July 11, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघको आयोजनामा एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगिताका लागि खेलाडी छनोट आइतबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । प्रतियोगितामा २६ पुरुष र ९ महिला गरी जम्मा ३५ खेलाडीको सहभागिता रहेको छ । पुरुषको युथमा ६ र जुनियरमा ४ गरी १० स्पर्धा समावेश छन् । महिलातर्फ युथ र […]
June 3, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल बक्सिङ संघले बक्सिङका पूर्व खेलाडी, प्रशिक्षक तथा निर्णायक हरिबहादुर केसीको निधन श्रद्धाञ्जली व्यक्त गरेको छ । संघका महासचिव सविन भट्टाचार्यले विज्ञप्ती जारी गरी कोरोनासँग लामो लडाई लडेका केसीको बिहिबार निधन भएको उल्लेख छ । केसीले सन् १९९९ मा नेपालमै आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साफ) मा रजतपदक तथा भारतको […]
May 21, 2021
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नेपाल बक्सिङ संघलाई संघको साधारण सभा स्थगित गर्न निर्देशन दिएको छ । कोरोनाको दोस्रो लहरका कारण उत्पन्न विषम परिस्थितिलाई मध्यनगर राख्दै राखेपको पूर्व स्वीकृती नलिइ गर्न लागिएको संघको साधारण सभा राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा २८ को ङ बमोजिम राखेपको अर्को निर्देशन प्राप्त नभएसम्मका लागि […]
April 25, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोल्यान्डको किल्सीमा भएको आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी २ खेलाडीसहित ३ सदस्यीय नेपाली बक्सिङ टोली आइतबार स्वदेश फर्किएको छ । अप्रिल १० देखि २४ तारिखसम्म भएको प्रतियोगितामा दुई महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गरेका थिए । सुष्मा तामाङ ४८ केजीमुनि क्वाटरफाइनलसम्म पुगेकी थिइन् । पहिलो चरणमा बाइ […]
April 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपालकी १९ वर्षीय बक्सर सुष्मा तामाङ आइबा युथ बक्सिङ च्याम्पियनसिप अन्तर्गत ४५-४८ केजी लाइट फ्लाइवेट समुहको क्वाटरफाइनलमा पराजित भएकी छिन् । पोल्यान्डको किएल्चामा जारी प्रतियोगितामा सुष्माले शनिबार लिथुआनियाकी दिया बयालितेलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएकी थिइन् । सुष्मा यस प्रतियोगितामा जित हासिल गर्ने नेपालकै पहिलो बक्सर समेत बनेकी थिइन् […]
April 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – पोल्याण्डमा जारी आईबा युथ मेन्स एन्ड वमन्स वल्र्ड बक्सिङ च्याम्पियनसिपको प्रिलिमिनरी बक्सिङ बाउट लाइट फ्लाइट वेट ४८ केजी तौल समूहमा सुष्मा तामाङले सफलता हासिल गरेकी छन् । सुष्मा लिथुआनियाकी बजाल्याते डिजालाई तेस्रो राउन्डमा आरएसीको आधारमा पराजित गर्दै क्वार्टरफाइनल पुगेकी हुन् । पहिलो राउण्न् देखि नै निकै आक्रमक रुपमा विपक्षी खेलाडी माथि […]
April 14, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सर सुमिना खड्का आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा पराजित भएकी छन् । पोल्यान्डको किल्सीमा भइरहेको प्रतियोगिताको महिला ५४ केजीमा सुमिना बेलारुसकी विनाराभा आर्नासंग पराजित भएकी हुन् । तीनै राउन्ड प्रतिस्पर्धा गरेकी सुमिना अंकका आधारमा प्रतिद्वन्द्वी विनाराभासंग पराजित भएको नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका छन् । […]
April 13, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका भूपेन्द्र थापा मगर र ललितपुरका सनिल शाही एएसबीसी एलिट पुरुष तथा महिला बक्सिङ प्रतियोगितामा मंगलबार पहिलो भएका छन् । दुवै नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी हुन् । पुरुष ६४ केजी भूपेन्द्रले भूपु बक्सिङ पोखराका पवन गुरुङ तथा ६९ केजीमा सनिलले नेपाल आर्मी क्लबका रवि […]
April 10, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मी वीर गणेशमान सिंह स्मृति चौथो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । तीन दिनसम्म चलेको प्रतियोगितामा आर्मीले ६ स्वर्ण, ३ रजत र ६ कांस्य जित्यो । नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभाग र ललितपुर जिल्ला किक बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्वर्ण जितेको एपीएफ दोस्रो स्थान […]
April 9, 2021
काठमाडौं (हाम्रो खेलकुद) – आइबा युथ पुरुष तथा महिला विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन २ महिला खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार पोल्यान्डको किल्सी प्रस्थान गरेका छन् । अप्रिल १३ देखि २३ तारिखसम्म हुने प्रतियोगिताको ४८ केजीमा सुस्मा तामाङ तथा ५४ केजीमा सुमिना खड्काले नेपालको चुनौती प्रस्तुत गर्ने नेपाल बक्सिङ संघका प्रवक्ता श्यामकाजी अवालेले जनाएका […]