April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोस्रो स्थान […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार पोल्यान्डको किल्सी प्रस्थान गरेका छन् । अप्रिल १३ देखि २३ तारिखसम्म हुने प्रतियोगिताको ४८ केजीमा सुस्मा तामाङ तथा ५४ केजीमा सुमिना खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – एपीएफका मंगलप्रसाद थारु र मुवाँथाईका अब्राहम राइ वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । १३औं दक्षिण एसियाली खेलकुद (साग) को उसुमा रजत जितेका मंगलले आयोजक ललितपुरका सन्तोष मगरलाई पराजित गरे । सोही स्पर्धामा बक्समान्डुका मनीषकुमार भुजेल र नेपाल आर्मीका […]
April 8, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल राष्ट्रिय मुवाँथाइका कविन देशार वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिताको पुरुष ५० केजीमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा कविनले उसुका कृष्ण खड्कालाई पराजित गरे । सोही स्पर्धामा उसुका कमल कथायत, नेपाली सेनाका […]
March 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – सुमिना खड्का आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसिपको ६० केजी तौल समूहमा छनोट भएकी छन् ।आरडिएस क्लबकी सुमिनाले बुधवार बक्समाण्डौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउदै छनोट भएकी हुन् । ४८ केजी तौल समूहमा नक्सालकी सुष्मा तामाङ मंगलबार नै वल्र्ड च्याम्पियनसिपका लागि छनोट भएकी थिइन् । नेपाल […]
March 16, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नक्सालकी सुष्मा तामाङ आइवा युथ वल्ड बक्सिङ च्याम्पियनशिपका लागि ४८ केजी तौल समूहमा छनोट भएकी छन् । उनले आफ्नी प्रतिद्धन्दी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथी अंकका आधारमा ३–२ को कठिन जित हात पारिन । त्यसै गरि ६० केजी तौल समूहमा बक्समाण्डौंकी डेचेन शेर्पा फाईनलमा प्रबेश गरेकी छन् । उनले झापाकी सुस्मिता राईलाई […]
March 6, 2021
काठमाडौं (हाम्रो खेलकुद) – बक्समान्डुका चन्द्र तामाङ र आरडीएसकी रमिसा श्रेष्ठ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उत्कृष्ट खेलाडी बनेका छन् । चन्द्र पुरुष र रमिसा महिलातर्फ उत्कृष्ट बनेका हुन् । चन्द्रले मोटरसाइकल र महिलातर्फकी उत्कृष्ट खेलाडी रमिसाले स्कुटर प्राप्त गरे । शनिबार भएको पुरुष ६९ केजी तौल समूहको फाइनलमा चन्द्रले आरडीएसका करणसिंह […]
March 5, 2021
काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सनिल शाही र नक्सालकी सुस्मिता तामाङ वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार भएको पुरुष ६४ केजी तौल समूहमा सनिलले धादिङका पवन गुरुङ र महिला ४८ केजीमा सुस्मिताले भक्तपुरकी अस्मिता दुवाललाई पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् । सनिल १३औं दक्षिण एसियाली खेलकुद […]
March 4, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आरडीएसकी रमिसा श्रेष्ठ र बोसिगाउँकी माया क्षत्री वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहीबार भएको महिला ४८ केजी तौलसमूहमा रमिसाले प्लाटिनमकी तेजीमाया गुरुङ र मायाले भक्तपुरकी करुणा चक्रधरलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका हुन् । यही तौल समूहमा भक्तपुरकी अस्मिता दुवालले तारकेश्वरकी जानुका […]
March 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – प्लाटिनियमकी तेजीमाया गुरुङ र तारकेश्वर बक्सिङ क्लबकी जानुका थापा वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । बुधबार भएको महिला ४८ केजी तौल समूहमा तेजीमायाले चितवनकी कल्पना रावल र यही तौल समूहमा जानुकाले कोट्स्यभैरवकी दीपा शाहीलाई पराजित गर्दै अन्तिम आठमा स्थान बनाएकी हुन् । नागार्जुन बक्सिङ […]