यान गुमाएकाहरुको सम्झनामा प्रतियोगिता आयोजना गर्न लागेको आयोजक क्लबका अध्यक्ष एंवम् […]

December 11, 2018

बक्सिङ प्रशिक्षक मास्केलाई पत्नि शोक

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का वरिष्ठ बक्सिङ प्रशिक्षक ओम मास्केलाई पत्नि शोक परेको छ । मास्केकी पत्नी रचना मास्केको गए राती हृदयघातका कारण मृत्यु भएको थियो । हृदयघात भएपछि उनलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि लगिएको थियो । ४१ वर्षे मास्के शिक्षण अस्पतालकै सिनियर नर्सका रुपमा कार्यरत थिइन् । मास्के […]

December 7, 2018

गणेशमान सिंह राष्ट्रिय बक्सिङ माघमा

काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि राजधानीमा वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ । गणेशमान सिंह फाउन्डेसनको आयोजनामा हुने प्रतियोगिता माघ २२ गते देखि २६ गते सम्म बसन्तपुर डबलीमा हुने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहयोगमा हुने प्रतियोगितामा ७ प्रदेश र ३ विभाग (नेपाल प्रहरी, […]

Success

Thank you for your time.