default_image

विश्वकप विशेष

November 23, 2022

प्रशिक्षक बन्न सफाइ कर्मचारीको काम गरेका साउदी प्रशिक्षक

एजेन्सी – अर्जेन्टिनामाथि साउदी अरेबियाको २–१ को ऐतिहासिक जित एसियाली राष्ट्र कतारमा जारी फिफा विश्वकप २०२२ को अप्रत्याशित नतिजा मध्येको एक हो । उपाधि दावेदार टोलीकै रुपमा हेरिएको अर्जेन्टिनाले साउदीसँग यस्तो हार बेहोर्ला भन्ने कसैले पनि सोचेका थिएनन् । तर नतिजा त्यस्तै आयो । साउदीको ऐतिहासिक जितमा साउदीका खेलाडीको प्रदर्शन निकै उत्कृष्ट थियो । यो […]

November 22, 2022

अर्जेन्टिनालाई हराएपछि साउदीमा सार्वजनिक विदा

एजेन्सी – उपाधि दावेदर अर्जेन्टिनामाथि ऐतिहासिक जित निकालेपछि साउदी अरेबियाका राजा सलमानले (बुधबार) एक दिन सार्वजनिक विदा दिने निर्णय गरेका छन् । साउदी अरेबियाका राजा सलमानले अर्जेन्टिनाविरुद्ध २–१ को जित निकालेपछि देशमा उत्सव मनाउन (बुधबार) एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् । यो सार्वजनिक विदा सार्वजनिक र निजी क्षेत्रका साथै देशभरका विद्यार्थीहरूको लागि […]

November 22, 2022

डेनमार्क र ट्युनिसियाको बराबरी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तरगत समूह ‘डी’ को खेलमा डेनमार्क र ट्युनिसियाले बराबरी खेल्दै अंक बाँडेका छन् । एजुकेसन सिटी रंगशालामा मंगलबार राति भएको प्रतिस्पर्धात्मक खेल गोलरहित बराबरीमा सकिएको हो । दुवै टोलीले गोलका केही अवसर पाएपनि सदुपयोग गर्न सकेन । जारी विश्वकपमा यो दोस्रो बराबरी हो । यसअघि अमेरिका र वेल्सले १–१ […]

November 22, 2022

अर्जेन्टिनाको अपराजित यात्रामा पूर्णविराम

एजेन्सी – उपाधिको बलियो दावेदार दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमै एसियाली प्रतिद्धन्द्धी साउदी अरेबियासँग स्तब्ध बन्न पुगेको छ । सुरुवाती अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना साउदीसँग २–१ ले स्तब्ध बनेको हो । यस हारसँगै अर्जेन्टिनाको अपराजित यात्रा ३७औं खेलमा आएर टुंगिएको छ । कोपा अमेरिका कपमा ब्राजिलसँग २–१ […]

November 22, 2022

वेलको गोलमा वेल्स हारबाट जोगियो

एजेन्सी – खेलको अन्त्यतिर कप्तान ग्यारेथ बेलले पेनाल्टीमार्फत गोल गरेपछि वेल्स फिफा विश्वकप कतार २०२२ को पहिलो खेलमा हारबाट जोगिएको छ । वेल्सले अमेरिकासँग १–१ गोलको बराबरी खेलेको हो । अकहमेद विन अली स्टेडियममा सोमबार राति भएको प्रतिस्पर्धात्मक खेलमा टिमोथी वेहले गोल गर्दै पहिलो हाफमा अमेरिकालाई सुरुवाती अग्रता दिलाएपनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकिन पुग्यो […]

November 22, 2022

‘अरुले पनि अर्जेन्टिना जितोस् भन्दा खुसी लाग्छ’ – मेस्सी

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह सी को पहिलो खेलमा मंगलबार अर्जेन्टिनाले साउदी अरबको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो ३:४५ बजे लुसेल रंगशालामा हुनेछ । कतार विश्वकपमा पहिलो खेलको पूर्व सन्ध्यामा कप्तान मेस्सीले आफू खेलका लागि तयार रहेको बताए । ‘शारीरिक रुपमा म ठिक छु । मेरो लागि व्यक्तिगत र […]

November 19, 2022

सबै टोली सचेत हुनुपर्ने समूह जी

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । विश्वकप इतिहासमा सर्वाधिक उपाधि जित्ने ब्राजिल यसपटक पनि उपाधि दावेदारको रुपमा रहेको छ । तर यसपटक टोलीलाई समूह चरणमा सचेत हुनुपर्ने देखिन्छ । ब्राजिलको टोलीमा अनुभवी र युवा खेलाडीको सम्मिश्रण छ । तर मिडफिल्डमा भने टोलीलाई केही कठिनाइ पर्ने देखिन्छ । आक्रमणमा भरपुर विकल्प […]

November 19, 2022

समूह ‘ई’ मा स्पेन र जर्मनीको घमासान

सुबास हुमागाईं, कतार फिफा विश्वकप २०२२ आइतबारदेखि सुरु हुँदैछ । समूह चरण अन्तर्गत यसपटक समूह डीमा दुई पूर्व विजेता जर्मनी र स्पेन एकै समूहमा परेका छन् । जर्मनीलाई यसपटक विश्वकपको दावेदारको रुपमा पनि हेरिएको छ । युरोपेली क्लबका लागि जर्मन खेलाडी उच्च लयमा रहेको र कागजमा टोलीको स्तर पनि निकै राम्रो देखिन्छ । अनुभवी र […]

November 19, 2022

साविक विजेता फ्रान्सलाई समूहमै रोक्ने अष्ट्रेलिया र डेनमार्कको प्रयास

सुबास हुमागाईं, कतार फिफा विश्वकप कतार २०२२ आइतबारदेखि सुरु हुँदैछ । साविक विजेता फ्रान्स विगतमा उपाधि रक्षा गर्ने टोलीले भोगेको खराब नतिजालाई परिवर्तन गर्ने लक्ष्यसहित समूह डी मा प्रतिस्पर्धा गर्नेछ । त्यसो त विश्वकपको लागि अन्तिम टोली घोषणा गर्नुअघि नै फ्रान्सले महत्त्वपूर्ण खेलाडीको साथ गुमाइसकेको थियो । चोटका कारण टोलीमा मिडफिल्डरद्वय पल पोग्बा र एनगोलो […]

November 19, 2022

समूह सी को केन्द्रविन्दु मेस्सी र अर्जेन्टिना

सुबास हुमागाईं, कतार कतारमा आइतबारदेखि विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२२ सुरु हुँदैछ । पछिल्लो डेढ दशक विश्व फुटबलमा अधिपत्य जमाएका लिओनेल मेस्सीसामु करिअरमा अन्तिम पटक विश्वकप जित्ने अवसर छ । त्यसैले पनि समूह सी मा उनै मेस्सी र अर्जेन्टिनाको चर्चा सर्वत्र छ । अघिल्लो वर्ष कोपा अमेरिका उपाधि जित्दै मेस्सीले अर्जेन्टिनाबाट महत्त्वपूर्ण सफलता हात […]

Success

Thank you for your time.