January 28, 2022
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल बक्सिङ संघको शनिबार साधारण सभा हुने भएको छ । तर, संघकै महासचिव सविन भट्टाचार्यले भने अहिले साधारण सभा गर्नुको औचित्य नरहेको भन्दै फरक मत राखेका छन् । संघका अध्यक्ष राम अवालले शुक्रबार विज्ञप्ती जारी गर्दै संघको विधान अनुसार नियमित साधारण सभा ललिपुरको हात्तीबनमा हुन लागेको जनकाएका छन् । राष्ट्रिय दैनिकमा २१ […]
January 19, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली बक्सिङ खेलाडी सुष्मा तामाङले एएसबीसी यू–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने भएकी छिन् । उज्वेकिस्तानको तस्कन्त शहरमा हुने च्याम्पियनसिपका लागि बुधबार राति गरिएको पीसीआर परिक्षणमा पोजेटिभ नतिजा आएपछि अन्तिम समयमा प्रतियोगिता खेल्नबाट बञ्चित हुने नेपाल बक्सिङ संघले जनाएको छ । अब एशियन बक्सिङ कन्फेडेरेशनको निमन्त्रणा एवं उजवेकिस्तान […]
January 17, 2022
काठमाडौं (हाम्रो खेलकुद) – उज्वेकिस्तानको तास्कन्त शहरमा संचालन हुने एएसबीसी यु–२२ पुरुष÷महिला बक्सिङ च्याम्पियनसिपमा सहभागी हुने नेपाली बक्सिङ टोलीलाई बिदाई गरिएको छ । सुस्मा तामाङ्ग (४८ केजीमुनि तौल समुहमा र प्रशिक्षकहरुमा प्रमुख प्रशिक्षक प्रकाश थापा मगर र राष्ट्रिय प्रशिक्षक नविन तन्डुकार रहेका छन् । उनीहरुलाई युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले आफ्नै निवास पुल्चोकबाट बिदाई […]
November 19, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीकी मिनु गुरुङ प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको महिला ५४ केजीमा शुक्रबार स्वर्ण जितेकी छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भएको प्रतियोगिताको फाइनलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले नेपाल प्रहरीकी निशा तामाङलाई पराजित गरिन् । […]
November 18, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल आर्मीका सुवास तामाङ र एपीएफका प्रदीप महर्जन प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५१ केजीमा बिहीबार फाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगिताको सेमिफाइनलमा सुवासले उदयपुरका नारायण भुजेल तथा प्रदीपले रुकुमका जीवनकुमार पुनलाई पराजित गरे […]
November 17, 2021
काठमाडौं (हाम्रो खेलकुद) – विभागीय टोली नेपाल आर्मीका सुशील थापा र नेपाल एपिएफ क्लबका पुरन राई प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिता अन्तर्गत आ-आफ्नो तौल समूहको सेमिफाइनलमा प्रवेश गरेका छन् । नेपाल बक्सिङ संघको आयोजनामा भइरहेको प्रतियोगितामा सुशीलले ४८ केजी तौल समूहमा उदयपुरका लक्ष्मण राईलाई पराजित गरे । उक्त स्पर्धाको अन्य […]
November 17, 2021
सुबास हुमागाईं, काठमाडौं विश्व बक्सिङको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय बक्सिङ संघका अध्यक्ष उमार क्रेम्लेभ बुधबार नेपाल आइपुगेका छन् । नेपाल बक्सिङ संघको निमन्त्रणामा क्रेम्लेभ दुई दिने भ्रमणका लागि नेपाल आइपुगेका हुन् । रुसी नागरिक क्रेम्लेभसहित आइबाको ८ सदस्यीय टोली २ दिनको लागि नेपाल आएको हो । भ्रमणका क्रममा क्रेम्लेभले विभिन्न निकायसँग भेटघाटका साथै सातदोबाटोमा जारी प्रकाश […]
November 16, 2021
काठमाडौ (हाम्रो खेलकुद) – एपिएफका पुरन राई र नेपाल आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोश्रो राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीको क्वाटरफाइनलमा पुगेका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा रहेको कराते हलमा जारी प्रतियोगितामा मंगलबार पुरनले कास्कीका सरोज विक र बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई हराउँदै अन्तिम आठको यात्रा तय गरेका थिए […]
November 15, 2021
काठमाडौं (हाम्रो खेलकुद) – नक्सालका विजय थापा प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ६० केजीमा सोमबार विजयी भएका छन् । नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा भइरहेको प्रतियोगितामा विजयले थानकोटका विपिन गोपालीलाई पराजित गरे । उक्त स्पर्धामा बीटीएफसीका मौसम राना मगरले एपीएफका विक्रम परियार, कास्कीका सौगात […]
October 26, 2021
काठमाडौं (हाम्रो खेलकुद) – १३ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता भुपेन्द्र थापा आइवा पुरुष विश्व बक्सिङ च्याम्पिनसिपबाट बाहिरिएका छन् । सर्बियाको बेलग्रेडमा सुरु भएको च्याम्पियनसिपको दोस्रो दिन मंगलबार ६३.५ केजी तौल समूहमा भुपेन्द्र फ्रान्सेली खेलाडी हामरावीसँग ५–० ले पराजित भइका हुन् । पहिलो चरणअन्तर्गत तेस्रो राउन्ड सम्म चलेको खेलमा भुपेन्द्र २२ […]