default_image

ओलम्पिक

March 3, 2024

खेल पोसाकका लागि एनओसी र कोमोरेबीबीच सम्झौता

काठमाडौं (हाम्रो खेलकुद) – फ्रान्सको पेरिसमा हुने ३३ औं गृष्मकालीन ओलम्पिकमा सहभागी हुने नेपाली टोलीको पोसाकका लागि नेपाल ओलम्पिक कमिटी (एनओसीं) ले आइतबार कोमोरेबीसँग सम्झौता गरेको छ । एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठ र कोमोरेबीका सीईओ ड्यानिएल भालेटिनले सम्झौतामा हस्ताक्षर गरे । कोमोरेबी फ्रान्सेली टेक्सटाइल कम्पनी हो । सम्झौता अनुसार पेरिस ओलम्पिक्समा सहभागी हुने नेपाली टोलीका […]

December 30, 2023

एसियाडका पदक विजेता र सहभागी खेलाडी सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)- चीनको हाङ्गचौमा असोजमा‌ भएको १९ औं एसियाली खेलकुद (एसियाड) मा पदक विजेता र सहभागी खेलाडीलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शनिबार सम्मान गरेको छ । सो अवससमा सहभागी खेलाडीलाई आयोजकबाट प्राप्त विशेष प्रमाणपत्र पनि प्रदान गरिएको थियो । असोज ६ देखि २१ सम्म आयोजित एसियाडमा नेपालबाट २९ खेलमा २ सय ५३ खेलाडीको […]

December 29, 2023

मुक्तिनाथ क्षेत्रमा स्की प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल स्की संघको आयोजनामा माघको दोस्रो सातातिर पाँचौ राष्ट्रिय स्की प्रतियोगिता हुने भएको छ । प्रतियोगिता मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने शुक्रबार संघले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ । प्रतियोगितामा अल्पाइनको जायन्ट स्लालम विधामा प्रतिस्पर्धा हुनेछ । त्यसमा पुरुष तथा महिलाको प्रतिस्पर्धा हुने बताइएको छ । प्रतियोगितालाई लक्षित गरेर गरिने प्रशिक्षणमा ५० […]

December 5, 2023

ओलम्पियन विष्टलाई राखेपमा नयाँ जिम्मेवारी

काठमाडौं (हाम्रो खेलकुद) – व्यक्तिगत खेलमा सर्वाधिक सफल नेपाली खेलाडी ओलम्पियन दीपक विष्टले राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी पाएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले तेक्वान्दोका पूर्व खेलाडी विष्टलाई राष्ट्रिय टिम तयारीको निर्देशकको जिम्मेवारी दिएको जनाएको छ । यसअघि तालिम तथा प्रशिक्षण विभागमा रहेका तेक्वान्दो प्रशिक्षक विष्टलाई शनिबार नयाँ जिम्मेवारी दिने निर्णय गरिएको जनाएको […]

October 1, 2023

विदेश भ्रमण मोहले बदनाम नेपाली खेलकुद

फेयर प्ले प्रकाश तिमल्सिना, काठमाडौं खेलकर्मीमा देखिने विदेश भ्रमण मोहका कारण नेपाली खेलकुद लामो समयदेखि बदनाम छ । खेल क्षेत्रमा आदर्शवादी मानिएकाहरु पनि विदेश घुम्ने मोहमा नराम्ररी चिप्लिएका थुप्रै उदाहारण छन् । अझ कति त खेल प्रतियोगितामा भाग लिन विदेश गएर वर्षौं नफर्केका पनि नेपाली खेलकुद वृत्तमा छन् । चीनको हाङ्गचौंमा जारी १९ औं एसियाली […]

September 11, 2023

घिसिङ एसियाडका लागि नेपाली टोलीको सेफ दि मिसन

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङ अर्को महिना चीनमा आयोजना हुने १९ औं एसियाली खेलकुद (एसियाड) का लागि नेपाली टोलीको सेफ दि मिसन चयन भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सोमबार बसेको १६ औं कार्यकारी बैठकले घिसिङलाई सफ दि मिसन मनोनित गरेको एनओसीले जनाएको छ । एनओसीका […]

August 27, 2023

पारा ओलम्पियन पलेशा चीन जाने

काठमाडौं (हाम्रो खेलकुद) – तेक्वान्दोकी पारा ओलम्पियन पलेशा गोवर्धन प्रशिक्षण गर्न र आर्किटेक्चर इन्जिनियर अध्ययनका लागि चीनको शाङघाईस्थित टोङ्जी विश्वविद्यालय कलेज अफ आर्किटेक्चर जाने भएकी छिन् । नेपाल तेक्वान्दो संघका अनुसार उनी सोमबार त्यसतर्फ जाने भएकी छिन् । चीनको हान्झाउमा १९ औं एसियाली खेलकुद (असोज ६ देखि २१ गते सम्म) पछि हुने एसियाली पारा खेलकुदमा […]

August 25, 2023

प्रहरी स्कुलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना

साँगा, काभ्रे (हाम्रो खेलकुद)– काभ्रेको साँगास्थित नेपाल प्रहरी स्कुलले शुक्रबार ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना गरेको छ । नेपाल ओलम्पियन्स संघको समन्वयमा भएको अन्तरक्रियात्मक कार्यक्रम स्कुल टु ओलम्पिकमा ओलम्पियनहरुले विधार्थीहरुको बीचमा आफ्नो अनुभव साटेका थिए । ४ पटक ओलम्पिकमा भाग लिएका कीर्तिमानी धावक बैकुण्ठ मानन्धर, ओलम्पियन्स संघका अध्यक्ष एवंम् कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, महासचिव […]

August 15, 2023

फेन्सिङका खेलाडी ओमकर सोल जाने

काठमाडौं (हाम्रो खेलकुद) – फेन्सिङका राष्ट्रिय खेलाडी ओमकर सिंहले ‘ड्रिम टुगेडर मास्टर्स प्रोग्राम’ अन्तर्गत दक्षिण कोरियाको सोल नेसनल युनिभर्सिटीमा खेल व्यवस्थापनमा स्नाकोत्तर अध्ययनका लागि त्यसतर्फ जाने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठले मंगलबार उनलाई बिदाई गरे । त्यस अवसरमा अध्यक्ष श्रेष्ठले कमिटीको उद्देश्य खेल व्यवस्थापनमा दक्ष जनशक्ति उत्पादन रहेको बताए […]

August 15, 2023

हक्की सोलिडारिटी कार्यक्रम सुरु

काठमाडौ (हाम्रो खेलकुद) – नेपाल हक्की संघको आयोजना तथा एसिया हक्कीको प्राविधिक सहयोगमा मंगलबार ओलम्पिक सोलिडारिटी कार्यक्रम सुरु भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थिति मुख्यालयमा एक साताका लागि सुरु भएको सोलिडारिटीमा एसिया हक्कीका इभेन्ट म्यानेजर डेभलपमेन्ट अफिसर जाहिद अलीले प्रशिक्षण दिनेछन् । कार्यक्रममा प्रशिक्षक, निर्णायक र संघका पदाधिकारी गरेर ३० को सहभागिता […]

Success

Thank you for your time.