default_image

बक्सिङ

October 26, 2021

सनिल विश्व बक्सिङ च्याम्पियनसिपको अन्तिम ३२ मा

काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता मुक्केबाज सनिल शाही सर्बियाको बेलग्रेडमा सोमबार सुरु भएको २१ औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप अन्तर्गत ६७ केजी तौल समूहको अन्तिम ३२ मा पुगेको छ । नेपाली समय अनुसार सोमबार राती ९ः४५ मा सुरु हुनु पर्ने प्रतिस्पर्धामा इराकी खेलाडी इसाम अल […]

October 24, 2021

बक्सिङ संघका पदाधिकारीविरुद्ध मन्त्रीलाई ध्यानाकर्षण

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले नेपाल बक्सिङ संघका अध्यक्षसहितलाई कारवाहीको माग गर्दै युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजलगायत सरोकारवाला निकायलाई आइतबार ध्यानाकर्षण गराएको छ । लोकतान्त्रिक बागमती प्रदेशले सर्वियाको बेलग्रडमा आयोजना हुने २१ औं आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने बक्सिङ खेलाडीका लागि बिहीबार राखेको विदाईमा खेलाडी र प्रशिक्षकलाई […]

October 22, 2021

बक्सिङ टोली सर्विया प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको २१औं आइवा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । नेपाल बक्सिङ संघले शुक्रबार युवा तथा खेलकुद मन्त्रालयमा खेलकुद मन्त्री महेश्वरजंग गहतराजबाट चारजना खेलाडीसहितको अफिसियललाई बिदाई गरेका हुन् । युवा तथा खेलकुद मन्त्री गहतराजले खेलाडी तथा अफिसियसलाई बिदाई गर्दै […]

October 21, 2021

विदाईमा खेलाडी अनुपस्थित, आयोजक बक्सिङ संघसँग आक्रोशित

काठमाडौं (हाम्रो खेलकुद) – आइबा विश्व बक्सिङ च्याम्पियनसिपमा भाग लिने जाने तयारीमा रहेका खेलाडी र प्रशिक्षकको टोलीका लागि नेपाल लोकतान्त्रिक खेलकुद संघ, बागमती प्रदेशले बिहीबार राजधानीमा विदाई कार्यक्रम राखेको थियो । तर, खेलाडी र प्रशिक्षकको टोली नै उपस्थित नभएपछि कार्यक्रमका मुख्य अतिथि पूर्व मन्त्री नेपाल कांग्रेसका नेता एनपी साउद पनि गएनन् । नेपाल बक्सिङ संघका […]

October 6, 2021

दोस्रो प्रकाश दाहाल स्मृति बक्सिङ अर्काे महिना

काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो प्रकाश दाहाल स्मृति महिला तथा पुरुष राष्ट्रिय बक्सिङ प्रतियोगिता कात्र्तिक अन्तिम साता आयोजना हुने भएको छ । आयोजक नेपाल बक्सिङ संघले बुधबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिता २९ कात्र्तिकदेखि ३ मसिंरसम्म काठमाडौंमा हुने जानकारी गराए । प्रतियोगिता त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा खेलाउने तयारी भइरहेको नेपाल बक्सिङ […]

September 20, 2021

सनिललाई सफलता

काठमाडौं (हाम्रो खेलकुद) – ललितपुरका सनिल शाही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६७ केजीमा सोमबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिलले बक्समान्डुका दावा छिरिङ लामालाई ५–० ले पराजित गरे । यससंगै छनोट प्रतियोगिता सम्पन्न भएको छ […]

September 19, 2021

भुपेन्द्र पहिलो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल प्रहरीका भुपेन्द्र थापा मगर आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ६३ केजीमा आइतबार पहिलो भएका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको फाइनलमा १३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भुपेन्द्रले भीपीपीकेआरका पवन गुरुङलाई पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा जारी प्रतियोगिताको ५१ केजीमा […]

September 18, 2021

रविन र प्रदीप फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एचटुओका रविन थापा र एपीएफका प्रदीप महर्जन आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगिताको ५१ केजीमा शनिबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा रविनले नेपाल प्रहरीका चन्द्र थापा मगर तथा प्रदीपले अल्फाका विशेष बुढा मगरलाई पराजित गरे । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भइरहेको […]

September 17, 2021

विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनोट सुरु

काठमाडौं (हाम्रो खेलकुद) – आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि खुला छनोट प्रतियोगिता शुक्रबारदेखि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको छ । नेपाल बक्सिङ संघद्वारा आयोजित प्रतियोगितामा ५ स्पर्धामा ३२ खेलाडीको सहभागिता रहेको आयोजक संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् । ५ स्पर्धा समावेश भएपनि खेलाडी संख्या भने पछि छनोट समितिले निर्धारण गर्ने जनाइएको छ […]

September 13, 2021

आर्मीका बक्सरले विश्व मिलिटरी बक्सिङमा प्रतिस्पर्धा गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – त्रिभुवन आर्मी क्लबका ८ बक्सरले रुसको मस्कोमा हुने ५८ अ‍ौं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । आर्मीले सोमबार एक कार्यक्रममाझ सहभागी खेलाडी तथा अफिसियललाई बिदाई तथा शुभकामना व्यक्त गरेको छ । प्रधानसेनापति प्रभुराम शर्माले शुभकामना सन्देशसहित पदक जित्ने विश्वास रहेको बताए । उनले खेलाडीले अनुभव बटुल्ने सँगै भविष्यमा […]

Success

Thank you for your time.